
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जानु गल्ती भएको बताएका छन् ।
कमलादिमा आजबाट सुरु भएको पहिलो राष्ट्रिय भेलाको उद्घाटनमा बोल्दै सभापति लामिछानेले सरकारमा जानु गल्ती रहेको बताएका हुन् ।
उनले सरकारमा जान हुँदैन थियो भन्ने कुरा आफूले अहिले आएर महसुस गरेको सुनाए ।
सभापति लामिछानेले दुई तिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान समेत गरे ।
उनले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्दै पार्टी नेता कार्यकर्तालाई पनि जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गरे ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जानु गल्ती भएको बताएका छन् ।
कमलादिमा आजबाट सुरु भएको पहिलो राष्ट्रिय भेलाको उद्घाटनमा बोल्दै सभापति लामिछानेले सरकारमा जानु गल्ती रहेको बताएका हुन् ।
उनले सरकारमा जान हुँदैन थियो भन्ने कुरा आफूले अहिले आएर महसुस गरेको सुनाए ।
सभापति लामिछानेले दुई तिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान समेत गरे ।
उनले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्दै पार्टी नेता कार्यकर्तालाई पनि जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गरे ।
काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई बुधबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ कांस्य पदक जितेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, वरिष्ठ उपाध्यक्ष खत्रीलगायतका पदाधिकारीले खेलाडीलाई बधाइ दिदै स्वागत गरे ।
महिला ७८ किलोमिटर दूरी प्रिया राईले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन् । रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय लगाइन् । महिलामा नेपालबाट ५ खेलाडीले सहभागिता जनाएकोमा छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङ फुर्वा शेर्पा २२ औं स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए ।
पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १० औं, लोकेन्द्र राईले १४ औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७ औं स्थानमा दौड टुंगाए । समूहमा भने नेपालको पुरुष÷महिला दुवै टिम पहिलो भएको वरिष्ठ उपाध्यक्ष खत्रीले जानकारी गराए ।
काठमाडौं । राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । आज महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो ।
अहिले पार्टीको पदाधिकारीहरु भने टुंगिएको छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिनेछ । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ ।
महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेताहरु छन् । सुमन समामी, बुद्धराज स्याङ्तान लगायतका नेताहरु पनि छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा पार्टी सञ्चालन गर्ने क्रममा साढे ५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको देखिएको छ । मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा पेस गरिएको आय–व्ययको विवरणमा एक वर्षमा पार्टीले ५ करोड ६४ लाख ८१ हजार ७२३ रुपैयाँ खर्च गरेको उल्लेख छ।
जसअनुसार आर्थिक वर्ष २०८०र०८१ मा कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ३९ हजार उल्लेख गरिएको छ । यस्तै पुँजीगत खर्च २ करोड ७५ लाख, निर्वाचन खर्च १४ लाख ९० हजार भन्दा बढी देखाइएको छ ।

खर्च विवरणअनुसार कार्यालय खर्च शीर्षकमा चिया तथा खाजामा नै झन्डै १७ लाख खर्च भएको छ । प्रतिवेदनमा चिया तथा खाजा शीर्षकमा १६ लाख ७८ हजार ३९६ रुपैयाँ खर्च भएको उल्लेख छ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सबै राजनीतिक दलहरूलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् ।
नेपाल पर्वतारोहण सङ्घले मङ्गलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरूले मिलेर काम गर्नुपर्ने बताएका हुन् ।
मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि काँग्रेस–एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरूले पनि यस्तो बेलामा सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले भने– ‘नेपाली काँग्रेस पार्टी र नेकपा (एमाले) एक ठाउँमा उभिनुको पछाडि यो स्वभाविकता र सहजता छैन । किन छैन भने दुई वटा पार्टी मूल प्रतिस्पर्धी पार्टीहरू हुन् । तर हामीले देशको जुन अप्ठ्यारो देख्यौँ । देशको जुन खालको जटिलता देख्यौँ । देशमा आएका समस्याहरूको उचाइ देख्यौँ । समस्याहरूको आकार देख्यौँ । हामी एक ठाउँमा उभिन तयार भयौ । एक ठाउँमा उभिएर हामी समाधान दिन चाहन्छौं । हामी सबै प्रकारको समाधान दिन चाहन्छौं । केवल दुई पार्टीको मनोमानी र सिन्डिकेट कायम गर्ने होइन । यसमा माओवादी जोडन चाहन्छौं, समाजवादी जोड्न चाहन्छौं । लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौं । त्यो दिशामा तत्काल क्षेत्रका व्यक्तिहरूले पनि यतिखेर