
काठमाडौँ । परिसा खड्गीले छैटौं आईएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला ४५ केजीमुनि स्वर्ण जितेकी छन् । परिसाले फाइनलमा सरस्वतीकुमारी बोहरालाई पराजित गरिन् । सपना तामाङले कांस्य जितिन् ।
इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनि शिवानी आले मगर पहिलो भइन् । शिवानीले फाइनलमा कृतिका लामालाई हराइन् । प्राश्नी तामाङ तेश्रो भइन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि आरुस थापाले फाइनलमा इशान सापकोटालाई पाखा लगाउदै पहिलो भए । अमनकुमार गुप्ता तेश्रो बने । पुरुष ४० केजीमुनि आकाश नेपालीले स्वर्ण जिते ।
उनले फाइनलमा मनोज अग्रीलाई पन्छाए । साजन वाइबा तेश्रो स्थानमा रहे ।
पुरुष ४५ केजीमुनि प्रवेश गुरुङले बाजी मारे । उनले स्वर्ण भिडन्तमा सागर तामाङको चुनौती समाप्त पारे । शेख रिज्वान तेश्रो भए । पुरुष ५० केजीमुनि फाइनलमा सरोज राईले फाइनलमा अनिलकुमार लोहारमाथि जित दर्ता गर्दै शीर्ष स्थान हात पारे । बसन्त सारु मगर तेश्रो भए ।
सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाए । कुल १ लाख ३१ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।
विजेतालाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धर, आयोजक आईएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगिताको पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा १ सय खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
काठमाडौं । बिच कबड्डी विश्व कपमा सहभागी हुन ६ पुरुष खेलाडीसहित ९ सदस्यीय नेपाली टोली आइतबार इरानको एन्जल प्रस्थान गरेको छ ।
सेप्टेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडी टोलीमा कल्याण भुजेल (कप्तान), रन्जित गजमेर, पदमबहादुर विष्ट, रामु टमटा, गणेश पार्की र निरज चन्द रहेका छन् ।
प्रशिक्षकमा विष्णुदत्त भट्ट, टिम व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रामकेवल मुखिया रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई पोखरा लैजाने तयारी गरिएको छ । आइतबार पक्राउ परेका उनलाई आज नै जहाजमार्फत पोखरा लैजाने तयारी प्रहरीको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डीआईजी समेत रहेका जोशी काठमाडौंबाट पक्राउ परेका थिए । सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित जिवी राई,रवि लामिछाने,कुमार रम्तेललाई कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको थियो ।
गृहमन्त्री रमेश लेखकले आजै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए । असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
पर्सा– वीरगंज महानगरपालिका-१६ शंकाअचार्य गेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ किलो १ सय २ ग्राम सहित सोही महानगरपालिका-१६ नगवा बस्ने २० वर्षीय सुजन यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले वीरगंजबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
रामेछाप । मन्थली नगरपालिकाको कार्यालयले सोमबार शोक विदा दिएको छ ।
आज दिउँसो मन्थली नगरपालिका ५ सुनारपानी भदौरे डाँडामा बोलेरो दुर्घटना हुँदा वडा नं ४ सालुकी अन्दाजी ६० वर्षीय दलित महिला सदस्य पदम माया नेपालीको मुत्यु भएपछी नगरपालिकाले शोक विदा दिएको हो ।
‘ यस नगरपालिका वडा नं ४ को निर्वाचित दलित महिला वडा सदस्य श्री पदममाया नेपालीको यही मिति २०८१ साल असोज ६ गते आइतबारका दिन मन्थलीबाट वडा नं ४ सालु जानेक्रममा मन्थली नगरपालिकाकै वडा नं ५ सुनारपानीको भदौरे मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटनामा परी दुस्खद निदन भएकोले भोलि मिति २०८१ असोज ७ गते सोमबारका दिन यस मन्थली नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुबाट हुने “ । अत्यावश्यक सेवा वाहेकका सवै सेवाहरु वन्द हुने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ‘-कार्यालयको महाशाखा प्रमुख हेमन्त बुढाथोकीले जारी गरेको सुचनाना उल्लेख गरिएको छ ।

त्यस्तै दुर्घटना परी मृत्यु भएको वडा सदस्यको घटनाले पुरै मन्थली नगरपालिका परिवार स्तब्ध भएको समेत जनाएको छ।

काठमाडौं । काशियाना फाउन्डेसनको नेतृत्वमा वैश्विक महाधिवेशन आयोजना हुने भएको छ । आगामी १० नोभेम्बर २०२४ (२५ कार्तिक,आईतबार) काठमाडौस्थित होटल हायतमा लागुऔषध मुक्ति र अपाङ्गता विषयमा आधारित वैश्विक महाधिवेशन हुन लागेको हो ।
उक्त कार्यक्रमको दोस्रो चरणमा हुनेछ, जसमा ३० देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। जसमा विश्वलाई लागुऔषधमुक्त बनाउने र लागुऔषधसँग सम्बन्धित अपाङ्गताका बारेमा छलफल गरिनेछ। काशियाना फाउन्डेसनका संस्थापक सुमित सिंहले यस आयोजनाको उद्देश्य स्पष्ट पार्दै, D-30 को मुख्य लक्ष्य ती ३० देशहरूलाई एउटै मञ्चमा ल्याउनु हो, जुन लागुऔषध समस्याबाट गम्भीर रूपमा प्रभावितभएको बताएका छन् ।
