
काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार हुने भएको छ ।
सभामुख देवराज घिमिरेले समितिको सभापतिको मनोनयन सोमबार हुने र निर्वाचन मंगलबार हुने गरी तोकेका हुन् ।
यस अघि समितिको सभापति रहेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सभापति पद खालि रहेको थियो

काठमाडौँ । बचतकर्ताको रकम फिर्ता गराउने सहमति सरकारले कार्यान्वयन नगरेपछि सहकारीपीडित फेरि सडक आन्दोलन गर्ने भएका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको अगुवाइमा सहकारीपीडितले काठमाडौंमा सडक आन्दोलन शुरू गर्ने जनाएका छन्। साउन १७ गते मुखमा पट्टी बाँधेर सडक आन्दोलनको शुरूआत गर्न लागिएको अभियानका अध्यक्ष कुशलभ केसीले बताए ।
सरकारले पटक पटक बचतकर्तासँग गरेको सहमति कार्यान्वयन गरेपछि मुखमा पट्टी लगाई मानव साङ्गलो बनाएर विरोध गरिने उनले बताए। “बारम्बार बोलेर बचत फिर्ताको माग गर्दा सरकारले नसुनेपछि मुखमै कालो पट्टी लगाएर विरोध गर्न लागेका हौं,” अध्यक्ष केसीले भने।
सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउने पर्ने माग गर्दै बचतकर्ता १५ महीनादेखि आन्दोलनमा छन्। पछिल्लो पटक काठमाडौंको शान्तिवाटिकामा धर्नामा बस्दै आएको ६७ दिन नाघेको छ। यतिका दिनसम्म सरकारले वास्ता नगरेपछि सडकमै आउन बाध्य भएको उनीहरूको भनाइ छ।
अहिले देशभरका ३५७ सहकारी संस्थामा समस्या देखिएको छ। जसमा १४ लाखभन्दा बढी बचतकर्ताको रकम रहेको अध्यक्ष केसीले बताए ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ सालको निर्वाचन एक्लै लड्ने बताएका छन् । आइतबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चुनाव जित्ने योजनाका साथ पदाधिकारी बैठकमा छलफल भइरहको बताए ।
“पार्टीको पदाधिकारी बैठक चलिरहेको छ, बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्त्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ, यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ,” उनले भने ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका १५ स्वयम्भू स्तुपाबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको गल्छि गाउँपालिका ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङलाई बागमती प्रदेश-०२-०३३ प २७८९ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत साउन ७ गते सोमबार काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ सानो मन्दिरका राज कुमार लोले घर अगाडि पार्किङ गरिराखेको बागमती प्रदेश-०२-०३० प ०५९९ नम्बरको मोटरसाइकल चोरी भएको भनि दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा तामाङलाई उक्त मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै सोही ठाउँबाटै गल्छि गाउँपालिका ५ सागिनेका २० वर्षीय सरोज तामाङलाई पनि बागमती प्रदेश प्रदेश-०२-०३७ प ८८ ५१ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । वास्तविक नम्बर बागमती प्रदेश प्रदेश-०२-०४२ प २९६४ रहेको उक्त मोटरसाइकल ठमेल सात घुम्तिको एक होटलको पार्किङबाट हराएको भनि लमजुङको सुन्दरबजार नगरपालिका १० का सुदिप अधिकारीले२०८० कार्तिक २६ गते खोजतलासका लागि निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका उनिहरूलाई आज थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारबीच समन्वयको आवश्यक रहेको छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले देशैभर अत्यधिक संख्यामा कैदीबन्दी रहेको बताए ।
उनले यसका लागि भौतिक संरचनामा सुधार गर्न आवश्यक भएको भन्दै बालगृहमा पनि ठाउँको अभाव रहेको बताए ।
गृहमन्त्री लेखकले सरकारसँग आठ जिल्लामा ९ वटा बालसुधार गृह रहेको भन्दै यसको सुधार गर्नुपर्नेमा जोड दिए । कैदीबन्दीको खाना र दैनिक खर्च कम भएको विषयमा सरकारको ध्यान गम्भीरतापूर्वक जाने गृहमन्त्री लेखकले बताए ।
