

काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा १२ औं एनएसए कप पौडी प्रतियोगिता सम्पन्न भएको छ ।

आइतबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दै शुरु भएको प्रतियोगिता आज रास्ट्रीय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले प्रतियोगिताको आयोजना गरेकोमा पौडी संघको प्रशंसा गर्दै खेलाडी हरुलाई पौडीमा निरन्तरता दिन अनुरोध गरे । उनले लामो समयसम्म निर्वाचन नभइरहेको अवस्थामा अहिले संघको विधान र नियमानुसार नै निर्वाचन भएर पौडी संघ अगाडी बढेको बताए ।’पौडी विकासको लागि एकमात्र संघ नेपाल पौडी संघ हाे । जुन जगतमान श्रेष्ठको अध्यक्षतामा रहेको र उहाँकै नेतृत्वमा अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा नेपालबाट खेलाडीहरु सहभागी रहने छ ,’उनले भने ।

प्रतियाेगीतामा उत्कृष्ट हुनेलाइ नगद र मेडल सहित पुरस्कार दिएर सम्मान गरिएकाे थियाे ।
प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल दुइ सय ८० खेलाडीकाे सहभागी रहेकाे संघले जनाएको छ । खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/रुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा सम्पन्न भएकाे छ ।

त्यस्तै कार्यक्रममा पाैडी खेलकाे विकास र विस्तारमा विगत पाँच दशकदेखि अनवरत रुपमा याेगदान दिएका पद्म जङ्ग शाह र अमेरिकाकाे एटलान्टा सहरमा सन् १९९६ मा भएकाे ग्रीष्मकालीन ओलम्पिक प्रतियाेगितामा नेपालकाे तर्फबाट पहिलाेपटक अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी जनाएका सिताराम शाहीलाई संघले सम्मान समेत गरेकाे छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ ।
सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ ।
मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।
काठमाडौं । नेपाल पौडी संघको आयोजनामा जारी १२ औँ एनएसए कप पौडी प्रतियोगिता आज समापन हुँदैछ ।
सोमबार अपरान्ह चार बजे राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन हुन लागेको आयोजक पौडी संघले जनाएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा आइतबार नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमकावीच उद्घाटन गरेका थिए ।
प्रतियोगितामा खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/पुरुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल २८० जना प्रतिस्पर्धिहरुको सहभागी रहेको छ ।





