२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

२३ चैतमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो । जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

२२ चैतमा सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच भएको ७ बुँदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति भएको थियो । तर गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी थपिएपछि जसपालाई एउटा मात्रै मन्त्रालय दिइएको छ ।

कमान सिंह मोक्तान (मिलन) २०२७ साल मंसिर २० गते रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ७ थापागाउँ मा जन्मिएका हुन् । अध्ययन गर्दागदै सानै उमेरमा राजनीतिमा लागेका मोक्तान भर्खरै नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति रामेछापको अध्यक्ष बनेका छन् । तत्कालीन राजनीतिक माहौल र बालमस्तिष्कतमा घुसेको पञ्चायत विरोधी भावना र शिक्षकहरुको प्रेरणाले आफुलाई राजनीतिमा लाग्ने प्रेरणा मिलेको उनले बताए ।

समाजको बेथिति, गरिबी, अन्याय र अभावले आफुलाई राजनीतिमा लाग्ने प्रेरणा मिलेको मोक्तान भन्छन् ´२०४९ सालदेखि निरन्तर राजनीतिमा छु । २०५३ साल देखि माओवादीको होल टाईमार भएर लागेको थिए ।´ २०५३ देखि २०५५ सम्म स्क्वाड कमान्डर भएर काम गरेका मोक्तान काभ्रे-रामेछाप DOC (जिल्ला कमिटि) सदस्य समेत भएका थिए ।

जनयुद्ध सुरुहुन पहिले नै माओवादी धारबाट उदायका नेता मोक्तान २०५३ सलादेखि नै माओवादी आन्दोलनका गतिविधि सञ्चालन गर्दै आएका थिए । पार्टीको पूर्वा ब्यूरो सदस्यको जिम्मेवारी पाएका मोक्तान युद्ध कालमै जिल्ला सदस्य हुदै राज्य कमिटि सदस्य समेत भएका थिए ।

जनयुद्धकालीन समयमा जनमुक्ति सेनाको ब्रिगेड कमान्डर बनेर काम गरेका उनले जनमुक्ति सेनामा स्क्वाड कमान्डर–प्लाटुन कमान्डर हुँदै बटालियन कमान्डर भएर जनमुक्ति सेनाको नेतृत्व गरेका थिए । `पार्टीले दिएको जस्तोसुकै जोखिमपूर्ण जिम्मेवारीलाई पनि सहज रुपमा लिएर जिम्मेवारी पूरा गर्ने गरेको छु´, उनले भने ।

मोक्तानले जनयुद्धमा विभिन्न महत्वपूर्ण लडाई समेत लडेका छन् । उनले लडेको पहिले लडाई धोबी थियो । मोक्तालने धोबी,दोरम्बा,सोलु,खोटाङ,संखुवासभाको चैनुर हुदै विभिन्न लडाई लडेका थिए । सोलुको लडाइ लड्दा मोक्तान कम्पनि कमान्डर थिए र पछी खोटाङ हान्न जादा सह-कमान्डर रहेका मोक्तान कमान्डर फसे पछी कमान्डर भएर काम गरेका थिए ।

संघियता आए पछि प्रदेश कमिटि सदस्य भएका मोक्तान २०७४ सालको स्थानीय तहको निर्वाचनमा दोरम्बा दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षका रूपमा निर्वाचित भएर काम गरे । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य रहेका मोक्तान हाल जिल्ला समन्वय समिति रामेछापको अध्यक्ष बनेका हुन् ।

मोक्तानले भने ; ” अहिलेको अवस्थामा अध्यक्षको जिम्मेवारी सम्माल्दै गर्दा मलाई धेरै चुनौती र अवसर छ । मैले यसलाई अवसरको रुपमा लिएको छु । रामेछाप माओवादी पार्टी अध्यक्षमा म भन्दा पहिला कसले के गरे/गरेनन् भन्दा पनि अब मैले के गर्छु त्याे महतवपुर्ण हो । रामेछापको पार्टीमा अहिले समस्या छ त्यो समस्या भनेको गुट र उप गुटको हो । अब पार्टीमा गुट र नेताको पछि लागेर हिड्नेले पद माग्न आए त्यही अनुसार मुल्यांकन गरिन्छ । “

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सँग सिंहदरबारमा भेटवार्ता गरेपछि उनले सो कुरा बताएका हुन् ।

