२०८३ बैशाख २१ सोमबार
२०८३ बैशाख २१ सोमबार


काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।

उक्त खेल नेपालले स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो ।

यो बराबरीपछि समुह बी मा नेपाल र भुटानले एक एक अंक हासिल गरेका छन् । अर्को खेल सोमबार नेपालले माल्दिभ्सविरुद्ध र भुटानले श्रीलंकासँग खेल्नेछ ।

समुह बी मा श्रीलंकाले आजै भएको खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो ।

काठमाडौँ । शुक्रबार साँझ पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरा लगिने भएको छ ।

उनलाई गाडीबाटै पोखरा लैजान लागिएको हो । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई गाडीबाट ल्याउन लागेको श्रोतले जनाएको छ ।

लामिछानेसँग उपसभापति डीपी अर्याल कार्यवाहक प्रवक्ता मनिष झा पनि सँगै जाने जनाइएको छ । रास्वपाका अर्का नेता स्वर्णिम वाग्ले तनहुँमा भएकाले त्यहाँबाट पोखरा जाने बताइएको छ ।

सो पार्टीका अन्य नेता कार्यकर्ता भोलि पोखरा जाने बताइएको छ ।

काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ भएसँगै प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी भएको छ ।

पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गर्दै राजनीतिक प्रतिशोध साँधेको प्रतिक्रिया दिएका थिए । लगत्तै उनका समर्थकले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएका हुन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ ।

प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान गर्न अदालतबाट लिएको अनुमतिमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न भनिएको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ ।

पत्रमा सहकारी ऐनले परिभाह्सित ठगी तथा संगठित अपराध सम्बन्धि विषयमा अनुसान्धानको सिलसिलमा पक्राउ गर्न अदालतले अनुमति दिएको उल्लेख छ ।

काठमाडाैँ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउपछि कास्की लगिने भएकाे छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको अवस्थामा प्रहरीले थप कानुनी प्रक्रियाअगाडि बढाएको जानकारी दिए। ‘कास्की अदालतको मुद्दा भएकाले पक्राउपछि सोही अनुसार प्रहरीले कामकारबाही अगाडि बढाउँछ’, उनले भने।

लामिछानेलाई प्रहरीले कतिबेला पक्राउ गर्छ भन्ने विषयमा भने प्रवक्ता कार्कीले केही खुलाउन चाहेनन्। कास्की जिल्ला अदालतले आजै लामिछानेमाथि सहकारीको रकम अपचलमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।

मकवानपुरको कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली डक आजदेखि तीन दिन बन्द हुने भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक  श्याम अर्यालले बताए ।

दुवै सडकको  वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ–हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ ।

काठमाडौँ । महिला साफ च्याम्पियनशिपमा आज नेपाल र भुटानबीच खेल हुँदैछ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे खेल हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे श्रीलङ्का र माल्दिभ्स पनि खेल्दैछन् । हिजो भएको उद्घाटन खलमा भारतले पाकिस्तानलाई ५–२ गोलले हराएर विजयी शुरुवात गरेको छ ।

महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले खेल्नेछन् । प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।

नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।

घोराही । दाङमा टिपर दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

घोराही तापा सडक खण्डअन्तर्गत बंगलाचुली गाउँपालिका ४ जुम्लेपानीमा गए राती रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार मृत्यु हुनेमा गढवा गाउँपालिका ७ निवासी प्रभु चौधरी रहेका छन् । चुनढुँगा लिन जान लगेको टिपर घोराही तापा सडक खण्डअन्तर्गत जुम्लेपानीमा टिपर सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

काठमाडौँ । पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । यस्तै आन्द्रेस गौसले ३० रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । यस्तै रिजन ढकाल, करन केसी र गुल्सन झाले समान एक विकेट लिए ।

त्यसअघि डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान दुई विकेट लिए ।

आजको जीतसँगै नेपालले तीन खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ । अब नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ । यो टी–२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो । नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।