
काठमाडौँ । आयोजक काष्ठमण्डप विद्यालयले दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलमा मंगलबार दोहोरो जित हात पारेको छ । काष्ठमण्डपको ब्वाइज÷गल्र्स दुवैको ‘ए’ टोलीले विजयी सुरुआत गरे ।
मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा काष्ठमण्डपले मिल्सबेरीलाई २७–११ ले पराजित ग¥यो । गल्र्समा काष्ठमण्डपले एलआरआईलाई १७–६ ले हरायो ।
फुटसलको सिनियर ब्वाइजमा विल्सन एकेडेमीले काठमाडौं विद्याकुञ्ज ‘ए’ एलाई ५–० तथा एलआरआईले जोन डेवीलाई २–० गोलले पाखा लगाए ।
जुनियर बवाइजमा विल्सनले काठमाडौं विद्याकुञ्ज ‘बी’ लाई २–०, द चाँदबाग स्कुलले लिटिल वन्डरलाई ४–० तथा अध्ययनले टीआईएलाई ५–० गोलले पन्छाए । सिनियर गल्र्समा काठमाडौं वल्र्ड स्कुलले जोन डेवीलाई २–१ र काठमाडौं विद्याकुञ्ज ‘बी’ लाई ८–० तथा अध्ययनले टीआईएलाई ८–३ गोलले पराजित गरे ।
प्रतियोगिताको राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान र काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापाले संयुक्र रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे । बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ८ टिम सहभागी छन् । फुटसलको सिनियर ब्वाइजमा ११, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिमले भाग लिएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध षड्यन्त्र भए देशभरका कार्यकर्तालाई प्रतिवाद गर्न अपिल गरेका छन् । मंगलबार साँझ फेसबुक लाइभमार्फत लामिछानेले आफूलाई सुनियोजित रूपमा फसाउन खोजे प्रतिवाद गर्न आह्वान गरेका हुन् ।
‘अदालतले, प्रतिवेदनले, सभापतिले, विभिन्न जिल्लाका प्रहरीले, महान्यायाधिवक्ताले, प्रधानमन्त्रीले, पूर्वप्रधानमन्त्रीले स्पष्ट र लेखेर भनिसकेपछि पनि मलाई संगठित अपराधमा भोलि राजनीति नै गर्न नसक्ने मान्छे पो बनाउन सकिन्छ कि भन्ने ढंगले छड्के आँखा, त्यस्तो किसिमको गलत क्रियाकलाप, त्यस्तो किसिमको गलत षड्यन्त्र गर्न खोजिएको खण्डमा म देशैभरिका साथीहरूलाई अलर्ट रहन अपिल गर्न चाहन्छु,’ उनले भने ।
उनले कानुनी पक्रियालाई पूर्णरूपमा साथ दिन तयार रहेको तर षड्यन्त्र गरेर फसाउन खोजिए प्रतिवाद गरिने बताए ।
‘कानुनी प्रक्रियामा मेरो पूर्णरूपले साथ रहन्छ । मैले कहाँ आउनुपर्छ, मैले बयान दिन आउनुपर्छ कि, मैले पोखरा जानुपर्छ कि काठमाडौं आउनुपर्छ कि, कहाँ जानुपर्छ, म तयार छु । म थुनिनुपर्छ कि, तयार छु । म हिरासत बस्नुपर्छ कि, म तयार छु । तर, षड्यन्त्र गरेर होइन, झुक्याएर, छक्याएर, छलेर होइन,’ उनले भने ।
काठमाडौं । चीनको हाङझावमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपमा ऐतिहासिक रजत पदक जित्न सफल एरिका गुरुङसहितको कराते टोलीलाई मंगलबार भब्य स्वागत गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका पदाधिकारी, नेपाल प्रहरीका अधिकृत र खेलाडी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, प्रशिक्षक, खेलाडी, परिवारजन, शुभेक्छुकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरे ।
विमानस्थलमा स्वागतपछि टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा हातामा कर्मचारीहरुले पनि स्वागत गर्दै सफलताका लागि बधाई दिएका थिए ।
राखेपमा टोलीलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले एरिकाले हासिल गरेको पदक भाग्वश नभइ खेलाडीको अथक प्रयास र मेहनतबाट सम्भव भएको बताउदै एकिकरणपछि करातेले एकपछि अर्को सफलता प्राप्त गर्दै गएको बताए ।
सदस्यसचिव घिसिङले एकपल्ट फेरि एरिकाले आफूलाई प्रमाणित गरेको उल्लेख गर्दै उनले अभैm धैरे सफलता दिलाउन सक्ने विश्वास व्यक्त गरे । उनले यो सफलतामा प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षण र नेपाल कराते महासंघको व्यवस्थापन सह्रानीय रहेको भन्दै प्रशंसा गरे । सन् २०२६ मा हुने २० औं एसियाली खेलकुदमा कराते नेपालका लागि मेरुदण्ड नै रहेको भन्दै खेलाडीहरूको एक्सपोजरका लागि राखेपले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । एरिकासँगै अन्य खेलाडीले पनि सम्भावना देखाएकाले उनीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि राखेपले सहयोग गर्ने बताए ।
नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले विमानस्थलमै रहेका एरिका माता पितालाई लक्षित गर्दै भने– ‘तपाईंहरुले आफ्नो छोरीलाई जनमाउनु भयो । अब एरिका नेपालकै छोरी भइ सकिन् । यो सफलताका लागि तपाईं र एरिकालाई विशेष बधाई र धन्यवाद ।’
एरिकाका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एसियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शन र सहभागी अन्य खेलाडीको प्रदर्शनबारे पनि चर्चा गरे ।
कुशलले चोटका कारण एरिकाले फाइनलमा सोचे अनुरूपको प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताए । कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा गत आइतबार भएको महिला ६८ केजीमाथि तौलसमूहमा एरिका फाइनलमा भियतनामकी नाओन थि नुयेनसंग ६–० ले पराजित भएकी थिइन् । यद्यपि एरिकाले जितेको रजत कुनैपनि नेपाली कराते खेलाडीले एसियाली सिनियर करातेमा जितेको पहिलो पदक हो । सन् २०१८ मा जापानमा भएको एसियाली कराते च्याम्पियनसिप भने एस्टर राईले यु–२१ उमेरसमूहमा कांस्य जितेका थिए ।
एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० तथा क्वाटरफाइनलमा सोप्mया बेरुल्टसेभालाई पराजित गरेकी थिइन् । एरिका र सोप्mयाबीचको खेल १–१ को बराबरीमा टुंगिएपछि ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भएकी थिइन् । सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउदै फाइनल यात्रा तय गरेकी थिइन् ।
समग्रमा पाँचौ अन्तर्राष्ट्रिय सहभागितामा एरिकाले सबैमा पदक जितेकी छन् । एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सास्मा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । यि सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए । सबै प्रतियोगितामा कुशल प्रशिक्षकको भूमिकामा थिए ।
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।
मंगलबार दिउँसो एक समूहले राष्ट्रिय झण्डासहित माइतीघरको सडकमा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रसाईंलाई रिहा गर्न माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
उनी विरामी भएका कारण वीर अस्पतालमा भर्ना भएका छन् । उनलाई साइबर अपराध आरोपमा पक्राउ गरिएको हो ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
आज फेसबुकमा प्रचण्ड सँगको तस्विर सार्वजनिक गर्दै उनले भेटका क्रममा देश विस्फोटनको अवस्थामा रहेको जानकारी गराएको बताएका छन् । र, त्यसलाई रोक्न राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने भनाइ आफूले राखेको मिश्रले बताए ।
प्रचण्डले पनि अब यही स्थितिको निरन्तरताबाट देश चल्दैन भन्ने निष्कर्षमा पुगेको बताएको मिश्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
प्रचण्डले पञ्चायतकालमा धेरै राम्रो काम भएको महुसुस भएको र राजा महेन्द्रलाई भिजनरी राजा रहेछन् भन्ने थाहा पाएको बताएको मिश्रको दाबी छ ।
प्रचण्डले देशमा विदेशीको चरम हस्तक्षेप भएकोसमेत स्वीकार गरेको मिश्रले बताएका छन् ।
काठमाडौं: झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१० मनमैजु बस्ने ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाडौं महानगरपालिका-६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा रहेका छन् ।
जुवा सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङ, ना.प्र.न. २६-०१-८१-०३२१७ को नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद ४ लाख रूपैयाँमा बनाई दिएको भन्ने खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ ढुन्डुप सहित ४ जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ ।
काठमाडौं: निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा मंगलबार ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिनुभएको हो ।
निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै त्यस्ता गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू संचालन गर्न एवम् आ-आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणको लागि थप सक्रिय भई कार्य गर्न उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी समेतले प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।