‘हामी नेताहरू छलफल गर्न भ्याएका थिएनौ । अहिले सामान्य छलफल भएको हो । कुनै एजेण्डा विशेष केहीमा छलफल भएको होइन’, लामिछानेलृे भने ।

केहि दिन अघि सुदूरपश्चिम सरकार गठनमा देखिएको समस्याका कारण सरकार घरापमा परेको धेरैले शंका व्यक्त गरेका थिए ।

काठमाडौं, बैशाख ६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको अन्तिम दिन बिहीबार ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गरी स्वर्ण जिते । आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् । प्रतियोयगितास्थलमै रहेका धनवीरले आशिषलाई प्रोत्साहन स्वरुप नगद पनि प्रदान गरेका थिए । बागमती प्रदेशका विशाल गुरुङ दोश्रो तथा लुम्बिनी प्रदेशका विजय थारु तेश्रो भए । सो स्पर्धाको छात्रामा लुम्बिनीकी अनिशा थारु पहिलो भइन् । अनिशाले १०.५७ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी रेनुका ऐर दोश्रो तथा बागमतीकी अपेक्षा महतो तेश्रो भए ।

छात्रा ३ हजार मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले जुनियर राष्ट्रिय कीर्तिमानसहित पहिलो भइन् । देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गर्दै २०७५ सालमा राममाया बुढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन् । लुम्बिनीकी गुञ्जा यादव दोश्रो तथा कर्णाली प्रदेशकी कल्पना बुढा तेश्रो बने । उक्त स्पर्धाको छात्रमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण जिते । उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड समय लगाए । बागमतीका विश्वराम कुँवरले रजत तथा कर्णालीका अक्कल बडुवालले कांस्य हात पारे ।

छात्रा ४ गुणा ४ सय मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानी स्वर्ण जिते । उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरे । यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनी दोश्रो तथा सुदूरपश्चिम तेश्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रमा सुदूरपश्चिम पहिलो, मधेश प्रदेश दोश्रो र बागमती प्रदेश तेश्रो बने ।

तीनदिने एथलेटिक्स प्रतियोगितामा योसहित जम्मा ५ जुनियर राष्ट्रिय कीर्तिमान बने । पहिलो दिन गण्डकीका गणेश विकले छात्र हाइजम्पमा १.८१ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । दोश्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा ८ सय मिटर दौड २ मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन् ।

बिहीबारै भएको सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल पहिलो भए । उनले १२.९५ मिटर टाढा फाले । सुदूरपश्चिमका गणेश विक दोश्रो तथा लुम्बिनीका सुराज थापा तेश्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी कृष्णा बम १०.५७ मिटर टाढा फाल्दै शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकै पूजा साउदले दोश्रो तथा बागमतीकी एलिना विक तेश्रो बने ।

छात्रको २ सय मिटर दौडमा मधेशका आदेशकुमार यादव पहिलो भए । उनले २२.८ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका चन्द्र बोहरा दोश्रो तथा बागमतीका सन्तबहादुर दराई तेश्रो भए । उक्त स्पर्धाको छात्रामा कोशी प्रदेशकी आरती चौधरीले निर्धारित दूरी २८.२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रितु जोशीले रजत तथा गण्डकीकी एन्जल अधिकारीले कांस्य हात पारे ।

काठमाडौं, :नेपाल प्रहरीले नयाँ भर्नाका लागि गरिने छनौट प्रकृयामा आवेदन दिन अनलाइन प्रणालीबाट शुरूवात गरेको छ । यसबाट नयाँ प्रवेश गर्न चाहने इच्छुक सबैलाई आवेदन दिन सम्बन्धित प्रहरी कार्यालयसम्म पुग्नु पर्ने बाध्यता हट्न गएको छ । आवेदन दिन लामो लाइनमा बस्नुपर्ने झन्झटबाट अधिकांश सेवाग्राही मुक्त भएका छन् । 

नेपाल प्रहरीले शुरूवात गरेको Online Recruitment Management System (ORMS) प्रणालीले उक्त सुविधा प्रदान गरेको हो । यसबाट इन्टरनेट भएको जुनसुकै ठाउँबाट अनलाइन मार्फत आवेदन फारम भर्न सकिन्छ । विसं २०८० मा जनपद तर्फको प्रहरी निरीक्षक र प्राविधिक समूह तर्फका प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा भर्नाको सूचना प्रकाशन गरी ओआरएमएस प्रणाली शुरू गरिएको छ ।

