२०८३ बैशाख २१ सोमबार
२०८३ बैशाख २१ सोमबार

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन् ।


ट्रेडिसनल चाइनिज मार्सल आटर््स फेडरेसन, युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको बताइएको छ ।


भूपेन्द्रको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । उनले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन् ।

धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रकेका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गरेका छन । सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भने, “हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ ।” 

देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा आज धनगढी पुगेका हुन । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए । 

काठमाडौँ । जापानमा मानव तस्करी गर्न भूमिका खेलेको आरोप लागेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याउन लागिएको छ ।


प्रदेश सभा सदस्य समेत रहेका उनलाई यती एयरलाइन्सको एटीआर विमान मार्फत काठमाडौँ ल्याउन लागिएको हो । यती एयरलाइन्स एफओएच कल साइनको उडान नम्बर–७८६ विमान मार्फत उनलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय मोरङका एकजना अधिकृतले बताए ।


सो विमान मोरङ एयरपोर्टबाट २ बजेर ३० मिनेटमा काठमाडौँका लागि उड्नेछ ।

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकबाट १ सय केजी गाँजासहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थित शंखु घर भएका २९ वर्षीय किरण वाग्ले छन् ।

मनहरिबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नम्बरको पिक अप भ्यान चेकजाँच जाँच गर्ने क्रममा गाँजा भेटिएको मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी ।

खाली क्रेटहरूको बिचमा लुकाइएर ११ वटा प्याकेटमा गाँजा बोकेर उनी हेटौँडातर्फ जाँदै थिए । वाग्ले सो भ्यानका चालक हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विराटनगर । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मन्त्री पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गर्न खोजेको अभियोग लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।

प्रहरीले विराटनगरस्थित निवासबाटै अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । आइतबार कार्यालय खुलेलगतै अदालतबाट पक्राउ अनुमति लिएर अधिकारीलाई गिरफ्तार गरेको हो ।

पक्राउ परेका अधिकारीलाई प्रहरीले दिउँसो १ः५० को उडानबाट काठमाडौँ लैजाने तयारी गरिएको छ ।

सरकारी कागजपत्र किर्ते गरेको आरोपमा मन्त्री अधिकारीसँगै जापान पुगेर फर्किएका तीन जना र नक्कली कागजपत्र बनाउन सहयोग गरेको आरोपमा थप तीन जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको भए पनि अधिकारीमाथि अनुसन्धान नगरेपछि सरकारको आलोचना भएको थियो ।

काठमाडौं – वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सन्जिव गुरूङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

गुरूङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।