२०८३ बैशाख २१ सोमबार
२०८३ बैशाख २१ सोमबार

काठमाडौं । रास्वपाकी सांसद एवम् उपसभामुख इन्दिरा राणा मगर विवादमा तानिएकी छन् । केही युवाहरूको लागि अमेरिकी भिसा माग्दै काठमाडौँस्थित अमेरिकी दूतावासलाई उपसभामुखको तर्फबाट पत्र पठाएको खुलासा भएसँगै उनी विवादमा तानिएकी हुन् ।

सन् २०२३ फेब्रुअरी २६ मा उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको नाम लेखेर न्युयोर्कमा आयोजित गैरसरकारी संस्था ‘सिएसडब्यू–६७’को कार्यक्रमका जान लागेको भन्दै भिसा मागेकी थिइन्। तर, दूतावासले कसैलाई पनि भिसा नदिएको देखिएको छ।

उपसभामुखको लेटरप्याड प्रयोग गरी ‘०००७२६’ नम्बरको कुटनैतिक पासपोर्टवाहक इन्दिरा रानामगर, उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङका लगि भिसा मागिएको छ।

घटना अघिल्लो वर्षको भएपनि अमेरिकी दूतावासलाई लेखेको त्यो पत्र अहिले बाहिरीएको हो । युवाबाट उपसभामुखनिकट राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेताहरूले रकम असुली गरेको बु्झिएको छ ।

राज्यबाट भीआइपी सुविधा पाउने कुनै पनि उच्च तहको व्यक्ति विदेश जानुपरे सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ। उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्रबाट काम हुने प्रचलन छ। तर, उपसभामुख रानामगरले भने सिधै आफै पत्र लेखेर भिसा आवेदन हालेको देखिएको छ।

सभामुख देवराज घिमिरे र संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले उपसभामुखको विषयलाई नोटिशमा लिइसकेको जनाएको छ छ।

यस विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख रानाले पदीय आचरणविपरीतको कार्य गरेकाले तुरुन्तै राजीनामा दिनुपर्ने बताएका छन् । उनले यस सम्बन्धमा राज्यव्यवस्था समितिमा उजुरी परेको र त्यसबारे अध्ययन भइरहेको जानकारी दिए।

 काठमाडौं । मित्रराष्ट्र भुटानको थिम्पुमा आजदेखि सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा यो समाचार तयार हुदाँ सम्म नेपाललाई ८ स्वर्ण प्राप्त भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला –२१ बर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए ।

एलिसाले सेमिफाईनलमा भुटान र फाईनलमा भारतलाई पराजित गरिन भने स्वनिमले सेमिफाईनलमा श्रीलंका र फाईनलमा भारतलाई पराजित गरेका थिए । त्यसैगरि सन्जुले फाईनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरि नेपाललाई स्वर्ण पदक दिलाए । त्यसैगरि जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसंग पराजित हुन पुगे र जुनियर तर्फकै महिला एकल कातामा फाईनलमा श्रीलंका संग पराजित भई नेपाल कि रेनिशा रिमालले रजत पदकमा चित्त बुझाए ।

त्यसैगरि सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्र बहादुर खपाङगीले जानकारी दिए ।  


भुटान सहित नेपाल, भारत र श्रीलंका सहभागी रहेको उक्त प्रतियोगिताको उदघाटन समारोहमा नेपालको तर्फवाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ्ग, उपाध्यक्ष मजिन्द्र सिंह, महासंघका सदस्यहरु, बरिष्ठ प्रशिक्षकहरु, टिम प्रशिक्षकहरु, पदाधिकारीलगायत करिव १ दर्जन अफिशियलहरुको सहभागी रहेको प्रवक्ता खपाङगी ‘ईश्वर’ ले बताए ।

काठमाडौं । कोटेश्वरको एक गेस्टहाउसका दुईजना सञ्चालक पक्राउ परेका छन् । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएके हो ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ का ३२ वर्षीय नवीन थापा र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का १९ वर्षीय उज्वल खड्का छन् ।

