२०८३ बैशाख २१ सोमबार
२०८३ बैशाख २१ सोमबार

हिजोआज धेरै युवा विवाहित महिलातर्फ आकर्षित हुने गरेका छन् । अविवाहितभन्दा विवाहित युवतीतर्फको आकर्षण बढेको एक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा यसको पछिको कारण पनि बताइएको छ । आखिर पुरुषलाई विवाह गरेको युवती अविवाहित युवतीको तुलनामा किन आकर्षक लाग्छ ? उक्त अनुसन्धानले निम्न तथ्य पत्ता लगाएको छ।

आत्मविश्वास

विवाह गरेका युवती विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा विवाहित युवतीहरुप्रति आकर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित युवतीले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छिन् भन्ने लाग्छ ।

हेरचाह

विवाह गरेका युवतीले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन् । युवालाई यस्तो हेरचाह विशेष मन पर्छ । यही कारण पनि विवाहित युवतीतर्फको आकर्षण बढेको हो ।

हर्मोनमा आएको परिवर्तन

विवाहपछि युवतीको हर्मोनमा परिवर्तन आउँछ । यसका कारण उनीहरुको छालामा चमक आउँछ । युवतीमा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।

स्वभाव

विवाह गरेकी युवतीले घर र समाजको सबै व्यवहारलाई सही ढंगबाट व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् । गोपनीयतामा पनि विवाहित युवती बढी संवेदनशील हुन्छन् । यसै कारण युवाहरु विवाहित युवतीतर्फ आकर्षित भएको अध्ययनको निष्कर्ष छ ।

एजेन्सी : मनसुन सुरु भइसकेको छ । स्वास्थ्य यसको अर्को जोखिमपूर्ण पाटो हो । हरेक वर्षायाममा अनेक रोग र महामारी फैलिएको सुन्नमा आउँछ । अस्पतालमा बिरामीको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि त्यतिकै बढेको विभिन्न तथ्यांकले देखाउँछन् ।

वर्षायाममा जताततै पानी नै पानी हुन्छ, किटाणुको प्रश्रय स्थल । जसले डेंगु, मलेरिया, आँखा पाक्ने रोग, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायत रोग निम्त्याउँछ । खानेपानी प्रदूषित हुन्छ । र, पानी स्वस्थ नभए आधा भन्दा बढी रोग लाग्ने गर्छन् ।

वर्षायाममा हुने उच्च आर्द्रताले शरीरको रोगसँग लड्ने र पाचन क्षमता स्वात्तै घटाउने गर्छ । शरीर सत प्रतिशत तन्दरुस्त हुँदैन । त्यसैले रोगले सजिलै डेरा जमाउँछन् । त्यसैले खानपिन र जीवनशैलीमा थप ध्यान दिनुपर्छ ।

वर्षायाममा के नखाने :
बासी तथा मसलेदार खाना यो मौसममा नखानुहोस् । वर्षा मौसममा मानिसको पाचन प्रक्रिया सुस्त हुन्छ । खाना पच्न लामो समय लाग्छ । बासी र मसलेदार खानाले पेटमा खराबी गर्छ । यो समयमा काँचो खानेकुरामा विभिन्न किसिमका ब्याक्टेरिया हुनसक्छ । यस्ता खानामा हुने रोगको संक्रमणले मानिसलाई चाँडै रोग सार्छ । हुन त सागसब्जी खानु स्वास्थ्यका लागि राम्रो हो ।

तर, पात हुने सब्जीमा पानी परेलगत्तै धुलो, माटो र किटाणु सहज रूपमा बस्न सक्छन् । यसकारण वर्षायामको सागसब्जी राम्ररी धुने र पकाएर खानुपर्छ । सडक किनारमा बेच्न राखिएका फलफूल या खानेकुरा खानु हुँदैन । यस्ता खानेकुरामा धुवाँ–धुलो टाँसिने र शरीरलाई खराब गर्ने गर्छ ।

यो गर्मी मौसम पनि भएको हुँदा घरमा फलफूल काटेर राख्ने तथा खाने गर्नु हुँदैन । माछाको सौखिन हुनुहुन्छ भने यो मौसममा ख्याल गर्नुहोस् । वर्षायाम माछाको प्रजनन समय हो । यो वेला माछा नखाँदा राम्रो हुन्छ । खानु नै छ भने राम्रोसँग सफा गरेर र पकाएर खानुपर्छ ।

वर्षा याममा रोगबाट बच्न र आफ्ना परिवारलाई बचाउन यी कुरा अपनाउनुस् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो तीन मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू सार्वजनिक गरिएको छ । ती बैठकहरूबाट गरिएका १६ वटा निर्णयहरू सार्वजनिक गरिएको हो ।

नयाँ सरकारको असार ३१ गते, साउन ३ गते र साउन ७ गते मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकका निर्णयहरूमा कायममुकायम मुख्यसचिव तोक्नेदेखि विदेश भ्रमण स्वीकृत गर्नेसम्म छन् ।

झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम, मोबाइल २ थान, नगद १० हजार रूपैयाँ र २ थान एटिम कार्ड सहित कमल गाउँपालिका-४ सितापुरी बस्ने ४१ वर्षीय धन बहादुर लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५३ प १२४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, कैलारी गाउँपालिका-७ हुलाकी राजमार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २८ वर्षीय राजु चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१९ बागफाँटा दशरथ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, इनरूवा नगरपालिका-४ बिरेन्द्र टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ४० मिलिग्राम, मोबाइल ४ थान, नगद १ लाख ५ सय रूपैयाँ सहित धनकुटा नगरपालिका-६ बस्ने ३० वर्षीय प्रितम राई समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इनरूवा नगरपालिका-४ बिरेन्द्र टोल बस्ने अशोक कुमार यादवको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.१३ च २८५५ नम्बरको स्कार्पियो समेत प्रहरीले बरामद गरेको छ ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

https://www.khabarpetika.com/2024/07/25/6065

काठमाडौं : Direct Access to the Interpol Information System सम्बन्धमा सहकार्य गर्न National Central Bureau Kathmandu र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिहीबार उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुभएको हो । साथै उहाँहरूले समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटावेशहरू मध्ये SLTD (Stolen and Lost Travel Document) Database हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डाटावेशलाई व्यवस्थित गर्न इन्टरपोलद्वारा WISDM (INTERPOL Web Services For Data Management) प्रविधि इन्टरपोलका सदस्य राष्ट्रहरूलाई आवश्यकता अनुसार प्रदान गरेको चर्चा गर्नुभयो । साथै WISDM लाई प्रयोग गर्ने सम्भावनाको यकिन गर्न पाइलट फेज संचालन गर्दा राहदानी विभागको सिस्टममा एकिकृत गर्न सकिने भनि राहदानी विभागद्वारा भएको सुझाव अनुरूप नै यो समझदारी भएको उहाँले बताउनुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्ध गरिएका राहदानीहरूको नेपालमा मात्र नभएर वैदेशिक भूमिमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटावेशमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रकृया यस पश्चात सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीचमा समेत समन्वय हुने विश्वास व्यक्त गर्नुभयो । 

समारोहमा राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्यालले  समझदारीको महत्व र औचित्यताको बारेमा आफ्नो विचार सहितको मन्तव्य व्यक्त गर्दै राहदानीको दुरूपयोगबाट हुने अपराध नियन्त्रण गर्न यस समझदारीले सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग भएको सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने उहाँले बताउनुभयो । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा राहदानी विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।