नेपाल प्रहरीमा रिक्त पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा भर्ना छनौट शाखाले नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशनको साथै सम्पूर्ण भर्ना प्रकृयाको काम गर्दछ । मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई भन्नुहुन्छ, “यस प्रणालीको प्रयोगले नेपाल प्रहरीमा लिइने नयाँ भर्ना छनौटको प्रकृयालाई थप  सहज, सरल, पारदर्शी र प्रभावकारी बनाएको छ । विगतमा स्वयं उपस्थित भई आवेदन फाराम बुझाउनु पर्ने झन्झटिलो प्रकृयालाई यस प्रणालीले धेरै हदसम्म सहज बनाएको छ । ओआरएमएसको प्रयोगले आवेदकलाई मात्र नभई नेपाल प्रहरीको भर्ना छनौट शाखाको समेत काम कारवाहीलाई थप सहज र व्यवस्थित बनाएको छ । साथै यो नेपाल प्रहरीलाई समयानुकूल सूचना प्रविधिमा लाने प्रयास पनि हो ।”

चालु आर्थिक वर्ष २०८०/०८१ मा आव्हान गरिएको नयाँ भर्नामा ६ हजार ७ सय ६४ वटा आवेदन परेका छन् । तीमध्ये जनपद तर्फको प्रहरी निरीक्षक पदमा २ हजार ८ सय २८ वटा र प्राविधिक समूह तर्फका विभिन्न पदहरूमा ३ हजार ९ सय ३६ वटा रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरी कार्ययोजना,२०८० को लक्ष्य अनुरूप प्रहरी सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गर्ने उद्देश्यले उक्त प्रणाली संचालनमा ल्याइएको हो । यसले नेपाल प्रहरीको भर्ना छनौट प्रकृयामा सहजता ल्याएको छ । अनलाइन प्रणालीमा रिक्त पदहरूबारे विस्तृत जानकारी, आवेदन दिने तरिका लगायतका सम्बन्धित सम्पूर्ण जानकारी राखिएको छ । यस प्रणालीलाई अझै प्रभावकारी र नयाँ भर्ना लिईने सबै पदहरूलाई अनलाइन प्रणालीमा लैजान पहल गरिएको छ ।”

ओआरएमएस मार्फत आवेदन दिने आवेदकहरूले नेपाल प्रहरीको नयाँ भर्ना सम्बन्धी पोर्टल https://careers.nepalpolice.gov.np मा गई आफ्नो खाता दर्ता गर्न सक्छन् । खाताभित्र प्रवेश गरी सजिलै रिक्त रहेका पदहरूमा आफ्नो योग्यता अनुसार आवेदन दिन सकिने व्यवस्था रहेको छ । यसका साथै ओआरएमएस संचालनमा आएसँगै भर्ना छनौट प्रकृयामा संलग्न जनशक्ति न्यूनीकरण भएको देखिन्छ ।

यस प्रणालीको सहयोगी कार्यालयको रूपमा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय रहेको छ । निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारी भन्नुहुन्छ, “अनलाइन प्रणाली मार्फत आवेदन दर्ता, ईमेल प्रमाणीकरण, जन्म मिति सेटअप, खाली पद छान्ने, आफ्नो प्रोफाइल पूरा गर्ने, रिक्त पदका लागि आवेदन दिने र स्विकृत भएपछि दरखास्त फारम र प्रवेशपत्र डाउनलोड गरी परीक्षामा सामेल हुन सकिन्छ । परीक्षा सञ्चालन गर्दा समेत Facial Recognition System को परीक्षण गरी परीक्षार्थीहरूलाई परीक्षामा सामेल गराइएको थियो । सो System को परीक्षण सफल भएको हुनाले आगामी भर्ना प्रक्रियामा यस System लाई अझ प्रभावकारी रूपमा प्रयोग गरी भर्ना प्रक्रियालाई व्यवस्थित र वैज्ञानिक बनाउने योजना रहेको छ ।” 

काभ्रे : महाभारत गाउँपालिका-७ गैरी टोल बस्ने २५ वर्षीय प्रेम कुमार घलानलाई १ नाल भरूवा बन्दुकसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।  