उनले कैदीबन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाइका समस्या सम्बोधन गर्न सरकारले ध्यान दिने पनि जानकारी दिए । कैदीबन्दीको सीप विकास र आय आर्जनको कुरामा पनि सरकार गम्भीर रहेको गृहमन्त्री लेखकको भनाइ थियो ।
“कारागारलाई सीप विकास केन्द्रका रूपमा विकास जरुरी छ । केही न केही उद्यम गरेर आयआर्जन पनि हुने र मानिस व्यस्त हुने अवस्था हुन्छ । कैदीबन्दीलाई मनोपरामर्श कार्यक्रम पनि जरुरी हुन्छ,” उनले भने ।
काठमाडौं । नेपाल पौडी संघले आयोजना गरेको जीवन रक्षक तालिम आजबाट शुरु भएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव अन्जन धमलाले तालिमको औपचारिक उद्घाटन गरेका हुन् ।

तालिमको उद्घाटन गर्दै निमित्त सदस्य सचिव धमलाले तालिमले दक्ष जीवन रक्षकको उत्पादन संगै पौडी पोखरीहरुमा हुने दुर्घटनाबाट मानवीय क्षतिमा न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।
अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी सातदोबाटो ललितपुरमा संचालन भइरहेको उक्त तालिम मा ४ महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी रहेको संघको सचिव गंगालाल गोलेले जानकारी दिए ।
संघले निरन्तर २०० मिटर पौडी खेल्न सक्ने प्रशिक्षार्थीलाई मात्र प्रशिक्षण गराउन गरिएको कौशल परीक्षणमा तीन जना सहभागीहरु सफल हुन सकेनन् ।
उद्घाटन कार्यक्रममा संघका अध्यक्ष जगतमान श्रेष्ठले तालिमको महत्व र आवश्यकता बारेमा प्रशिक्षार्थीहरुलाई अवगत गरेका थिए । तालिम श्रावण १९ गते सम्म संचालन हुने संघले जनाएको छ ।
काठमाडौं– चोरी गरी भाग्दै गरेको अवस्थामा नुवाकोट विदुर नगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रूपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ मा विश्वासको मत लिने भएका छन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले १५ गते विश्वासको मत लिने भएका हुन् ।
एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री लामाले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराइसकेको जानकारी दिए ।
उनको पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
साउन १२ मा एक विना विभागीय मन्त्री सहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ ।
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।
त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।
एउटा समय यस्तो थियो जब भारतमा ठुलो संख्यामा गिद्ध पाइन्थे ।
गाईवस्तुको सिनोको खोजीमा फोहोर थुपारिएका विशाल ठाउँहरूमा गिद्ध झुम्मिइरहेका हुन्थे । कुनैबेला विमानस्थलबाट उडान भर्ने क्रममा जहाजसँग ठोक्किएर वा जेट इन्जिनमा छिरेर पाइलटका लागि खतरा पैदा गर्दथे ।
तर, जब बिरामी गाईवस्तुका लागि प्रयोग गरिने केही औषधिहरूका कारण दुई दशक भन्दा केही अघिदेखि भारतमा ठुलो संख्यामा पाइने ती गिद्ध मर्न थाले ।
सन् १९९० को दशकको मध्यतिर आइपुग्दा ५ करोडको संख्यामा रहेका गिद्धको संख्या डाइक्लोफेनाक नामको औषधिका कारण करिब शून्यमा आयो । डाइक्लोफेनाक गाईवस्तुमा प्रयोग गरिने स्टेरोइड मुक्त दुखाइ कम गर्ने औषधि हो । यो गिद्धका लागि घातक रहेको छ ।
जब कुनै पंक्षीले यो औषधीको प्रयोग गरिएका पशुहरूको सिनो खान्छन्, ती पंक्षीहरुको मिर्गौला फेल हुन्छ र मर्छन् ।
State of India’s Birds को नयाँ रिपोर्ट अनुसार सन् २००६ मा पशुहरुको उपचारमा प्रयोग हुने डाइक्लोफेनाक औषधिमाथि भारतमा प्रतिबन्ध लगाइएसँगै केही क्षेत्रहरुमा गिद्धको मृत्युमा गिरावट आएको छ । तर, कम्तीमा ३ वटा प्रजातीहरू यस्ता थियो जोमाथि यो औषधिको दीर्घकालीन असर पर्यो र ९१ देखि ९८ प्रतिशतसम्मको क्षति बेहोर्नु पर्यो ।
अमेरिकन इकोनोमिक एसोसिएसन जर्नलमा प्रकाशित अध्ययनमा भनिएको छ : ती गिद्धको मृत्युका कारणले घातक ब्याक्टेरिया तथा संक्रमण फैलियो । जसका कारण ५ वर्षमा करीब ५ लाख मानिसको मृत्यु भयो ।
५ लाख मानिसको मृत्यु कसरी भयो ?
