२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

काठमाडौँ । जाजरकोट भूकम्पको आज नाै महिना पूरा भएको छ । गएको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्र बनाई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहित आसपासका जिल्लामा क्षति गरेको थियो । भूकम्पलगत्तै उद्धार र राहतका काम र त्यसपछि अहिलेसम्म तीन तहका सरकार तथा विभिन्न सङ्घ–संस्थाको प्रयासमा अस्थायी आवास निर्माणको काम भएको छ । पुनर्निर्माणमा ढिलाइ भइरहेको भूकम्प पीडितको गुनासो छ । जेनतेन नागरिकलाई अस्थायी आवासभित्र पठाउन सकिए पनि टहराभित्रको अप्ठेरो यथावत् छ ।

लामो समयदेखि टहराभित्रको बसाइ ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरीका लागि पीडादायी छ । मुख्यगरी प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा पुनर्निर्माण र पुनर्स्थापनाको काममा ढिलासुस्ती भएको छ ।

काठमाडौं । नेकपा एमालेले सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकेको छ। आज बसेको सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो।

उनले संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई संम्बोधन गर्न विभागले काम गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘संसदीय क्षेत्रमा रहेका कमरेडहरूको क्षमता अभिवृद्धि तथा संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई सम्बोधन गर्न विभागले गर्ने कामका बारेमा यहाँहरुको सुझाव तथा सल्लाहका लागि हार्दिक अनुरोध गर्दछु ।’

उनी यसअघि मधेश प्रदेशका इन्चार्ज थिए।

काठमाडौं– भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भीषण बाढी पहिरोमा ५० जना बेपत्ता भएका छन् ।

भारतीय मिडियाहरूका अनुसार दुई ठाउँमा बादल फुटेपछि (क्लाउड ब्रस्ट) ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ।

मध्यरातमा बर्षासहित बादल फाटेपछि ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । अहिले सडक सञ्जाल ठप्प रहेको र बेपत्ताको सङ्ख्या समेत यकिन नभएको स्थानीय प्रशासनलाई उदृत गर्दै मिडिया रिपोर्टमा बताइएको छ ।

अहिले भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक भत्किएकाले राहत र उद्धारमा पुग्न नै कठिन भएको उल्लेख गरिएको छ ।

काठमाडौँ । नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। 

बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । 

त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बैठकले नेता  मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई  स्थायी कमिटी सदस्य नियुक्त गरेको हो ।


सियोल । सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका हुन् ।

युनियनले जुलाईमा पनि तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै हडताल गरेका थिए । उक्त समूहले सोही आन्दोलनलाई स्वरूप बदलेर ‘अनिश्चितकालका लागि’ विस्तार गरेको थियो ।

आन्दोलित कामदारहरूले यस हप्ताको सुरुमा उत्पादन मेसिन अवरुद्ध गरेपनि दोस्रो त्रैमासिकमा नाफामा भएकाले सेमिकन्डक्टर प्रशोधनमा ढिलाइ भए पनि प्रभाव तत्काल नहुने सनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का उपाध्यक्ष ली ह्युन–कुकले बताए ।

युनियनले बुधबार व्यवस्थापनसँग अन्तिम वार्ता गरेको तर सहमतिमा पुग्न नसकेपछि आन्दोलनको घोषणा गरेको थियो ।

सामसुङ इलेकट्रोनिक्सको हडतालका लागि ली जे योङ जिम्मेवार हुनुपर्छ भन्ने पोस्टर बोकेका युनियनका अधिकारीहरू बिहीबार सामसुङका अध्यक्ष ली जे योङको घर बाहिर भेला भई प्रदर्शन गरेका थिए ।

युनियनले कम्पनीले हडतालमा सहभागीको ‘कालोसूची’ सिर्जना गर्नेसहित अवैध माध्यमबाट हडताल तोड्न खोजिरहेको युनियनका प्रमुख सोन वु मोकले बताए ।

यसैबिच सामसुङले बुधबार श्रमिक युनियन हडताल चाँडै समाप्त भएको सुनिश्चित गर्न सञ्चार र छलफल गरिरहेको र ग्राहकको प्रतिक्रिया दिन कुनै समस्या नभएको जनाएको छ ।

