
काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मलेसियाले हालै आएको पहिरोमा परेर निधन भएका एन्फा यु–१३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ ।
एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष बालध्वज लिम्बूले जानकारी दिए ।
एन्फाका पदाधिकारीसंगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नका लागि आफूहरु चाँडै नेपाल आउने बताए । सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो ।
शनिबार इन्द्रसरोवर गाउँपालिका– ३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको थियो । घटनामा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र साइमन योञ्जनको निधन भएको थियो । यसैगरी काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका बिकल रेग्मीको निधन भएको थियो ।
एनसीसी मलेसियाले देशमा विपद् पर्दा आफूहरु कर्मभूमी भन्दा बाहिर भए पनि सहयोग गर्नु कर्तब्य रहेको भन्दै युवा खेलाडीहरुको निधनले अत्यन्त दुखित् भएकाले सहयोग गर्न लागिएको बताए ।
काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पुरूषमा १४ र महिलामा ७ टोलीको सहभागिता रहने छ । आन्तरिक कारण इरानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पुरुषमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तान छन् । समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजाकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका तथा समूह ‘डि’ मा अफ्गानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेईं रहेका छन् । महिलातर्फ ७ राष्ट्रलाई २ समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इन्डोनेसिया र श्रीलंका छन् । सबै राष्ट्र नेपाल आइसकेको महासचिव घिमिरेले जानकारी दिए । पहिलो दिन पुरुष÷महिला दुवै नेपालले समूह चरणका सबै खेल खेल्ने छ ।
प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । नेपालबाट महिलामा सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गर्नेछन् । इरानले महिला टोलीलाई सहभागी गराउन लागेको थियो ।
यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ । प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् ।
रग्बी संघका अध्यक्ष दीपक देवकोटाले कार्यक्रमलाई सफल र भब्य बनाउन सबै मिडियाकर्मी र दर्शकलाई अनुरोध पनि गरेका छन् । उनले ५६ दिनको बन्द प्रशिक्षणसहित नेपाली टोलीले करिब ४ चार महिनाको तयारी गरेको बताउदै नेपालको लक्ष्य पाँचौं स्थान हासिल गर्नु रहेको बताए ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको पहिलो दिन ३० तथा दोश्रो दिन २० गरी जम्मा ५० खेल हुने छन् । सिनियर स्तरको एसियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको
पहिलो पटक हुन लागेको हो । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड १० लाख रुपैयाँ रहेको छ ।
काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बसुन्धरा बस्ने मोरङ सुन्दरहरैंचा नगरपालिका-९ बस्ने ४१ वर्षीय टंक प्रसाद सुवेदी र उनकै श्रीमती रौहतट चन्द्रपुर नगरपालिका-८ घर भएकी ४४ वर्षीया निता गौतम सुवेदीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौं । चालिस मेगावाट विद्युत् सम्झौताका लागि नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंको दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा आयोजित औपचारिक कार्यक्रममा तीनै देशका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको विकासमा यो सम्झौताले महत्त्वपूर्ण योगदान गर्ने बताए । ‘नेपालका तत्कालीन शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रको भिजन पेपरमा हस्ताक्षर गर्नुभएको थियो । हालै प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले यो सम्झौताका लागि संयुक्त बैठकमार्फत दिशा निर्देश गर्नुभएको थियो । उहाँहरूको पहलले यो सम्भव भएको हो,’ मन्त्री खड्काले भने ।

सम्झौता पत्रमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेणु नारङ तथा बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुलकरिमले हस्ताक्षर गरे । हस्ताक्षरसँगै नेपाल–बंगलादेश विद्युत् व्यापारको बाटो खुलेको छ ।





