
काठमाडौ । नेकपा (एमाले) रामेछापका नेताहरुमा विवाद देखिएको छ । एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले रामेछापबाटै ३० जना सल्लाहकार बनाएकामा १९ जनाले मात्रै पद स्वीकार गरेका छन् ।
बाँकी अन्य नेताहरूले अध्यक्ष ढुङ्गेलले बनाएको जम्बो सल्लाहकार टोलीमा बस्न अस्वीकार गरेका हुन् । अध्यक्ष ढुङ्गेलको गृहजिल्ला समेत रहेको रामेछाप कै नेताहरूले पद अस्विकार गरेको हो ।
सल्लाहकार अस्वीकार गर्नेहरुमा केशर बुढाथोकी, टंक चौलागाईं, पाल्देन लामा, ज्ञानकुमार योञ्जन, प्रदीप योञ्जन, कुमार कार्की, कमल कडेरिया, उद्धव कडेरिया, पुष्प पौडेल जीवन्त, युवराज पाख्रिन लगायतका नेताहरु रहेका छन् ।
काठमाडौं । आयोजक हिमरश्मि नीलो र लालीगुराँस नेसनल एकेडेमी प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
हिमरश्मि नीलोले एन्जल्स हार्टलाई १४–२५, २५–१९ र १५–७ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो । पहिलो खेलमा हिमरश्मिले गणेश कलेजलाई सीधा सेटमा २–० ले हराएको थियो । सोही समूहको अर्को खेलमा एन्जल्स हार्टले गणेशलाई २५–१४ र २५–१५ को सोझो सेटमा हराउदै उपविजेताका रुमा प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो ।
दोहोरो जित निकालेको लालीगुराँसले गीताञ्जलीलाई २५–१९ र २५–२१ तथा कालीदेवी माविलाई २५–१३ र २५–२३ को सोझो सेटमा पाखा लगाउदै समूह ‘बी’ को विजेता भयो ।
एनआर कलेजले ओरियन्टलाई २५–२० र २५–२१, ग्लेसियरले ग्राम सेवालाई २३–२५, २५–१९ र १५–१३ र ग्रामिण बहुमुखी क्याम्पसलाई २३–२५, २५–२१ र १६–१४ तथा सेन्ट लरेन्सले मानसिंह माविलाई २५–११ र २५–२१ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
यससंगै प्रिक्वाटरफाइनल समीकरण पनि तयार भएको छ । प्रिक्वाटरफाइनल एनआर र ग्रामिण, लालीगुराँस र एन्जल्स हार्ट, ग्लेसियर र ओरियन्ट तथा हिमरश्मि नीलो र गीताञ्जलीबीच हुनेछ । अन्यमा सेन्ट लरेन्सले प्रारम्भ, जय मल्टिपल क्याम्सले चाणक्य, युनिग्लोबले मानसिंह तथा न्युटनले पासाङ ल्हामु विरुद्ध खेल्ने छन् ।
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको १०औं महाधिवेशनको ६ महिनापछि नेताहरुको जिम्मेवारी तोकेको छ । गत मंसिर २६ गतेदेखि सुरु भएर पुस २ गतेसम्म चलेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।
जिम्मेवारी बाँडफाँडअन्तर्गत सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मेवारी पाएका छन् । त्यस्तै, वरिष्ठ नेता बेदुराम भुसालले संगठन विभाग, महासचिव घनश्याम भुसालले अनुगमन तथा मूल्याङ्कन विभाग र प्रमेश हमालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, बैठकले सात प्रदेशको इन्चार्ज पनि तोकेको छ । कोशीमा राजेन्द्र राई, मधेसमा धर्मनाथप्रसाद साह, बागमतीमा गङ्गालाल तुलाधर, लुम्बिनीमा मेटमणि चौधरी गण्डकीमा श्रीनाथ बराल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा भानुभक्त जोशी प्रदेश इन्चार्ज बनेका छन् ।
यस्तो छ जिम्मेवारी बाँडफाँड :-
स्कुल विभाग प्रमुखः झलनाथ खनाल
संगठन विभाग प्रमुखः बेदुराम भुसाल
अनुगमन तथा मूल्याङ्कन विभागः घनश्याम भूसाल
विदेश विभागः प्रमेश हमाल
राजकीय मामिला विभागः घनेन्द्र बस्नेत
मोर्चा फाँटः राजेन्द्र पाण्डे
सङ्घीय तथा प्रादेशिक मामिलाः जगन्नाथ खतिवडा
प्रचार विभाग प्रमुखः प्रकाश ज्वाला
अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्जः जयन्ती राई
कोशी प्रदेश इन्चार्जः राजेन्द्र राई
मधेस प्रदेश इञ्चार्जः धर्मनाथप्रसाद साह
बागमती प्रदेश इन्चार्जः गङ्गालाल तुलाधर
लुम्बिनी इञ्चार्जः मेटमणि चौधरी
गण्डकी इन्चार्जः श्रीनाथ बराल
कर्णाली इन्चार्जः चन्द्रबहादुर शाही
सुदूरपश्चिम प्रदेश इन्चार्जः भानुभक्त जोशी
विद्यार्थी विभाग इन्चार्जः रामकुमारी झाँक्री
युवा विभाग इन्चार्जः लक्ष्मण केसी
कार्यालय सचिवः रामकुमार भट्टराई
संसदीय इन्चार्जः गरिमा शाह