आन्दोलनरत नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनमा कम्पनीको एक चौथाइ अर्थात् करिब ३६ हजार सदस्य रहेका दाबी गरिएको छ । कम्पनीमा श्रम सङ्गठन गर्न वर्जित गरिएको छ ।

दुई वर्षअघि युनियनले लीको निवास अगाडि प्रदर्शन गरी तीन वटा थप बिदाहरू थप्न सफल भएको थियो ।

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । निकै उतार चढाबकाबिच बजारमा सामान्य गिरावट आएको छ । बिहीबार इन्ट्रा डे कारोबारमा २८०५.३५ बिन्दु पुगेको बजार घटेर २८ सय बिन्दु भन्दा तल झरेको छ । बजार ५.२९ अंकले घटेर परिसूचक २७५५.६२ बिन्दु कायम भएको छ ।

३३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँको सेयर किनबेच भएको छ । ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको घटेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ । बैंकिङ २२.०८, विकास बैंक ४३.२८, जलविद्युत ६४.१८, उत्पादन तथा प्रशोधन ८३.४६, माइक्रोफाइनान्स ४४.९६, ट्रेडिङ समूहको १३३.९३, अन्य समूहको उपसूचक ४.६७ अंकले घटेको छ ।

कारोबारमा वित्त ६२.११, होटल २६.०२, जीवन बिमा ४७४.७२, निर्जीबन बिमा समूहको उपसूचक २३१.५० अंकले बढेको छ । कारोबारमा ५ कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक अहिले काठमाडौंको हनुमानथानस्थित होटल बसेरामा जारी छ । मध्यान्ह साडे १२ बजेदेखि जारी बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षा गर्दैछ ।

यसका साथै केन्द्रीय नेताहरूको कार्य विभाजनबारे पनि यो बैठकले निर्णय गर्ने तयारी छ । गत असार २६ गते बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार मापदण्ड बनाएर नयाँ कार्य विभाजन गर्न बैठक बसेको हो ।

यसअघि केन्द्रीय नेताहरूको अन्तरजिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो । एक वर्षपछि अब नेताहरूलाई आफ्नै भूगोलमा खटाउने तयारी एमालेको छ ।

एमालेको बैठक यसअघि केन्द्रीय कार्यालय च्यासलमा बस्ने तयारी थियो । तर मंगलबार राति मनोहरा खोलामा आएको बाढी पसेर कार्यालय डुबानमा परेको छ ।

उता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवासमा पार्टीको बैठक राख्न उचित नठानेको बताएपछि सचिवालयका लागि बसेरा रोजिएको हो ।

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ४९ हजार चार सय निर्धारण भएको छ ।

आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य तोलामा रु. २० ले बढेको छ । बुधबार प्रतितोला रु. एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय निर्धारण भएको छ ।

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ। दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो।

अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो। बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए।

अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो। उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताए।

उनका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो।

‘खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो। रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए/नभएको पत्ता गराउन गरिने परीक्षण) गरेर क्यान्सर यकिन गरिएको थियो। सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो,’ उनले भने।

बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ। सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ् र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ।

अस्पतालले उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियाे। समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिए।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईजनालाई निलम्बन र २३ जनालाई स्पष्टिकरण सोधिएको बताए। यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

पौडेलले भने, ‘काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौं। आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमनका गर्ने व्यवस्था मिलाउने छौं।’

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको बताएको छ । 

सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि पञ्जीकरण विभागले  राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई  ४ बुँदे निर्देशनसमेत जारी गरेको छ । 

यस्ता छन् निर्देशन :
१, राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्नेछ । फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन

२, राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सकल वा छायाप्रतिमा सम्बन्धित व्यक्तिले सकल बमोजिम नकल ठिक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडी बढाउने।

३, व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा सीआइएमएस नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ता को व्यवस्था मिलाउने।

४, त्यहाँ कार्यालयमा अन्य जिल्लाका नागरिकहरूले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउने ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।