
काठमाडौँ । गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्दार गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँमा १० पुरुष, ६ महिला र दुई बालबालिका गरी १८ जना तथा ललितपुरका १३ पुरुष आठ महिला र तीन बालबालिका गरी २४ जनाको उद्दार गरिएको छ । यस्तै, भक्तपुरमा १३ पुरुष, ११ महिला र चार बालबालिकागरी २८ जनाको उद्दार भएको मैनालीले जानकारी दिए।
उनका अनुसार काठमाडौँमा बाढीले बगाएर एक जनाको ज्यान गएको छ । काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा बिहान शव फेला परेको हो । प्रहरीले उपत्यकाका तीनवटै जिल्लाबाट सात सयभन्दा बढी पशुचौपाय तथा कुखुराको पनि उद्दार गरिएको छ । गएरातिको भारी वर्षा पनि उपत्यका भएर बग्ने सबै खोला तथा नदीमा बहाब बढ्दा नदी किनारका धेरै क्षेत्र डुबानमा परेको थियो ।
काठमाडौँ । हिरामण्डीको बलिवुड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् ।
साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुने भएकी छन् । ट्रुडर्मा ब्राण्डका निर्देशक शुसान्त मुरारकाले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए । शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन् ।
उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ । नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए । उनका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट ‘ट्रु स्किन’को लन्चमा सहभागी हुने छिन् । ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे ।
प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ । ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको मुरारकाले बताए । ‘यो नयाँ उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै स्वस्थ र सुन्दर त्वचाको चाहनालाई पुरा गर्ने विश्वास छ,’ उनले भने ।
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेका मन्त्रीहरूलाई स्टन्ट गर्न आवश्यक नरहेको बताएकी छन् ।
बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले सरकारमा दुई पुराना दल रहेको र आफूहरूले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको बताइन् ।
“हामीले काम गर्न सक्छौँ । हामीले देशका लागि केही गर्न सक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन । किनभने हामीले गरेर देखाइसकेका छौँ । हामीभन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो । हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन,” उनले भनिन् ।
काठमाडौं । धितोपत्र दोस्रो बजारमा हालसम्मकै उच्च मूल्यको कारोबार भएको छ । आज २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो ।
नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।
काठमाडौं :- गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन तथा ओसारपसार अन्तर्राष्ट्रिय अपराधको रूपमा फैलिएको र यसको दुष्प्रभाव निश्चित देश समाजमा मात्र सीमित नभएको हुँदा यस विरूद्ध शून्य सहनशीलता अपनाई निर्मम भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको आयोजना तथा अनाहत नेपाल, UNODC र Society for Integrated aligned Nepal को सहकार्यमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा मानव बेचबिखन ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो ।
गृहमन्त्री रमेश लेखकले सीमित स्रोत साधनको वावजूद पनि मानव बेचबिखन अनुसन्धान ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको लडाइँमा प्रहरी मात्र नभएर सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय तह, शिक्षक, संचारकर्मी लगायतको सहकार्य जरूरी रहेको उहाँले बताउनुभयो । चेतनाको कमीले यस्ता अपराध बढ्ने हुँदा सरोकारवाला निकायहरूले आपसी समन्वय गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले वर्तमान अवस्थामा मानव बेचबिखन तथा ओसारपसार चुनौतिपूर्ण रहेको उल्लेख गर्दै यसको न्यूनीकरण एवम् रोकथामको लागि सबै सरोकारवाला निकायहरू सचेत भएर आपसी सहयोग एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण एवम् रोकथामको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको प्रयासको प्रशंसा गर्दै ब्यूरोको लक्ष्य प्रति गृहमन्त्रालय सदैव सहयोग र समन्वय गर्न प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
गृह सचिव अर्यालले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण एवम् रोकथामको लागि ब्यूरोले संचालन गरेको विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा अपराधमा फस्न सक्ने तथा अपराधबाट पीडित हुन सक्ने क्षेत्र एवम् समुदाय नजिक पुगेर अझ प्रभावकारी रूपमा संचालन गर्नुपर्ने उल्लेख गर्नुभयो । साथै संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याई पीडितलाई अनुभूति हुने गरी न्याय सम्पादन गर्न ब्यूरो अझ सक्रिय भई कार्य गर्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी सीमित साधन स्रोतका वावजूद पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण एवम् रोकथामको लागि सदैव क्रियाशील रहेको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी चुनौतिको रूपमा देखिएको उल्लेख गर्दै यसको नियन्त्रण, न्यूनीकरण र रोकथामको लागि सम्पूर्ण सरोकारवाला निकाय, विभिन्न संघसंस्था लगायतको संयुक्त समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नायव महान्यायाधिवक्ता डा. टेक बहादुर घिमिरे, ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य, UNODC का क्षेत्रीय प्रतिनिधि Marco Teixeria, अनाहत नेपालका अध्यक्ष अशोक कुमार खाँड, Society for Integrated aligned Nepal का अध्यक्ष डिल्ली गिरीले कार्यक्रमको महत्व बारे आ-आफ्नो धारणा सहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्रले मानव बेचबिखन अनुसन्धान ब्यूरोको गतिविधि सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्ध चेतनामूलक नृत्य, कविता वाचन एवम् श्रब्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, काठमाडौं/ललितपुर/ भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू, संचारकर्मीहरू, शिक्षक, विद्यार्थीहरू लगायत अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।
रूकुम पश्चिम : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।
उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका-३ बस्ने ३२ वर्षीय मनोज कटुवाल र ३२ वर्षीय अम्बिर यक्सो लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९८ प ४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-१ सालमाराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१२ बस्ने २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
एजेन्सी
शारीरिक सम्बन्ध हुनु संसारमा मानव जातिको अस्तित्वका लागि अनिवार्य छ । हुनत प्रजनन क्रिया मानिसका लागि मात्र नभएर सबै जीवात्माको वंश रक्षाको लागि अत्यावश्यक कुरा हो । तर, जब मानिसले आफ्नो जिवनशैली परिवर्तन गरिरहेको छ उसले आफ्नो आवश्यकताका सबै आवश्यक चिजका लागि कुनै न कुनै मेसिन वा प्रविधिको आविष्कार गर्ने गरेको छ ।
यस्तोमा प्रश्न यो उठ्छ कि के मानवीय सम्बन्धको यो बनावटमा समेत भविष्यमा प्रविधिले कब्जा जमाउला रु के ह्युमनाइड रोबोटले मानिससँग रोमान्टिक सम्बन्ध, मानवीय भावना वा पतिपत्नीको भूमिका समेत निभाउन सक्ला ?
