२०८३ बैशाख २१ सोमबार
२०८३ बैशाख २१ सोमबार

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक १० दिनका लागि स्थगित भएको छ ।

गत बुधबार सुरु भएको बैठक सोमबारसम्म बसेपछि ७ भदौमा पुनः बस्ने गरी स्थगित भएको हो । महासमिति बैठक र केन्द्रीय समितिमा आएका धारणाहरु प्रतिवेदनमा समावेश गर्नका लागि १० दिन बैठक स्थगित गर्नुपरेको एक नेताले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक प्रतिवेदन पेश गरेका थिए । महासमिति बैठकको सुझाव र बदलिएको राजनीतिक घटनाक्रम अनुसार तीन नेताले प्रतिवेदन संशोधन सहित पेश गरेका थिए ।

पाँच दिन बैठक बसेर ७ भदौसम्मका लागि सारिएको छ । संसद र संसदीय समिति बैठक परेकाले ७ भदौसम्मका लागि पार्टी बैठक स्थगित गरिएको केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए ।

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत ‘बिहे भको छैन’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, वर्षा शिवाकोटीको अभिनय रहेको छ ।

सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्दरचना छ भने संगीत दीपक शर्माले गरेका छन् ।

‘असोज २४ गते रिलिज हुने चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् ।

काठमाडौं । सर्वोच्च अदालतले जबरजस्ती करणीमा पीडितको बयानलाई मात्र प्रमाण मान्न नसकिने फैसला गरेको छ ।

अदालतले पीडितलाई पीडाजत्तिकै कसैलाई झुटो आरोप उत्तिकै अपमान र क्षति हुने हुँदा न्यायकर्ताले ‘सचेतपूर्वक सोच्नुपर्ने’ फैसला गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ०८० चैत ७ मा जबर्जस्ती करणीसम्बन्धी फैसला गरेको थियो । जसको पूर्ण पाठमा केही दिनअघि सार्वजनिक भएको हो ।

फैसलाका पूर्ण पाठमा भनिएको छ, “अन्य प्रमाणबाट समर्थित नभएको केवल पीडित भनिएकी महिलाको भनाइलाई मात्र निर्णायक प्रमाण मानी कसूर ठहर गरेमा प्रतिवादीको फौजदारी न्यायको हक सङ्कुचित हुनसक्ने खतरातर्फ न्यायकर्ताले विचार पु¥याउनुपर्ने हुन्छ ।”

नवलपरासीका परिवर्तित नाम ०७५–एलको जाहेरीमा अभिमन्यु अहिरविरुद्धको मुद्दाको फैसलामा ‘पीडितको बयानलाई मात्र आधार मान्दा न्यायमा कहाली लाग्दो अवस्था हुने’ उल्लेख छ ।

सँगै अदालतले भनेको छ, ‘‘तर, मानवीय मर्यादा सबैका लागि समान हुन्छ । अभियुक्तको मर्यादालाई विचार नगरी पीडित भनिएका व्यक्तिको बयानलाई मात्र आधार मान्दा त्यसले न्यायमा कहालीलाग्दो अवस्था ल्याउने छ ।’’

https://www.khabarpetika.com/2024/08/12/6759/
https://www.khabarpetika.com/2024/08/12/6745/

काठमाडौं: अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ७३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७३ जनाको मृत्यु भएको हो । 

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्‍चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २३ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४८ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ७५ वटा घर, १ सय ४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय १२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ३ सय २२ घर परिवार विस्थापित भएका छन् ।

https://www.khabarpetika.com/2024/08/12/6717/?fbclid=IwY2xjawEm079leHRuA2FlbQIxMQABHUavhn96CzmPEPOWPbbDxIwgVe8_z2fKTg2ale7Zv3VbY9hr8TxtYfD2QA_aem_Erh3ZKBkkd7jR9ZL3o7RhQ

काठमाडौं : ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ बस्ने संखुवासभा खादवारी नगरपालिका-५ भोटेबास घर भएका २५ वर्षीय मिङमा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा रहेका छन् । 

काठमाडौं महानगरपालिका-२५ उग्रतारा मन्दिर अगाडि रूकुम पूर्व सिस्ने गाउँपालिका-५ ठेगाना भएका २४ वर्षीय पुरूषलाई शुक्रबार राति खुकुरी प्रहार गरी घाइते बनाई वारदात पश्‍चात फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

काठमाडौँ । १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि देखि सुरु हुने भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन रहेको शङ्कर हलमा १२ः १५ मा सुरु हुने संसद् सचिवालयले जनाएको छ।

सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

बैठकले प्रस्तावित राजदूतमाथि उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ। सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी थिइन्।

त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शङ्कर शर्माको पनि पुनः सुनुवाइ हुने भएको छ। प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो। त्यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस भएका छन् ।

झापा । दमक नगरपालिका-५ बानेश्वर हाईटस्थित सडकबाट मेड इन इटाली लेखिएको पेस्तोल १ थान र म्याग्जिन २ थान सहित सोही नगरपालिका-८ बस्ने ३६ वर्षीय संजिव गजमेरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले को.३८ प ५६४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी चालक गजमेरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । निकै लामो समयपछि सेयर बजार परिसूचक नेप्से २९ सय अंकमा उक्लिएको छ । सोमबार दिउँसो साढे १ बजेसम्म नेप्से सूचक ४६.३६ अंकले बढ्दै २९०७.२१ विन्दुमा उक्लिएको हो । यो कोभिड–१९ पछिकै उच्च विन्दु हो ।

सन् २०२० मा विश्वमा कोभिड–१९ को महामारी चल्दैगर्दा नेपाल समेत प्रभावित थियो । महामारीबाट बच्न करिब १२० दिन लकडाउन गरिएको थियो । उक्त समयमा अन्य व्यापार व्यवसायको क्षेत्र प्रायः ठप्प रहँदा सेयर बजारमा भने राम्रो कारोबार भएको थियो ।

जतिबेला नेप्से सूचक ‘अल टाइम हाई झण्डै ३२ सयको अंकमा पुगेको थियो । त्यसयता निरन्तर ओरालो लागेर १८ सयको बिन्दुमा झरिसकेको नेप्से सूचकले पुनः उकालो यात्रा समातेको छ । सोमबारको कारोबार दिनमा नेप्से सूचकको २९ सय बिन्दुको यात्राले थप बढ्ने निश्चित गरेको छ ।

उसो त अघिल्लो दिन ९४ अंकले नेप्से बढ्दै गर्दा हालसम्मकै उच्च २५ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज पनि करिब २ घण्टाको समयमा १७ अर्ब ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भइसकेको छ ।

काठमाडौँ । आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ सिरिजको तयारीका लागि नेपाली टोली भारत गएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीले बैंगलोरस्थित प्रतिष्ठित नेशनल क्रिकेट एकेडेमी (एनसीए) मा दुई हप्ता प्रशिक्षण गर्नेछ । आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजमा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली टोली यसअघि आयोजित एसीसी मेन्स प्रिमियर कपको तयारीका लागि भारतको गुजरात गएको थियो ।

गुजरातस्थित वापीमा प्रशिक्षण गरेको नेपाली टोलीले गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएशनसँग एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगिता पनि खेलेको थियो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोली मंगलबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको हो ।

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयकमाथि छलफल हुने छ ।

यस्तै प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू सम्बन्धी र कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे छलफल हुने बताइएको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।