अध्ययनका एकजना लेखक तथा शिकागो विश्वविद्यालयस्थित ह्यारिस स्कुल अफ पब्लिक पोलिसीका सहायक प्राध्यापक इयाल फ्रेंक भन्छन् – गिद्धले प्रकृतिलाई स्वच्छ राख्न र हाम्रो पर्यावरणबाट जिवाणु तथा रोगबाट मरेका जनावरहरु हटाउनमा महत्वपूर्ण भूमिका निभाउँछन् । गिद्धको अभावमा रोग फैलिन सक्दछ ।
मानिसको स्वास्थ्यमा गिद्धको भूमिकाले वन्यजन्तुको संरक्षणको महत्वलाई दर्शाउँछ।
पर्यावरणमा सबै जिवहरुको आ आफ्नै काम हुन्छ, जसले हाम्रो जीवनलाई प्रभावित गर्दछन् ।
फ्रेंक र उनका सहकर्मी शोधकर्ता अनन्त सुदर्शनले गिद्धको संख्यामा गिरावट हुनुभन्दा अघि र पछि ऐतिहासिक रुपबाट गिद्धको संख्या कम भएका भारतीय जिल्लाहरू तथा गिद्धको संख्या धेरै भएका जिल्लाहरुमा मानवीय मृत्युको दरको तुलना गरे ।
उनीहरूले रेबिन खोपको बिक्री, जंगली कुकुरको संख्या तथा पानी आपूर्तिमा रोग फैलाउने कारकहरुको स्तरको अध्ययन गरे ।
त्यसक्रममा सुन्निएको उपचारमा प्रयोग हुने औषधिको बिक्री बढ्दा र गिद्धको संख्या घटेपछि ती जिल्लाहरु (जहाँ कुनै समय गिद्धको संख्या उच्च थियो) मा मानव मृत्युको दरमा ४ प्रतिशतभन्दा धेरैको वृद्धि देखियो ।
शोधकर्ताहरुका अनुसार पशुहरुको सिनो यत्रतत्र फ्याँकिने गाईवस्तुको संख्या बढी भएका सहरहरुमा यसको प्रभाव सबैभन्दा धेरै पाइएको थियो ।
शोधकर्ताहरुका अनुसार सन् २००० देखि २००५ सम्ममा गिद्धको संख्या घटेका कारणले हरेक वर्ष करिब एक लाखभन्दा धेरै मानिसको मृत्यु भयो । अकाल मृत्युका कारण भारतले हरेक वर्ष ६९ अर्ब डलरको क्षति ब्यहोर्नु पर्यो ।
कुनै प्रजाती नासिँदा मानिसमा के असर पर्छ ?
उल्लेखित मृत्युहरु यस्ता रोग तथा जिवाणुहरू फैलिएका कारण भएन, जसलाई आम रुपले गिद्धले पर्यावरणबाट टाढा राखिदिन्थे ।
वास्तवमा गिद्ध नहुँदा भुस्याहा कुकुरहरुको सख्यामा वृद्धि भयो र मानिसमा रेबिज जस्ता रोगहरुको दर बढ्न पुग्यो ।
त्यसबेला रेबिज खोपको बिक्री बढ्यो, तर खोप पर्याप्त मात्रामा उपलब्ध थिएन ।
गिद्धले जस्तो कुकुरले सिनोका अवशेषहरू सफा गर्न सक्दैनथ्यो । जसका कारण सिनोमा भएका जिवाणुहरू खानेपानीका स्रोतसम्म पुगे । पानीमा त्यस्ता हानिकारक ब्याक्टेरिया मिसिंदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्यो ।
वार्विक विश्वविद्यालयका सहप्राध्यापक तथा यस अध्ययनका सहलेखक सुदर्शन भन्छन् : भारतमा गिद्धको संख्यामा गिरावट आउनु वास्तवमा यो कुराको प्रष्ट उदाहरण हो कि कुनै प्रजाति नासिंदा मानिसले कति भारी तथा अप्रत्याशित मूल्य चुकाउनु पर्ने हुन्छ ।
