२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

को हुन् माओवादी रामेछापका भर्खरै निर्वाचित अध्यक्ष कमान सिहं मोक्तान ‘मिलन’ ?

कमान सिंह मोक्तान (मिलन) २०२७ साल मंसिर २० गते रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ७ थापागाउँ मा जन्मिएका हुन् । अध्ययन गर्दागदै सानै उमेरमा राजनीतिमा लागेका मोक्तान भर्खरै नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति रामेछापको अध्यक्ष बनेका छन् । तत्कालीन राजनीतिक माहौल र बालमस्तिष्कतमा घुसेको पञ्चायत विरोधी भावना र शिक्षकहरुको प्रेरणाले आफुलाई राजनीतिमा लाग्ने प्रेरणा मिलेको उनले बताए ।

समाजको बेथिति, गरिबी, अन्याय र अभावले आफुलाई राजनीतिमा लाग्ने प्रेरणा मिलेको मोक्तान भन्छन् ´२०४९ सालदेखि निरन्तर राजनीतिमा छु । २०५३ साल देखि माओवादीको होल टाईमार भएर लागेको थिए ।´ २०५३ देखि २०५५ सम्म स्क्वाड कमान्डर भएर काम गरेका मोक्तान काभ्रे-रामेछाप DOC (जिल्ला कमिटि) सदस्य समेत भएका थिए ।

जनयुद्ध सुरुहुन पहिले नै माओवादी धारबाट उदायका नेता मोक्तान २०५३ सलादेखि नै माओवादी आन्दोलनका गतिविधि सञ्चालन गर्दै आएका थिए । पार्टीको पूर्वा ब्यूरो सदस्यको जिम्मेवारी पाएका मोक्तान युद्ध कालमै जिल्ला सदस्य हुदै राज्य कमिटि सदस्य समेत भएका थिए ।

जनयुद्धकालीन समयमा जनमुक्ति सेनाको ब्रिगेड कमान्डर बनेर काम गरेका उनले जनमुक्ति सेनामा स्क्वाड कमान्डर–प्लाटुन कमान्डर हुँदै बटालियन कमान्डर भएर जनमुक्ति सेनाको नेतृत्व गरेका थिए । `पार्टीले दिएको जस्तोसुकै जोखिमपूर्ण जिम्मेवारीलाई पनि सहज रुपमा लिएर जिम्मेवारी पूरा गर्ने गरेको छु´, उनले भने ।

मोक्तानले जनयुद्धमा विभिन्न महत्वपूर्ण लडाई समेत लडेका छन् । उनले लडेको पहिले लडाई धोबी थियो । मोक्तालने धोबी,दोरम्बा,सोलु,खोटाङ,संखुवासभाको चैनुर हुदै विभिन्न लडाई लडेका थिए । सोलुको लडाइ लड्दा मोक्तान कम्पनि कमान्डर थिए र पछी खोटाङ हान्न जादा सह-कमान्डर रहेका मोक्तान कमान्डर फसे पछी कमान्डर भएर काम गरेका थिए ।

संघियता आए पछि प्रदेश कमिटि सदस्य भएका मोक्तान २०७४ सालको स्थानीय तहको निर्वाचनमा दोरम्बा दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षका रूपमा निर्वाचित भएर काम गरे । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य रहेका मोक्तान हाल जिल्ला समन्वय समिति रामेछापको अध्यक्ष बनेका हुन् ।

मोक्तानले भने ; ” अहिलेको अवस्थामा अध्यक्षको जिम्मेवारी सम्माल्दै गर्दा मलाई धेरै चुनौती र अवसर छ । मैले यसलाई अवसरको रुपमा लिएको छु । रामेछाप माओवादी पार्टी अध्यक्षमा म भन्दा पहिला कसले के गरे/गरेनन् भन्दा पनि अब मैले के गर्छु त्याे महतवपुर्ण हो । रामेछापको पार्टीमा अहिले समस्या छ त्यो समस्या भनेको गुट र उप गुटको हो । अब पार्टीमा गुट र नेताको पछि लागेर हिड्नेले पद माग्न आए त्यही अनुसार मुल्यांकन गरिन्छ । “

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।