उनीहरूलाई काठमाडौंको कोटेश्वरस्थित रामेछाप खाजाघर एन्ड गेस्टहाउसबाट प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो
उनीहरूले बालिकाहरूलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनीहरूले ग्राहकबाट चारदेखि पाँच हजार रुपैयाँसम्म लिएर बालिकाहरूलाई शारीरिक सम्पर्क राखेमा प्रतिव्यक्ति ५०० रुपैयाँ दिने गर्दथे ।

ब्युरोबाट खटिएको प्रहरी टोलीले गेस्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्धार गरेको छ । अभियुक्तहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मतका लागि अपिल गर्ने भएका छन् ।

साउन ६ गते आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।

त्यसका लागि संसद् सचिवालयमा बुधबार औपचारिक पत्र पठाएका ओलीले सबै दलसँग विश्वासको मत माग्ने तयारी भएको एमाले सांसद तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनले पार्टी र नेताहरूलाई पत्र लेखेर मत माग्ने वा मौखिक रूपमा भेटेर भन्ने विषय छलफलकै क्रममा रहेपनि सार्वजनिक रूपमै अपिल गरिसकिएको बताए ।

‘निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएका दलहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत आग्रह गरेका छौँ’, बर्तौलाको भनाई छ । उनले माओवादी केन्द्रसहित प्रतिपक्ष दलहरूलाई पनि विश्वासको मतका लागि आग्रह गरिएको बताए । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भएकाले तेस्रो, चौथो र पाँचौँ दलले पनि सरकारलाई समर्थन गर्दा सकारात्मक सन्देश जाने भएकाले दलहरूले यसबारेमा सोच्नुपर्ने बताए ।

https://www.khabarpetika.com/2024/07/18/5839/

गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ।

अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्ने भन्ने विषयमा केही सल्लाह दिएका छन्, जुन यस प्रकार रहेकाछन ।

के गर्ने ?

१. तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ। टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ।

२. सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ।

३. सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला। यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ। सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला।

४. टोकेको समय पनि ख्याल गर्नुहोला। यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ।

५. कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला।

६. आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला।

७. सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला।

के नगर्ने ?

१. सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला। सर्पले फेरि टोक्न सक्छ ।

२. टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ।

३. टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला।

४. टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला। बरु यसले विष चाँडो फैलन सहयोग गर्छ।

५. टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला।

६. एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला। यस्ता पेनकिलरले रगत पातलो बनाउँछ।

७. टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ।

https://www.khabarpetika.com/2024/07/18/5854/

मानिसको लागि अहिले हर्टअट्याक गम्भीर समस्या बन्दै आएकाे छ । हर्टअट्याक अचानक हुन्छ तर यो खराब लाइफ स्टाइल र खानपानको कारण हुने गर्दछ । विज्ञानको आधारमा हेर्दा हर्टअट्याकको सम्बन्ध हाम्रो रगतमा हुन्छ। रगत मार्फत हाम्रो शरीरमा अक्सीजन र जरूरी पोषक तत्व पुग्छ। तर जब तपाईको हृदयसम्म अक्सीजन पुग्ने धमनिमा प्ला-क ज-मेको कारण रु-कावट पैदा हुन्छ, यस कारण मुटु धड्किने रफ्तार असन्तुलित हुन्छ। र यसबाट नै हामीलाई हर्टअट्याक आउने गर्छ ।

बाथरूममा हर्टअट्याक हुनुको धेरै कारण रहेको छ, यदि तपाईले यस बारेमा जानकारी पाउनुभयो भने आफु र आफ्नो परिवारलाई यसबाट सुरक्षित राख्न सक्नुहुन्छ। बिहानको समयमा बाथरूममा हर्टअट्याक किन आउँछ, यस्ताे छ कारण:-