उनी भन्छन्-यो मामिलामा नयाँ रसायनहरुलाई दोषी ठहराइयो । तर, अन्य प्राकृतिक बासस्थान विनास, वन्यजन्तुको अवैध व्यापार तथा जलवायु परिवर्तन जस्ता मानवीय गतिविधि सिर्जित घटनाले जीवजन्तुमा असर पारेका छ र अन्ततः त्यसले समग्र मानिसलाई नै प्रभाव पार्दछ ।
गाईवस्तुको सिनो हटाउनका लागि गिद्धमा निर्भर हुन्थे किसान
भारतमा सबैभन्दा ठुलो संख्यामा गिरावट आएका गिद्धका प्रजातीहरुमा सेतो प्वाँख भएको गिद्ध, भारतीय गिद्ध, लालसर गिद्ध लगायतका छन् ।
ती प्रजातीहरुले सन् २००० को दशकको सुरुवातदेखि सबैभन्दा महत्वपूर्ण दीर्घकालीन गिरावटको सामना गरे । ती गिद्धको संख्यामा त्यसदेखि अहिलेसम्म ९१ देखि ९८ प्रतिशतसम्मको गिरावट आएको छ ।
इजिप्सियन गिद्ध र ग्रिफोन गिद्धको संख्यामा पनि उल्लेख्य गिरावट आएको छ, तर त्यो धेरै विनाशकारी छैन ।
शोधकर्ताका अनुसार भारतमा सन् २०१९ को पशु गणनामा देशमा ५० करोडभन्दा धेरै पशु रहेको तथ्यांक छ । अर्थात् भारत विश्वमै सबैभन्दा धेरै घरपालुवा पशु भएको देश हो ।
विगतमा किसानहरुले पशुका शवलाई छिटो गरी हटाउनका लागि गिद्धमा निर्भर हुन्थे । तर, भारतमा गिद्धको गिरावट कुनै पनि पन्छी प्रजातिमा अहिलेसम्मकै सबैभन्दा तीव्र गिरावट मानिएको छ । जुन अमेरिकामा परेवा लोप भएपछिको ठूलो गिरावट हो ।
भारतीय चराहरूको अवस्थासम्बन्धी रिपोर्ट अनुसार भारतमा अहिले केवल संरक्षित क्षेत्रको आसपासमा मात्रै बाँकी गिद्ध छन् । त्यस क्षेत्रमा गिद्धको आहारको रुपमा दूषित घरपालुवा पशुको साटो मृत वन्यजीवहरू अधिक रहेका छन् ।
विज्ञका अनुसार गिद्धको संख्यामा निरन्तर गिरावटले गिद्धमाथि मडारिइरहेको खतरातर्फ संकेत गर्दछ, जुन गम्भीर चिन्ताको विषय हो । किनकि गिद्धको संख्यामा गिरावट आउँदा मानव कल्याणमा नकारात्मक असर पर्दछ ।
वास्तवमा पशुका लागि प्रयोग हुने डाइक्लोफेनाक औषधि नै गिद्धका लागि ठूलो खतरा बनेको छ । हालको समयमा मृत पशुलाई खुल्ला ठाउँमा नछाडी खाडलमा पुर्ने तथा जंगली कुकुरका कारण पनि यो समस्या थप गम्भीर बनेको छ ।
त्यसका अलावा खानी तथा उत्खनन पनि समस्या बनेको छ जसले गिद्धका कतिपय प्रजातीहरुलाई गुँड बनाउने काममा असर गर्दछ ।
उसोभए के अब गिद्धको पुनरागमन होला ? यो भनिहाल्न कठिन छ । तर, केही संकेतहरुले भने आशा जगाएका छन् ।
गतवर्ष २० वटा गिद्धलाई पालेर उनीहरुको खुट्टामा स्याटेलाइट ट्याग लगाई पश्चिम बंगालको एक बाघ आरक्षमा छाडियो । हालै भएको एक सर्भेक्षणले दक्षिण भारतमा ३ सय भन्दा धेरै गिद्ध रहेको देखाएको छ ।
तर, अझै पनि यो अपर्याप्त छ । गिद्धको संख्या बढाउनका लागि अझै पनि धेरै काम गर्नु आवश्यक छ ।
-बीबीसीबाट





