२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

काठमाडौ । गुरुङ समुदायको महान सांस्कृतिक पर्व तमु ल्होसारको अवसरमा आशिमाला तमु(गुरुङ) समाजले पौष १० गते एक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

काठमाडौ स्थित तारकेस्वर नगरपालिका वडा न. १ मा कार्यक्रमको आयोजना हुन लागेको हो ।

गुरुङ रास्ट्रीय परिषद्का केन्द्रिय अध्यक्ष कर्ण बहादुर गुरुङको प्रमुख आतिथ्यमा मुप्रि ल्हो को विदाइ गर्दै सप्रि ल्हो को स्वागतमा शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाको अध्यक्ष पुर्ण गुरुङ(धर्मराज) ले जानकारी दिए ।

गुरुङ समुदायले मनाइने तमु ल्होसारको कार्यक्रममा धर्मगुरुबाट स्वस्तिशान्ति सहित पुजापाठ , ख्यातिप्राप्त रास्ट्रीय कलाकारहरुको सांगीतिक प्रस्तुति , खेलाडि, जनप्रतिनिधि, कलाकार र जेष्ठ नागरिक सम्मान सहित विभिन्न मनोरञ्जनका कार्यक्रम रहने कार्यक्रम संयोजक शिला गुरुङले बताइन् । उनले गुरुङ समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रममा भव्य र सभ्य बनाउनको लागि समेत अनुरोध गरेकी छन् ।

गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रूपमा उत्साहको साथ मनाउने गर्दछन् । गुरुङ भाषामा वर्गलाई ल्हो भनिन्छ। ल्हो १२ वटा हुन्छन् र हरेक वर्षमा ल्हो फेरिन्छ। यसरी हरेक वर्षको पुष १५ बाट यो फेरिने हुदा पुष १५ को दिनलाई नयां वर्ष अर्थात ल्होसारको रूपमा मनाईन्छ। ल्हो का नामहरू उड्ने, घर्सने र हिड्ने जनावरका नाम संग मिल्ने गरी राखिएको छ। 

यी वर्गहरू १२ वटा हुन्छन् ती क्रमश: 

तो ल्हो(वाघ वर्ग), ह्यू ल्हो(बिरालो वर्ग), म्हुप्री ल्हो(गरूड वर्ग), सप्री ल्हो(सर्प वर्ग), त ल्हो(घोडा वर्ग), ल्हु ल्हो( भेडा वर्ग), प्र ल्हो(वांदर वर्ग), च्ह्या ल्हो(चरा वर्ग), खी ल्हो (कुकुर वर्ग), फो ल्हो ( मृग वर्ग), च्ह्यू ल्हो ( मुसा वर्ग ), लों ल्हो ( गाई वर्ग ) ।

रामेछाप । नेकपा(माओवादी केन्द्र) मन्थली नगरपालिका ७ भटौलीको नेतृत्वमा स्व. दिनेश गोलेको स्मृतिमा निर्माण गरिएको प्रतिक्षालय समुदायलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार भटौली स्थित थाक्ले खोलामा पुर्व गृहराज्यमन्त्री तथा माओवादी केन्द्र रामेछापको इन्चार्ज श्याम कुमार श्रेष्ठ(कुशल) को प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गर्दै समुदायलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्षालयको निर्माण गत वर्ष नै सम्पन्न भएपनि स्व.गोलेको वार्षिक पुन्यतिथिको अवसर पारेर आज समुदायलाई हस्तान्तरण गरिएको माओवादी केन्द्र मन्थली नगर कमिटी सचिव राम बहादुर तामाङले जानकारी दिए ।

माओवादी पार्टीका विभिन्न नेताकार्यकर्ता र स्थानीय समाजसेवीहरुको आर्थिक सहयोगमा निर्मित प्रतिक्षालय सम्पन्न गर्न १ लाख ५५ हजार लागत लागेको थियो ।

हस्तान्तरण कार्यक्रम माओवादी केन्द्रका जिल्लाका विभिन्न नेताकार्यकर्ता र स्थानीयहरुको उपस्थिति रहेकोे थियो

रामेछाप । नेकपा(माओवादी केन्द्र) मन्थली नगरपालिका ७ भटौलीको नेतृत्वमा स्व. दिनेश गोलेको स्मृतिमा निर्माण गरिएको प्रतिक्षालय समुदायलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार भटौली स्थित थाक्ले खोलामा पुर्व गृहराज्यमन्त्री तथा माओवादी केन्द्र रामेछापको इन्चार्ज श्याम कुमार श्रेष्ठ(कुशल) को प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गर्दै समुदायलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्षालयको निर्माण गत वर्ष नै सम्पन्न भएपनि स्व.गोलेको वार्षिक पुन्यतिथिको अवसर पारेर आज समुदायलाई हस्तान्तरण गरिएको माओवादी केन्द्र मन्थली नगर कमिटी सचिव राम बहादुर तामाङले जानकारी दिए ।

माओवादी पार्टीका विभिन्न नेताकार्यकर्ता र स्थानीय समाजसेवीहरुको आर्थिक सहयोगमा निर्मित प्रतिक्षालय सम्पन्न गर्न १ लाख ५५ हजार लागत लागेको थियो ।

हस्तान्तरण कार्यक्रम माओवादी केन्द्रका जिल्लाका विभिन्न नेताकार्यकर्ता र स्थानीयहरुको उपस्थिति रहेकोे थियो ।