यो सम्मेलन विश्व स्वास्थ्य संगठनद्वारा चयनित ती देशहरूमा केन्द्रित हुनेछ, जहाँ लागुऔषध एउटा ठूलो समस्या बनिसकेको छ। ‘यो सम्मेलन लागुऔषधमुक्त विश्वको दिशामा एक ठोस कदम हुनेछ, र यस पहललाई फ्रान्स, इङ्ग्ल्याण्ड, जापान, कोरिया, र अमेरिकाजस्ता ठूला देशहरूमा पनि गुञ्जायमान गराउने अवसर मिल्ने सुमितले बताए । D-30 मार्फत काशियाना फाउन्डेसन विश्वलाई लागुऔषधमुक्त बनाउन ठोस प्रयास गरिरहेको छ।
यो पहल ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः, सर्वे भवन्तु नशा मुक्तः’ भन्ने संकल्पलाई साकार पार्ने दिशामा एक महत्वपूर्ण कदम हो।नेपालमा आयोजनाको विशेष महत्व ‘यो महाधिवेशन नेपालमा आयोजना हुन लागेको छ, जो महात्मा बुद्धको जन्मस्थल हो। भगवान बुद्धका शिक्षाहरूमा पंचशील सिद्धान्तहरू उल्लेख गरिएको छ, जसमा लागुऔषध मुक्ति पनि समावेश छ। यही कारण नेपाललाई यस कार्यक्रमको आयोजन स्थलका रूपमा चयन गरिएको हो, ताकि भगवान बुद्धको भूमिबाट विश्वलाई लागुऔषधमुक्त बनाउने सन्देश दिन सकियोस्’ सुमितले भने ।
यो कार्यक्रमको पहिलो चरण दिल्लीमा आयोजना भएको थियो । D-30 को पहिलो चरण २०२३ मा दिल्लीस्थित होटल ललितमा सम्पन्न भएको थियो, जसमा ३० देशका प्रतिनिधिहरू सहभागी भएका थिए। यस सम्मेलनमा युवाहरू, डाक्टरहरू, र समाजसेवीहरूले विभिन्न सत्रहरूमा लागुऔषध मुक्ति प्रति आफ्नो चिन्ता र समाधानका विषयमा आ-आफ्ना विचारहरू राखेका थिए।
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए ।
प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
रामेछाप । मन्थली नगरपालिका ५ सुनारपानी भदौरे डाँडामा बोलेरो दुर्घटना हुँदा एकजना वडा सदस्यको ज्यान गएको छ । आज दिउँसो मन्थलीबाट सालु तर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका वडा नं ४ सालुकी अन्दाजी ६० वर्षीय दलित महिला सदस्य पदम माया नेपालीको मुत्यु भएकाे सालुका वडा अध्यक्ष राजन घिमिरेले जानकारी दिए ।
वडा अध्यक्ष घिमिरेका अनुसार मृतक नेपालीको शव अहिले मन्थली अस्पतालमा रहेको छ ।
त्यस्तै दुर्घटनामा गम्भीर घाइते अन्य दुई जनालाई काठमाडौँ पठाइएको छ । मन्थली अस्पतालको एम्बुलेन्स मार्फत दिलीप बरुवालर अर्का गम्भीर घाइते गुण कुमार मगरलाई काठमाडौँ पठाइएको छ।
अन्य तीन जना घाइतेको भने अवस्था सामान्य रहेकाले मन्थली अस्पतालमै उपचार भइरहेको छ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानले मुलुकको जीवनमा नयाँ आयामहरु थपेको बताएका छन् । संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले १०औं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उच्च कोटीको हुँदाहुँदै पनि संविधानमा भएको व्यवस्था बमोजिम नै संशोधनको कार्य अगाडि बढाउन लागिएको उनले बताए ।
संविधान संशोधनको विषय उठाउँदा कोही पनि आत्तिन, झस्किन र तर्सिन जरुरी नरहेको उनले बताए । संविधान निर्माणको बेलामाजस्तै व्यापक संवाद र अन्तरक्रिया गरेर संविधान संशोधन कार्य अगाडि बढाइने उनले बताए ।
‘संविधान संशोधन अथवा परिमार्जनको कुरा उठाउँदा यसमा आत्तिनुपर्ने, झस्किनुपर्ने, तर्सिनुपर्ने कुनै कुरा छैन । संविधान स्वयंले १० वर्षपछि समीक्षा गर है भनेको छ । हामीले धेरै संवैधानिक आयोगहरु बनाएका छौं । संवैधानिक आयोगका बारेमा १० वर्षपछि समीक्षा गर भनेर संविधान आफैंले भन्यो,’– उनले भने ।
विगत नौ वर्षको अभ्यासमा के–कस्ता सबल पक्ष देखिए रके–कस्ता जटिलता देखिए, त्यसको पहिचान गरी संविधान संशोधनलाई अगाडि बढाउन पर्ने उनले बताए । संविधान संशोधन एउटा पार्टीले कोठामा बसेर घोषणा गर्ने विषय नरहेको उनले बताए ।
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभएको छ ।
पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा आज आयोजित कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रममा मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) को नीति तथा सिद्धान्तअनुसार नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी नीतिगत रुपमा नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ, हामीले गरेको कामको परिणाम जनताले देख्नेछन् ।”
यसैगरी उहाँले पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफलसमेत गर्नुभएको थियो । जसपाका उपमहासचिवसमेत रहनुभएका मन्त्री यादवले जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेकोसमेत दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो पार्टीले नीतिगत रुपमै जनताको हितमा काम गरिरहेको छ, मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ ।”





