
काठमाडौँ । नेकपा एमालेका अधयक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुन नदिने बताएका छन् ।
आइतबार ‘पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र त्यति सजिलै प्राप्त नभएको भन्दै कोही उफ्रँदैमा डेमोक्रेसी खत्तम नहुने बताए ।
‘म भन्दिन चाहन्छु, दुईचार अराजक तत्त्वहरू सडकमा उफ्रिएर नेपालमा डेमोक्रेसी खत्तम हुँदैन । हुन दिइने छैन’, प्रधानमन्त्रीको भनाइ छ । उनले जरुरी पर्दा राजनीति के हो र देशका लागि राजनीति कस्तो हो र कसरी बचाउनुपर्छ भन्ने बुझेको पनि बताए ।
कसैले हतियार चलाउन बिर्सेका छैनौँ भन्दैमा आत्तिनुनपर्ने भन्दै प्रधानमन्त्रीले दुईचार हजारको जुलुस निस्कँदैमा भरेभोली नै गयो सरकार भनेर प्रचार भएकोमा आक्रोश पोखे । ‘खाने बेलामा आँखा नदेख्ने अनि अहिले अरूलाई गाली गर्ने । अन्याय भो भन्ने । फेरि न्याय दिने काम त मेरो होइन । खुर्सानी चपायो भने पिरो हुँदैन ? ’ ओलीले माओवादी केन्द्र र रास्वपाको आन्दोलनलक्षित टिप्पणी गरे ।
उनले हिजो आफूले सहकारीबारे समिति नबनाऊ भन्दा उनीहरुले नै बनाउनुपर्छ भनेर जोड गरेको भन्दै सर्वसम्मत समितिले सिफारिस गरेको विषयमा सडकमा उफ्रनु गलत अभ्यास रहेको बताए । उनले भवितव्यमा राजनीतिमा आएकाहरूले त्यस्तो व्यवहार देखाएको भन्दै वर्तमान सरकार सहमतिअनुसार अघि बढ्ने दाबी गरे ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गर्नुपर्ने भएको थियो ।
नेपाल राष्ट्र बैंक ऐन अनुसार नोट छपाइ डिजाइन नेपाल राष्ट्र बैंकले नै गर्दा आएको छ । तर, नोटको डिजाइन र साइज परिवर्तन गर्नुपर्ने भएमा नेपाल सरकारको स्वीकृत लिनुपर्ने व्यवस्था छ । सोही अनुसार नेपाल सरकार मन्त्रिपरिषद् गत वैशाखमा चुच्चे नक्सा अंकित गर्ने गरी १०० रुपैयाँ दरको नोटको डिजाइन परिवर्त गर्ने गरी स्वीकृति दिएको थियो ।
अब डिजाइन परिवर्तन गरी चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छपाइ गरी नेपाल राष्ट्र बैंकलाई डेलिभरी गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको हो । आइतबार एक सूचना प्रकाशित गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नोट छाप्ने टेन्डर प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ । ग्लोबल टेन्डरमा चिनियाँ कम्पनीले ठेक्का प्राप्त गरेपछि कम्पनीसँग आशयपत्र माग गरिएको हो ।
१०० दरको ३० करोड थान नोटको डिजाइन, छपाइ, सप्लाई र डेलिभरी गर्न केन्द्रीय बैंकले कम्पनीसँग आशयपत्र माग गरेको छ । ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलरमा उक्त नोट छापिने भएको छ । हालको विनियम दर अनुसार १३४ रुपैयाँ ८४ पैसा अनुसार १ अर्ब २१ करोड ३१ लाख ४६५ रुपैयाँ पर्न आउँछ । यस अनुसार १०० रुपैयाँ दरको १ एउटा नोट छाप्ने ४ रुपैयाँ ०४ पैसा लागत पर्न आउने देखिन्छ ।
नयाँ दिल्ली । चन्द्रयान–३ को सफलतापछि भारतीय स्पेश एजेन्सी (इसरो) चन्द्रयान–४ र गगनयान मिसनमा काम गरिरहेको छ । अन्तरिक्षमा मान्छे पठाउने भारतीय मिसन गगनयान इही वर्ष वा सन् २०२५ को अन्त्यमा लन्च हुने आशा गरिएको थियो । तर, यसको मिति फेरिएको छ ।
इसरोका अध्यक्ष एस सोमनाथले शनिबार अल इन्डिया रेडियोको आकाशवाणीमा सरदार पटेल मेमोरियल लेक्चरमा भारतको आगामी मिसनको साथसाथै विश्वव्यापी अन्तरिक्ष अर्थव्यवस्थामा भारतको सहभागिता बढाउने बारे कुरा गरेका थिए । यसक्रममा उनले उनले गगनयान, चन्द्रयान–४, चन्द्रयान–५ र चन्द्रमामा भारतको मानव मिसनबारे कुरा गरे ।
अल इन्डिया रेडियोको लेक्चरमा उनले भारतको बहुप्रतिक्षित गगनयान मिसनबारे बताए । मानव अन्तरिक्ष अभियान गगनयान सन् २०२६ मा प्रक्षेपण गरिने बताइएको छ । योसँगै चन्द्रमाको सतहबाट नमुना ल्याउने चन्द्रयान–४ सन् २०२८ सम्ममा प्रक्षेपण गर्न सकिने भनिएको छ । भारत–अमेरिकाको ढिलाइ भएको मिसन निसार अर्काे वर्षसम्म सम्भव हुने पनि उनले बताए । निसार मिसन रडार मेसिन हो जसले पृथ्वीको सतहमा हुने वातावरणीय परिवर्तन र प्राकृतिक प्रकोप र प्राकृतिक घटनाहरूबारे अझ राम्ररी जानकारी सङ्कलन गर्न सक्नेछ ।
जासासँग इसरोको चन्द्र मिसन
जापानको अन्तरिक्ष एजेन्सी जासासँग इसरोले मून–ल्यान्डिङ मिसनमा पनि काम गरिरहेको छ । यो मिसनको नाम चन्द्रयान–५ हुने बताइएको छ । तर यो मिसन कहिले लन्च हुन्छ भनेर उनले निश्चित समय चाँहि भनेनन् । पहिले लुपेक्स मिसन सन् २०२५ मै लन्च गरिनु पर्ने थियो । तर अब यसलाई चन्द्रयान–५को रुपमा वर्ण गरिएको छ । यो मिसन सन् २०२८ पछि मात्रै लन्च हुने आशा गरिएको छ ।
कहिलेसम्म लन्च होला चन्द्रयान–४
चन्द्रयान–४ निकै भारी मिसन हुनेछ, जसमा ल्यान्डर भारतले उपलब्ध गराउने छ भने रोभर जापानबाट आउने सोमनाथले भनेका छन् । चन्द्रयान–३ मा रोभरको तौल २७ किलो मात्र थियो । तर, यो मिसनले ३५० किलोग्रामको रोभर बोक्ने छ । यो मिसनले भारतलाई चन्द्रमामा मानव अवतरण गर्नेतर्फ एक कदम अगाडि लैजाने बताइएको छ । भारतले सन् २०४० सम्ममा चन्द्रमामा मानव यान पठाउने योजना सार्वजनिक गरेको छ ।
धनुषा: जनकपुर उपमहानगरपालिका-१४ बाबा आयलस सेन्टर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ सय २१ किलो ३८ ग्राम सहित मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको १६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक प्रकाशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





