२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

काठमाडौं । गायिका कल्पना मल्ल र गायक सुनिल नेपालीको आवाजमा ‘फुलन्या बेली जाँइको’ बोलको गीत सार्वजनिक भएको छ ।

धर्मराज भट्टराइको शब्दमा रहेको गीतलाई सागर बजुरेलीले रेकर्ड गरेका हुन् ।

महेश महरा र खेमराज बुमीले छायाँकन गरेको भिडियोलाई राज धामीले सम्पादन गरेका छन् ।

भिडियोमा रमेश देवकोटा,कल्पना मल्ल,हरेन्द्र शाही्र,रुम्म कुमल। टेक साउड,ललित्रा साउड,जानकी साउड र सुरत साउड लगायतको अभिनय रहेको छ ।

काठमाडौं । गायिका कल्पना मल्ल र गायक सुनिल नेपालीको आवाजमा ‘फुलन्या बेली जाँइको’ बोलको गीत सार्वजनिक भएको छ ।

धर्मराज भट्टराइको शब्दमा रहेको गीतलाई सागर बजुरेलीले रेकर्ड गरेका हुन् ।

महेश महरा र खेमराज बुमीले छायाँकन गरेको भिडियोलाई राज धामीले सम्पादन गरेका छन् ।

भिडियोमा रमेश देवकोटा,कल्पना मल्ल,हरेन्द्र शाही्र,रुम्म कुमल। टेक साउड,ललित्रा साउड,जानकी साउड र सुरत साउड लगायतको अभिनय रहेको छ ।

काठमाडौं । रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प ऐतिहासिक जितसँगै पुनः अमेरिको राष्ट्रपति बनेर ह्वाइट हाउस फर्किन लागेका छन् ।

ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने ठानिएको थियो । तर मतदान सकिएपछि आएको परिणामबाट ट्रम्पको जित सुनिश्चित भएको देखायो ।

संयुक्त राज्य अमेरिकाको इतिहासमा १३० वर्षभन्दा लामो समयपछि उनी राष्ट्रपति बनेर पुनः ह्वाइट हाउस फर्किने पहिलो व्यक्ति हुने छन् । अठहत्तर वर्षीय ट्रम्प उक्त पदमा निर्वाचित हुने अहिलेसम्मकै पाका व्यक्ति पनि हुन् ।

ट्रम्पलाई विश्वका कैयौँ नेताहरूले बधाई दिइसकेका छन् । कमला ह्यारिसले पनि पराजय स्वीकार गर्दै ट्रम्पलाई बधाई दिँदै सत्ता हस्तान्तरणमा सहयोग गर्ने वाचा गरेकी छन् । तर निर्वाचनको औपचारिक परिणाम घोषणा हुन बाँकी नै छ ।

मुख्य प्रतिस्पर्धा हुने ठानिएका ’स्विङ स्टेट’ भनिने राज्यहरूमा नतिजा जता पनि ढल्किन सक्ने र त्यसबाट अन्तिम मतपरिणाम अनिश्चित हुन सक्ने अनुमान गरिएको थियो ।

तर सोचेभन्दा पहिल्यै नोर्थ क्यारलाइना, जोर्जा, पेन्सिल्भेनिआ र विस्कन्सिन राज्यहरू रिपब्लिकन पार्टीको पोल्टामा गएको देखियो । पहिल्यैदेखि रिपब्लिकनको बलियो पकड भएका राज्यको पनि हिसाब गर्दा उनले राष्ट्रपतिका लागि चाहिने २७० इलेक्टोरल मत सजिलै नघाए ।

के डोनल्ड ट्रम्प राष्ट्रपति बनिसकेका हुन् रु

ट्रम्प राष्ट्रपति पदमा निर्वाचित मात्रै भएका हुन् । उनीसँगै उनका चुनावी सहयात्री जेडी भान्स उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

ट्रम्पले सन् २०२५ को ज्यानुअरी २० ९माघ ७ गते० सोमवार एउटा विशेष समारोहमा शपथ लिने छन् । त्यसलाई ’इनग्युरेशन’ भनिन्छ ।

त्यस बेलादेखि उनले कानुनी रूपमा राष्ट्रपतिको शक्ति र उत्तरदायित्व वहन गर्न पाउने छन् । अन्तिम परिणाममा प्रत्येक वैध मत समावेश भएपछि त्यसलाई ’इलेक्टोरल कलेज’ भनिने निर्वाचक ’मण्डल’ ले पुष्टि गर्छ ।

उक्त प्रक्रियामा प्रत्येक राज्यमा निर्वाचक मण्डलले मतदान गर्छ । वाशिङ्टन डीसी र अमेरकाका ५० राज्यका आआफ्नै निर्वाचक मण्डल हुन्छन् । तिनमा हुने मत भने फरक हुन्छ ।

