
काठमाडौ । तामाङ पत्रकार संघको साताैँ राष्ट्रिय महाधिवेशन सनिवार सम्पन्न भएको छ ।
सिनामंगलस्थित एअरपोर्ट होटलमा आयोजित महाधिवेशन कार्यक्रममा सिन्धुपाल्चोककी रेडियोकर्मी अस्मी स्याङतान तामाङ (कमला) `तामाङ मात्रृभाषा पत्रकारिता पुरस्कार´ द्वारा सम्मान गरिएको छ ।
उनलाई प्रमुख अतिथिको रूपमा उपस्थित ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ(कान्छाराम) ले नगद १० हजार सहित तामाङ जातिको मौलिक बाजा डम्फु प्रदान गरिएको थियो ।
तामाङ पत्रकार संघ सिन्धुपाल्चोक जिल्ला शाखाकी उपाध्यक्ष समेत हुन् रहेकी स्याङ्तान सिन्धुपाल्चोक जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो सिन्धुमा एक दशकदेखि कार्यरत रहेकी छन् ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) अन्तर्गत भात्री संगठन गोकुलगंगा-काठमाडौं सम्पर्क समन्वय समितिको भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा (माओवादी केन्द्र) स्थाइ कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीको प्रमुख अतिथियतामा काठमाडौंको पशुपति क्याम्पसमा सम्पन्न भएको छ ।

रोशन कुमार कार्कीको अध्यक्षतामा ३७ सदस्य कमिटी गठन भएको छ भने उपाध्यक्षमा प्रमोद कार्की, फुलमाया तामाङ र बिजय गहतराज, सचिवमा मेघराज खड्का (अर्जुन) , सह -सचिवमा रविन खड्का र कोषाध्यक्षमा विशाल रुम्बा निर्वाचित भएका छन ।
कार्यक्रम कृष्ण बहादुर कार्कीले संचालन गरेका थिए भने स्वागत मन्तव्य प्रमोद कार्कीले दिएका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य तथा राष्ट्रिय तामाङ मुक्तिमोर्चा को केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ , नेकपा (माओवादी केन्द्र) रामेछाप जिल्ला पार्टी सचिव प्रेम कुमार कार्की से(वक) , रामेछाप काठमाडौं सम्पर्क समन्वय समिती इन्चार्ज कर्णखर चौलागाईं ,रामेछाप काठमाडौं सम्पर्क समन्वय समिती सह-इन्चार्ज हेमराज पौडेल ,रामेछाप काठमाडौं सम्पर्क समन्वय समिती अध्यक्ष प्रबल बल र बिजय मोक्तान तथा विभिन्न नेता तथा कर्याकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रम २०० जनाको उपस्थितिमा भब्य रुपमा सफल भएको जिल्ला सचीव सेवक कार्कीले बताए ।