प्रेमले आफ्नै श्रीमतीलाई मादक पदार्थ सेवन गरी भरूवा बन्दुक देखाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देबिटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रामेछाप । खाँडादेवी गाउँपालिकामा अवैध रूपमा रासायनिक मल बेचबिखन गरेको पाइएको छ ।

खाँडादेवी गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य समेत रहेका शान्ति तामाङले गैर कानुनी रूपमा रासायनिक मल बेच्दै गर्दा आफुले फेला पारेको वडा नम्बर १ राकाथुमका वडाअध्यक्ष राम कुमार श्रेष्ठले बताए ।

वडा अध्यक्ष श्रेष्ठले आफ्नो फेसबुकमा एउटा भिडियो र फोटो समेत पोस्ट गर्दै रासायनिक युरिया मल अवैध रूपमा एक बोराको दुई हजार रुपैयाँ लिएर कालोबजारी गरेको उल्लेख गरेका छन् ।

उनले आफ्नो वडाका जनताको लागि पटकपटक आग्रह गर्दा पनि मल नपाएको तर यसरी अवैध रूपमा गाउँपालिकाकै मिलेमतोमा कालो बजारी गरिएको आशंका व्यक्त गरे ।

के भन्छन् गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ ?

यस विषयमा थप बुझ्नको लागि हामीले गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्दा उनले यो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए । उनले भने ‘मलाई पनि यो विषय थाहा थिएन । वडाअध्यक्ष ज्यु ले फेसबुकमा हाल्नु भएपछि मात्रै थाहा पाए ।’ गाउँपालिका अध्यक्षले यस विषयमा बिहिबार पालिकामा बैठक बसेर सत्यतथ्य छानबिन गर्ने बताए । उनले अवैध रूपमा कालोबजारी गर्ने जुनसुकै व्यक्ति भए पनि कानुन अनुसार कार्वाही गरिने जानकारी समेत दिए । गाउँपालिकालाई ती मल कसरी र कँहाबाट आयो भन्ने जानकारी समेत थाहा नभएको उनले बताए ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले यस विषयमा थप प्रष्ट गर्दै आफ्नो फेसबुकमा समेत यसरी लेखेका छन् :

रासायनिक मल वितरण गर्ने सन्दर्भ:

‘विगतका वर्षमा मलको आपूर्ति र वितरणमा राष्ट्रिय समस्या रहेको हाल न्यूनतम स्थानीय तहमा वितरण भै रहेको व्यहोरा सबैमा अनुरोध छ। खाँडादेवी गाउँपालिकाको कृषि शाखाबाट सरकारी कोटा सिफारिस गर्न पाउने र थप माग समेत गर्दै आएको छ। विगतमा सम्बन्धित वडाहरूको सहकारीलाई वितरण गर्ने जिम्मा दिइदा सहकारीले टोल छिमेकलाई मात्र दिइको भन्ने गुनासो भए पश्चात ४,५,६,७,८ र ९ नं वडाहरूको वितरण गर्ने जिम्मा वडा नं। ४ को सक्रिय कृषक उद्यम कृषि सहकारी संस्था लिमिटेडलाई दिइदै आएको र उक्त संस्थाले सम्बन्धित वडाको अध्यक्षहरूको समन्वयमा वितरण गरी रहेको छ।
सुनकोशी आसपासका वडा मूलत् १ नं। वडाको स्थानीय सहकारीले कोटा वरावरको अनुमति लिदै आएको छ। सरकारी कोटा भित्रको लागो भएको मल बढी मूल्यमा बिक्रि वितरण भयो भन्ने गुनासो प्रति पालिकाको ध्यानाकर्षण भएको छ। यसको तत्काल छानबिन हुनेछ। सरकारले तोकेको मूल्य भन्दा बढी मूल्यमा कारोवार नगर्न र गुणस्तरमा ध्यान दिन क्रेता र विक्रेता सबैमा अनुरोध गरिन्छ। ढुवानी वा अन्य कुनै कारण मूल्य बढी लाग्ने भएमा सम्बन्धित वडा तथा पालिकालाई औपचारिक जानकारी गराउन समेत अनुरोध गरिन्छ ।’

यस विषयमा बुझ्न वडा सदस्य शान्ती तामाङलाई सम्पर्क गर्दा उनको भने सम्पर्क हुन सकेन ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।