२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक, केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा शुरु भएको छ ।

बैठकमा साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी बारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिएका छन् ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विद्यान महाधिवेशन गर्दैछ । विद्यान महाधिवेशनलाई लिएर अहिलेदेखि नै एमाले भित्र तिब्र बहस शुरु भएको छ ।

इलाम । इलामको माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्योदय नगरपालिका-१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाई र उनको भाई प्रकाश चापागाईलाई किरणले धारिलो हतियार प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतीनगर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ को औपचारिक उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रचण्डले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरेका थिए ।

प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको ‘उत्पादन ब्रिगेड’ को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे ।

उनले भने- ‘सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन मैले दिएको थिएँ। त्यसै अनुसार देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो । यसका लागि म वाइसिएललाई धन्यवाद दिन चाहन्छु ।’

प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरे । संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्ट्राचार उजागर गर्दै आएको उल्लेख गर्दै भने- ‘यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ ।’

कार्यक्रममा माओवादी केन्द्रका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने वाइसिएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबबाट खेल्ने भएकी छन् ।

साम्बाले अस्ट्रेलियाको प्रिमियर वुमन लिग निन्जा ए लिग खेल्न वेलिंगटन फिनिक्स फुटबल क्लबसँग दुई बर्षको सम्झौता गरेकी हुन् । क्लबले साम्बालाई दुई बर्षका लागि अनुबन्ध गरेको जानकारी दिएको छ ।

साम्बालाई अनुबन्ध गरेपछि फिनिक्सका अन्तरिम मुख्य प्रशिक्षक एमी शेफर्डले असाधारण क्षमताको प्रमाणित गोल स्कोररलाई अनुबन्ध गरेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्- ‘हामी साबित्रालाई फिनिक्स ह्वानाउमा स्वागत गर्न पाउँदा गर्व गर्छौं र उनले मैदान भित्र र बाहिर दुवैमा पार्ने प्रभावको लागि तत्पर छौं ।’

गत सिजनमा वेलिंगटन फिनिक्स लिगमा नवौं स्थानमा रहेको थियो । फिनिक्सले पछिल्लो चार सिजन देखि अस्ट्रेलियाको प्रिमियर वुमन लिग खेलिरहेको छ ।

यसअघि साम्बाले दुई सिजन फ्रान्सको ए डिभिजन वुमन लिगमा इए गुइङ्ग्याम्पबाट खेलेकी थिइन् । साम्बाले गुइङ्ग्याम्पबाट अलग भएकोप्रति भनेकी छन्- हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद । हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ । हामी दुवै नयाँ सुरुवातको अलग हुने समय आएको छ, तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैं आभारी रहनेछु । जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ ।

साम्बाले गुइङ्ग्याम्पमा दुई सिजनमा २९ खेलमा ७ गोल गरेकी थिइन् ।

डोल्पा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

यादवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

काभ्रेपलाञ्चोक । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभन्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ ।

कार्यालयले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढी पहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभन्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुुभयो ।

उहाँका अनुसार मनसुनजन्य विपदबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि विपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म करिब दस घण्टा १५ दिन तथा थप असार मसान्तसम्म सोही समयमा सडक सञ्चालनमा रोक लगाइएको थियो । यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चाेककाे काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो ।

बितेका एक हप्ताको समयमा बाढीपहिरोले करिब चार पटक उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा सडक अबरुद्ध भइसकेको छ । गतसाल असोजको बाढीपहिरोले विपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एक्तर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ ।

बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ ।

काठमाडौँ । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ। संघीय सरकारको निर्णयअनुसार अबदेखि दुबै कार्यालय एकीकृत रुपमा एउटै कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था लागू गरिएको हो।

यसअघि सुक्खा बन्दरगाह भन्सार कार्यालय र वीरगञ्ज भन्सार कार्यालय पृथक रूपमा सञ्चालनमा थिए। वीरगञ्ज भन्सार मातहतको एकीकृत जाँचचौकी (ICD) मार्फत मालवाहक सवारीबाट वैदेशिक व्यापार सम्बन्धी आयात–निर्यात भइरहँदै आएको थियो। यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयले रेलमार्गमार्फत सामानको आवत–जावत नियमन गर्ने कार्य गर्दै आएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले संघीय सरकारको निर्णयबमोजिम आजदेखि नयाँ व्यवस्था लागू गरिएको जानकारी दिनुभयो।

भन्सार एकीकरणसँगै अबदेखि सेवा लिने पक्षलाई सुविधा, सहजता र प्रक्रियागत स्पष्टता हुने अपेक्षा गरिएको छ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको थियो। अब यो सङ्कलन वीरगञ्ज भन्सारकै वार्षिक आयत–निर्यात विवरणमा समावेश गरिनेछ।

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ आज साउन १ गतेदेखि औपचारिक रुपमा सुरु भएको छ। वि.सं. २०१८ सालदेखि हरेक वर्ष साउन महिनाबाट सुरु भई असारमा समाप्त हुने आर्थिक वर्षको परम्परा निरन्तर रहँदै आएको हो।

नयाँ आर्थिक वर्ष सुरु भएपछि विशेषगरी सरकारी कारोबार, राजस्व, शुल्क, जरिवाना लगायतका नीति तथा कानुनी व्यवस्थाहरू कार्यान्वयनमा आउने छन्। यसले राजस्व सङ्कलनदेखि बजेट खर्चसम्मको प्रक्रिया गतिशील बनाउनेछ।

तीन तहका सरकारले सुरु गरे बजेट कार्यान्वयन
संघ, प्रदेश र स्थानीय तह सबैले सार्वजनिक गरिसकेको बजेटको कार्यान्वयन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ। यद्यपि, संघीय सरकारले जेठ १६ गतेदेखि नै बजेट कार्यान्वयन गर्नसक्ने व्यवस्था विनियोजन ऐनमार्फत गरिसकेको भए पनि त्यसबेला आवश्यक खर्च प्रक्रिया शुरु हुन सकेको थिएन।

कर र शुल्कमा सामान्य परिवर्तन
नयाँ आर्थिक वर्षसँगै केही कर तथा शुल्कमा परिवर्तन लागु भएका छन्। विशेष गरी विलासिता कर, केही छुट र कर छुट सम्बन्धी प्रावधानहरू आजदेखि कार्यान्वयनमा आएका छन्। यद्यपि, आयकर स्ल्याब भने यथावत राखिएको छ, जसअनुसार प्राकृतिक व्यक्तिले १ देखि ३९ प्रतिशतसम्म आयकर तिर्नुपर्नेछ।

व्यवसायहरूका लागि नयाँ बिलिङ्ग प्रणाली
नयाँ आर्थिक वर्षसँगै व्यवसायिक संस्थाहरूले नयाँ बिलबिजक प्रणाली लागू गर्नुपर्नेछ। सरकारको नीति तथा कर दरका नयाँ व्यवस्था लागू भएपछि समग्र अर्थतन्त्रमा असर पर्ने भएकाले आर्थिक वर्षको सुरुवातले विशेष महत्व राख्ने विश्लेषकहरू बताउँछन्।

यसरी, नयाँ आर्थिक वर्षले नीति, योजना र कार्यान्वयनका पक्षमा नवीनतम दृष्टिकोण प्रस्तुत गर्दै राष्ट्रिय अर्थतन्त्रको दिशानिर्देश तय गर्ने महत्त्वपूर्ण मोडको प्रतिनिधित्व गर्दछ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।