काठमाडौं । तपाईं ह्वाट्सएप, फेसबुक चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने ख्याल गर्नुहोस्, सन् २०२५ देखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने हुँदै छ ।

आउँदो जनवरी १ देखि २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको हो ।

यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम


१० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइड/आईओस)मा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।

सामसङ : ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनि ।
मोटोरोला : माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४ ।
एचटीसी : वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ ।
एलजी : अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९० ।
सोनी : एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी ।

एन्ड्रोइडको ४.१ (जेल बिन)भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।

यस्तै, आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोनमा पनि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । जस्तै, आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लसमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । टाइम्स अफ इन्डियाबाट ।

https://www.khabarpetika.com/2024/12/24/9388/

काठमाडौं । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । गएराति सम्पन्न मतगणमा जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । इटहरीमा सम्पन्न जेसिजको ५१औं महाधिवेशनबाट थापा अध्यक्ष चुनिएकी हुन् ।

थापाले ७६२ मत प्राप्त गर्दा कार्कीले ४५३ मत मात्र प्राप्त गरेका छन् । सहमितको प्रयास असफल भएपछि सोमबार चुनाव भएको थियो । थापा र कार्की दुवै यसअघि उपाध्यक्ष थिए । नेपाल जेसिजको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेका थिए ।

जेसिजको अध्यक्ष चुनिएकी थापा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौंको टोखा नगरपालिकोको मेयरमा पराजित भएकी थिईन् । ०७४ सालमा समेत उपमेयरमा उठेर पराजित भएकी थापा ०७९ मा एमालेका प्रकाश अधिकारीसँग झिनो मतान्तरले पराजित भएकी थिईन् ।

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै जाने बताएका छन् । सोमबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारको आयु अर्को चुनावसम्मै रहेको बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताहरुले पार्टी छाड्न खोजेपछि प्रचण्ड र रास्वपाका केही नेताहरुले सरकार ढल्ने भ्रम फिँजाएको उनको दाबी छ । नेता बस्नेतले वर्तमान सरकार ०८४को निर्वाचन अघिसम्म सशक्त ढंगले जाने बताए ।

‘स्वतन्त्र पार्टी र प्रचण्ड पार्टीका मान्छेले के भन्दैछन् भने– यो सरकार ढल्दैछ । त्यो नभने त कार्यकर्ताले पार्टी छाड्छन् । यिनीहरुले आफ्ना कार्यकता थेग्नका लागि सरकार ढल्दैछ भनेका हुन् । सरकार कुनै हालतमा ढल्दैन । सशक्त ढंगले जान्छ । प्रचण्ड र रविका पार्टीका कार्यकर्ताले हालेको धुपले यो सरकारलाई केहीपनि हुनेवाला छैन,’– उनले भने ।

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभइ थप सुदृढ गर्नका लागि हुने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान संशोधनको विषय छलफलमा अघि बढाउन प्रारम्भ गरेको जानकारी दिए ।

उनले संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर मात्रै संविधान संशोधन हुने बताए ।

उनले संविधानमा समासामयिक रुपले परिमार्जन गर्ने तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले नहुने बताए । उनले केही दिनपछि नै नेपाली काँग्रेस र नेकपा एमालेले संयन्त्र बनाइ संविधान संशोधनको पहल शुरु गर्ने बताए ।

सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गरी विषयवस्तुहरुमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुने बताए ।

उनले भने– ‘हामीले संविधान संशोधनको विषयलाई छलफलमा अघि बढाउन प्रारम्भ गरिसकेका छौँ । हामी संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौँ । संविधानमा समासामयिक रुपले परिमार्जन गर्नेछौँ । तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले हुँदैन । हामी तत्कालै केही दिनपछि नेपाली काँग्रेस र नेकपा एमालेको जो दुई ठूला पार्टी सरकारमा छौँ । दुवैको एउटा संयुक्त, कार्यदल बनाएर पनि संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौँ । तर नेपाली काँग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर संविधान संशोधन हुँदैन । दुई वटै पार्टी मिलेर गरेर पनि हुँदैन । हामी छलफल प्रारम्भ गर्दछौँ, संविधानको समीक्षा गर्छौं । विषयवस्तुहरुको पहिचान गर्दछौँ । हामी चरणवद्ध रुपमा यसलाई अघि बढाउँछौँ । सबैभन्दा पहिला संविधानको १० वर्षको अभ्यासको समीक्षा गर्छौं । विषयहरुको पहिचान गर्छौं । अर्को चरणमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौं । त्यसपछि विषयवस्तुहरुमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुन्छ । त्यसमा समय लाग्छ । भोलिको पर्सि संविधान संशोधन हुने होइन । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो ।’

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेको थुनछेक बहस आज बाट हुने भएको छ । थुनछेक बहसका लागि हिजो अदालतमा लगिए पनि पालो नआएका कारण आज मात्र उनको बयान हुने भएको हो । हिजो उनी संघीय संसदको सांसद पदबाट निलम्बन भएका थिए ।

कास्की अदालतको इजलासले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।

पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि ९२औं दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ । गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ । लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो ।

रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

काठमाडौं: चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-८ बस्ने २९ वर्षीय जितेन्द्र रायलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।