संसारमा बदलिंदैछ सम्बन्धको तरिका
द मिररमा प्रकाशित रिपोर्टमा केही अध्ययनका निष्कर्षलाई उद्धृत गर्दै यस विषयमा विश्लेषण गरिएको छ । अध्ययन अनुसार आगामी ३० वर्षमा विश्वमा मानव बीचको सम्बन्धमा विभिन्न परिवर्तन आउनेछन् ।
रोबोट अर्थात् यन्त्र मानव आफ्नो कार्य, व्यक्तित्व तथा बनावटमा मानिससँग यतिधेरै दुरुस्तै बन्ने छ कि मानिसहरुले रोबोटलाई प्रेम गर्न थाल्नेछन् । साथै रोबोटसँग आत्मिक तथा शारीरिक सम्बन्ध राख्न पनि मानिसहरु हिच्किचाउने छैनन् ।
के रोबोटले पति पत्नीको भूमिका निभाउला ?
एटलान्टाको जर्जिया इन्स्टिच्यूट अफ टेक्नोलोजीका रोबोट वैज्ञानिक रोनाल्ड आर्किनका अनुसार सन् २०५० सम्ममा मानव र रोबोटबीचको सम्बन्ध पूर्ण रुपमा सामान्य हुनेछ। रोबोटहरु हाम्रा सहकर्मी बन्नेछन् र सायद महिला तथा पुरुष रोबोटसँग विवाहको पनि सुरुवात हुनेछ ।
यदि ह्युमनाइड एआई रोबोटले कृषि, उद्योग, पशुपालन, निर्माण, होटल तथा रेष्टुरेन्टमा खाना बनाउने र पस्किने, घरेलु कामकाज, बालबच्चाको हेरचाह र मनोरञ्जन जस्ता काम गर्न सक्छ भने के भविष्यमा उसले पति वा पत्नीको भूमिका पनि निभाउन सक्छ ?
यद्यपि समाजशास्त्रीहरु रोबोटको मानवीय सम्बन्धमा प्रवेश गर्ने भविष्यवाणीसँग सहमत छैनन् । उनीहरुका अनुसार मानिस कहिल्यैपनि मानवीय हुन सक्दैन ।
मानवीय सम्बन्धको आधार नै आत्मीयता हो । त्यसपछि नै मानवीय सम्बन्धको महल खडा हुन सक्दछ । परिवारमा पति पत्नी, बालबच्चासँग जुन आत्मीयता हुन्छ त्यो रोबोटमा कहाँबाट आउँछ ? साथै निकट भविष्यमा आम मानिसमा रहेको मानवीय तथा आत्मीय भावना र गुण हराइहाल्छ भनेर कल्पना पनि त गर्न सकिँदैन । जो अविवाहित छन् रोबोटले उनीहरुको जिवनलाई भलै केही सहज त बनाइदेला अनि रोबोटले शारीरिक सुख पनि प्रदान गर्न सक्ला । तर, रोबोटले पारिवारिक सुख सायदै दिन सक्छ।
गाजा । हमासले आफ्ना नेता इस्माइल हानियाको हत्याको बदला लिने बताएको छ । उक्त समूहका नेता मौउसा अबु मार्जोकले इजरायलबाट इरानमा गरिएको सो हत्या कायरतापूर्ण भएको र त्यसबापत सजाय दिइने हमास नियन्त्रित अल अक्सा टेलिभिजनले जनाएको छ ।
हमासले गएको अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा एक हजार २०० मानिस मारिएका थिए । त्यसको बदलामा इजरायलले गाजा क्षेत्रमा जारी राखेको आक्रमणका क्रममा अहिलेसम्म करिब ३९ हजार मानिसको मृत्यु भएको जनाइएको छ ।
गएको अप्रिलमा इजरायलले गरेको आक्रमणका क्रममा इस्माइल हानियाका तीन छोरा र चार नातिनातिना पनि मारिएका थिए ।
इस्माइल गएको मंगलबार इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियनको पदभार ग्रहण समारोहमा पछिल्लो पटक सार्वजनिक रुपमा देखिएका थिए । उनले उक्त अवसरमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनेइलाई समेत भेटेका थिए । बीबीसी
काठमाडौँ । आज कोशी, कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।
काठमाडौँ उपत्यकाको बाग्मती नदी र यसका सहायक नदीहरुको बहाव अधिकांसमा सतर्कता तह आसपास र केहीमा खतरा तह आसपास रहेको छ ।
आज काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँची, स्याङजा, गुल्मी, कपिलवस्तु, दैलेख, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स(साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
साथै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, नुवाकोट, मकवानपुर, सिन्धुली, चितवन, कास्की, पर्वत, दाङ, बाँके, बर्दिया, अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश स(साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।







