२०८३ बैशाख २१ सोमबार
२०८३ बैशाख २१ सोमबार

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत ऋण  लिनै नहुने सत्तारुढ काँग्रेसको अडानप्रति आपत्ति जनाएका छन्।

सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सम्मानित नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजनाअन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताए ।

उनले भने, ‘अब यो बीआरआईको जुन कुरा छ। यो अहिले भन्दा १० वर्ष पहिले चीनले सुरुवात गरेको अवधारणा हो। अहिले विश्वका १५३ मुलुकहरुसँग सहमती भएको छ। ३ हजार करिव सम्झौताहरु बनिसकेका छन्। र यो बीआरआई र ती मुलुकहरुको बीचमा लगानी मात्रै हेर्दा १.४ ट्रिलियन डलर लगानी भएको देखिन्छ। दुई तिहाई भन्दा बढि मुलुकका लागि बीआरआई आवश्यक रहेछ। फाईदाजनक रहेछ, लाभकारी रहेछ। त्यसो हुनाले बीआरआई लिनु हुँदैन भन्ने होइन। नेपालले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीहरुसँग, विदेशहरुसँग सम्बन्ध राख्नुपर्छ। र बीआरआईबाट हामीले लोन चाही लिनै हुँदैन भन्ने खालको जुन कुराहरु आएको छ। यो पूर्वागहपूर्ण कुराहरु मात्रै हो।’

काठमाडौ । नेकपा एमालेको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेस र देशभरका जिल्लाका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउन पूर्वतयारी गर्न ध्यानाकर्षणपत्र गराएको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले जाडेको समयमा न्यानो कपडा र दाउराको अभावमा मधेस देशभरका विपन्न वस्ती र परिवारलाई बढी पीडा दिने गरेको सन्दर्भमा पूर्वतयारी गर्न आग्रह गरेको हो।

ध्यानार्कषणपत्रमा गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका साथै सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा, सिन्धुलीलगायतका जिल्लामा धेरै बस्तीहरु डुबान र पहिरोमा परेकाले प्राकृतिक प्रकोपबाट उठीबास भएकाहरुलाई जाडो समयमा थप सुरक्षा प्रबन्ध गर्न राज्यका सम्बन्धित निकाय तथा संस्थाहरु लाग्नुपर्ने उल्लेख छ।

प्रधानमन्त्री ओलीले उक्त ध्यानाकर्षणपत्रलाई गृह मन्त्रालयमार्फत् सम्बन्धित निकायका सम्बोधनका लागि तत्काल पठाइने बताउँदै विपद्को पूर्व तयारी र विपद्पछिको खोज, उद्धारमा लाग्नुपर्नेमा जोड दिए।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।