
किएभ (युक्रेन), मङ्सिर ४ गते । सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सातको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार बताउनुभएको छ । सुमी रूसको कुर्स्क क्षेत्रको सीमामा अवस्थित क्षेत्र हो जहाँ युक्रेनी सेनाले गत अगस्टमा आक्रमण गरी धेरै भूभाग कब्जा गरेको थियो ।
सोमबार राति, ड्रोनले प्रहार गरी एक स्थानीय शैक्षिक संस्थाको छात्रावास ध्वस्त पारेको उल्लेख गर्दै आक्रमणमा हालसम्म एक बालकसहित सात जनाको मृत्यु भएको जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जनाउनुभएको हो ।
उहाँले घटनास्थलबाट पोस्ट गरेको भिडियोमा उद्धारकर्मीहरूले भग्नावशेषको छानबिन गदै गरेको तथा आक्रमणमा मृत्यु भएकाहरुलाई निकालिरहेको देखाइएको थियो ।
उहाँले आक्रमणमा “दुई बालकसहित दश जनाभन्दा बढी घाइते भएको र अझै पनि भग्नावशेषमुनि मानिसहरू फसेका हुनसक्ने बताउनु भएको छ ।
सुमीमा रूसी क्षेप्यास्त्र हमलाबाट एक बालकसहित आठ जनाको मृत्यु भएको दुई दिनपछि यो आक्रमण भएको हो । रूसको निरन्तरको आक्रमणले सीमानजिकैका सम्पूर्ण जिल्लाहरूलाई अति प्रभावित बनाउनुका साथै युक्रेनमा ऊर्जा सुविधाहरू ध्वस्त पारेको छ ।
काठमाडौं । फिफा नोभेम्बर विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका निम्ति ताजिकिस्तान पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । नेपाली टिम सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो ।
विमानस्थलमा नेपाली टिमलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश शाह, प्रतियोगिताका निर्देशक सञ्जीव मिश्रलगायत अधिकारीले स्वागत गरेका थिए ।
ताजिकिस्तानमा नेपालले पहिलो खेल घरेलु टिमसँग खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अफगानिस्तानविरुद्ध २–० को जित निकालेको थियो । नेपाली टिमले अन्तर्राष्ट्रिय फुटबलमा १३ महिनापछि यो जित निकालेको हो ।
यी दुई मैत्रीपूर्ण खेलमा नेपाली टिमको मुख्य प्रशिक्षण नवीन न्यौपानेले सम्हालेका थिए । एन्फा यसअघिका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेससँग सम्झौता नवीकरण नगर्ने निर्णयमा पुगेपछि न्यौपानेले अन्तरिम जिम्मेवारी पाएका हुन् ।