प्रतिद्धन्दीताको समय होइन । यतिखेर एकले अर्कालाई खुट्टा तान्ने समय होइन । यतिखेर सहकार्य गर्ने समय हो । होष्टेमा हैँसे गर्ने समय हो । हामी सबै मिलेर पहिले देश बचाऔँ । देश बचाएपछि मात्रै हाम्रो राजनीति बच्छ । हाम्रो व्यवसाय बच्छ । सबै कुरा बच्छ । त्यसपछि हामीले बचाएको देशको मैदानमा, हामीले बचाएको देशको राजनीतिक मैदानमा हामी बल्ल प्रतिस्पर्धा गर्नसक्छौं । व्यावसायिक मैदानमा बल्ल प्रतिस्पर्धा गर्न सक्छौँ । यही कुरा म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु–काँग्रेस–एमाले मूल प्रतिस्पर्धी एक ठाउँमा आउनुको मर्म अब सबै वर्ग, क्षेत्रले बुझेर, त्यो कुरालाई अनुभूति गरेर हामीले एकताको बाटोबाट कम्तीमा २०८४ सम्म नेपाललाई एउटा गति दिने, नेपालले जुन खालको अप्ठ्यारा र जटिलता व्यहोर्नुपरेको छ । त्यसलाई चिरेर अगाडि बढ्ने, नेपाललाई एउटा स्थिर शासन पनि दिने, नेपाललाई एउटा स्थिर अर्थतन्त्र पनि प्रदान गर्ने गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा हामी अगाडि बढ्नेछौँ ।’
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रुसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरे्सको दुवोतर्फ प्रस्थान गरेकी छन् ।
त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने छन् ।
रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ ।
उनी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
नयाँ दिल्ली । दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ । आम आदमी पार्टी (आप)की नेतृ आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री हुनेछिन् । दिल्ली सरकारका मन्त्री गोपाल राईले सञ्चारमाध्यमलाई सो जानकारी दिएका हुन् । आतिशी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको गोपाल राईले भनेका थिए । भाजपाले आपलाई तोडेर सरकार ढाल्ने प्रयास गरेको थियो । तर हामीले उनीहरूको सबै प्रयासलाई विफल बनायौँ ।’ उनले भने ।
मंगलबार बिहान करिब ११ बजे बसेको व्यवस्थापिका–संसद्को बैठकले अतिशीको नाम अनुमोदन गरेको हो । अतिशीलाई सर्वसम्मतिले मुख्यमन्त्रीमा निर्वाचित गरिएको थियो । केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । अहिले उनले शिक्षालगायत महत्त्वपूर्ण विभागहरू सम्हालिरहेकी छिन् । मुख्यमन्त्री अरविन्द केजरीवालले आप कार्यकर्ताहरूलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेदेखि नै यो पद कसले लिने भन्ने चर्चा चलेको थियो ।
केजरीवालले अब दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउनेछन् । अरविन्द केजरीवाल १३ सेप्टेम्बरमा तिहाड जेलबाट रिहा भएका थिए । उनी मदिरा घोटलामा जेलमा थिए । त्यसपछि सेप्टेम्बर १५ मा पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । ‘जनताको फैसला नआएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन । म जनताको बीचमा जान्छ । फागुनमा चुनाव हुन्छ । आज म यस फोरमबाट नोभेम्बरमा महाराष्ट्रसँग चुनाव गराउनुपर्ने माग गर्दछु ।’ आफ्नो सम्बोधनमा केजरीवालले भनेका थिए । एजेन्सी
महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धुनबेसी नगरपालिका-६ बस्ने ३० वर्षीय संजिप खत्री र चितवन खैरेनी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले बा.प्र ०१-०२६ च १३३६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक संजिप र सहचालक किशोरलाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१७ मण्ठा पोखरीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४६ किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ४५ वर्षीय सुक्षिम राई र सोही उपमहानगरपालिका-११ बस्ने ४६ वर्षीय देवराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले बिराटनगरबाट आइसिपि तर्फ जाँदै गरेको को.२ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी स्कार्पीयो चालक सुक्षिम र स्कार्पीयोमा सवार देवराजलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको राजनीतिमा षड्यन्त्र नै षड्यन्त्र भएको बताएका छन् । मंगलबार सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले देशका नेताहरू बिहानदेखि बेलुका सम्म षड्यन्त्र गर्नमै समय कटाउने गरेकाले यो देशको समृद्धि हुन नसकेको बताए ।
आफूमाथि सहकारी प्रकरण उचालेर सिद्ध्याउन खोजे पनि त्यो असफल भएको भन्दै लामिछाने अव गोरखा मिडियातिरबाट आक्रमण हुनसक्ने बताए ।
‘यो हल, उपस्थिति र यो भव्यता हाम्रा लागि अर्को एउटा खतराको घण्टी हो । उनीहरूलाई लागेको थियो कि रास्वपा सकियो । तर रास्वपा त यस्तो भएर आएको छ अव यसको मूल्य हामीले तिर्नुपर्छ है साथी हो’, लामिछानेले भने, ‘म साथीहरूलाई भन्न चाहन्छु अव आरोप सहकारी ठगबाट गोरखा मिडियातिर सर्छ । ’
उनले सहकारीमा प्रमाण छ, प्रमाण छ भनेपनि प्रमाण नभएर प्रणाम छ भनेर भनेको रहेछ भनेर व्यङ्ग्य समेत गरे ।