सर्वसाधारण मतदाताको प्रत्यक्ष मतबाट निर्वाचित हुने निर्वाचक मण्डलसँग हुने ’इलेक्टोरल मत’ सुनिश्चित गरेपछि मात्र राष्ट्रपति निर्वाचित हुन्छन् ।

सामान्यतया राज्यका इलेक्टोरल कलेजले त्यहाँ बढी लोकप्रिय मत पाउने व्यक्तिलाई समर्थन गर्छ । डिसेम्बर १५ मा हुने भेलाबाट त्यसको निर्क्योल गरिन्छ ।

इलेक्टोरल कलेज मतको गणना गरेर नयाँ राष्ट्रपतिको टुङ्गो लगाउन नयाँ अमेरिकी कङ्ग्रेसको बैठक ज्यानुअरी ६ बस्छ ।

डोनल्ड ट्रम्पले हार स्वीकार गर्न नमानेपछि सन् २०२१ मा ट्रम्पका समर्थकहरूले त्यस्तै बैठकलाई रोक्ने प्रयासमा अमेरिकी संसद् भवनमा धावा बोलेका थिए ।

संसद्मा हिंसा गर्न आफ्ना समर्थकको भिडलाई उकासेको आरोपमा उनीविरुद्ध महाभियोग पनि दर्ता भएको थियो ।

राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित डोनल्ड ट्रम्प र जेडी भान्सले राष्ट्रपति जो बाइडनको प्रशासनबाट आफूमा सत्ता हस्तान्तरण गराउन आफ्नो विशेष टोलीसँग सहकार्य गर्छन् ।

उनीहरूले आफ्ना नीतिगत प्राथमिकता पहिचान गर्छन् । उनीहरूले आफ्नो नयाँ प्रशासनका लागि उपयुक्त व्यक्तिहरू छनोट गर्दै सरकारको कामकारबाहीका लागि तयार पार्छन् ।

अब ट्रम्प र उनको टोलीलाई वर्तमान खतरा र जारी सैन्य कारबाहीका राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा गोप्य जानकारीहरू पनि दिइने छ ।

ट्रम्प र भान्स दुवै जानले गुप्तचर निकाय ’यूएस सीक्रेट सर्भिस’ बाट स्वतः सुरक्षा पाउने छन् ।

सामान्यतया पदासीन राष्ट्रपतिले आफ्नो उत्तराधिकारी निर्वाचित भएका व्यक्तिलाई ह्वाइट हाउसमा आमन्त्रित गर्छन् ।

राष्ट्रपतिले आफ्ना उत्तराधिकारीको शपथग्रहण समारोहमा सहभागी भई शान्तिपूर्ण शक्ति हस्तान्तरणको सङ्केत पनि दिने चलन छ । यद्यपि सन् २०२० मा ट्रम्प बाइडनको ’इनग्युरेशन’मा अनुपस्थित थिए ।

रोनल्ड रेगनले सुरु गरेको परम्परा अनुसरण गर्दै उनले नयाँ नेतृत्वका लागि एउटा हस्तलिखित टिपोट ओभल अफिसमा छाडेका थिए ।

त्यस बेला राष्ट्रपति बाइडनले पत्रकारहरूलाई आफ्ना पूर्ववर्तीले “एउटा निकै सदाशययुक्त पत्र“ छाडेको बताएका थिए ।

शपथग्रहण गरेपछी नयाँ राष्ट्रपतिले तत्काल काम सुरु गर्छन् ।– बिबिसी

तेहरान । इरानको एक अदालतले इजरायलका लागि जासुसी गरेको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

इरानी समाचार एजेन्सी फार्सको रिपोर्टअनुसार चार अपराधीहरूको राष्ट्रियता खुलासा गरिएको छैन । तर उनीहरूमाथि सन् २०२० मा इरानी आणविक वैज्ञानिक मोहसेन फख्रिजादेहको हत्यामा प्रयोग भएको हतियार बोकेको र इजरायली गुप्तचर एजेन्सी मोसादलाई सहयोग गरेको आरोप छ ।

फख्रीजादेहलाई परमाणु हतियार क्षमता विकास गर्न गोप्य इरानी कार्यक्रमको मास्टरमाइन्ड मानिन्छ । इजरायल सुरुदेखि नै इरानको शत्रु राष्ट्र भन्दै आएको छ । यस्तो अवस्थामा इजरायली गतिविधिलाई लिएर इरानी प्रशासन निकै सजग रहने गरेको छ । इरानले विगतमा पनि इजरायली जासुसविरुद्ध कडा कारबाही गरेको थियो । एजेन्सी

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।