​१) बिहानको समयमा हाम्रो ब्लड प्रेशर धेरै हुन्छ। यस्तैमा हामी जब नुहाउनको लागी अधिक चिसो वा तातो पानी टाउकोमा हाल्छौ तब यसले ब्लड प्रेशरमा प्रभावित हुन्छ। यसैकारण हर्टअट्याकको जोखिम बढि हुन्छ ।

२) बिहानको समयमा जब हामी शौचालय जान्छौ तब हामी पेट पुरै तरिकाले सफा राख्नको लागि प्रेशर लगाउछौ। अधिक प्रेशर लगाउदा हाम्रो मुटुमा अधिक दवाब बन्छ जसका कारण हर्टअट्याक आउन सक्छ ।

​३) बाथरुमको तापमान घरको अरु ठाउँभन्दा निकै चिसो हुन्छ। यस्तो स्थिति शरीरको तापमानलाई सन्तुलित गर्न र रगत प्रवाह गर्नलाई अधिक कार्य गर्नुपर्छ। यसकारण हर्टअट्याक आउन सक्छ।

हर्टअट्याकबाट बच्ने यस्ता केही तरिकाहरु निम्न छन्:-

१) यदि नुहाउने समयमा अधिक समयसम्म बाथ टब वा पानीमा रहनुभयो भने यसको असर धमनिमा पर्छ । यस्तैमा अधिक समयसम्म बाथ टबमा नबस्नुहोला । २) पेट सफा गर्नको लागि अधिक जोर नलगाउनुहोला वा हतार नगर्नुहोला ।

३) बाथरुममा नुहाउने समयमा पानीको तापमानको ध्यान राख्दै सबैभदा पहिला खुट्टा भिजाउनुहोला । त्यसपछि टाउकोमा हल्का पानी हाल्नुहोला । यो तरिकाले पनि बच्न सक्नुहुन्छ । ४) अधिक समयसम्म एउटै पोजिशनमा नबस्नुहोला । यस तरिकाले तपाई हर्टअट्याकबाट बच्न सक्नुहुन्छ।

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टिम भएर अगाडि बढ्न तयार रहेको बताएका  छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष समेत रहेका खेलकुद मन्त्री चौधरीले राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम सो कुरा बताएका हुन् ।


‘म मन्त्री भएको केहि दिन मात्र भएको छ । छोटो अवधिमा पनि मैले खेलकुदलाई कसरी विकास गर्न सकिन्छ । योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य–सचिव र सरोकारवालसंग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु ।’ मन्त्री चौधरीले भने– ‘खेलकुदलाई विकासको बाटोमा दो¥याउन सरोकारवालासंग एक टिम भएर अगाडि बढ्न तयार छु ।’


मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ३ सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य–सचिवसंग छलफल भइरहेको बताए । मन्त्री चौधरीले १० औं राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने बताए । उनले नेपाली खेलाडी मेहनती, लगनशील र संघष गर्न सक्ने भएको बताउदै छोटो तयारीबाट खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताए ।


राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्रीज्यूको लक्ष्यलाई पूरा गर्न राखेप टिम सहयात्री बनेर काम गर्न तयार रहेको बताए । उनले राखेपका योजनाहरुलाई कार्यन्वयन गर्न बोर्ड बैठक अनिवार्य भएको बताउदै आफ्नो कार्यकालको अन्तिम दिन (यहि साउन १४ गते) सम्ममा मन्त्रीज्यूसंग बोर्ड बैठकमा सहभागी हुन पाउने विश्वास व्यक्त गरे ।


राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदलाई गहि¥याइमा बुझेको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै असल सारथी बनेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । सदस्य–सचिव घिसिङले आफ्नो कार्यकालमा भएको महत्वपूर्ण कार्यहरु संक्षिप्तमा जानकारी गराउने क्रममा पहिलोपटक खेलकुद विमा लेख जारी गरिएको, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको, उमेरसमूहलगायत विभिन्न प्रतियोगितामा जोड दिएको, कुन समुदायको कुन भुगोलको वच्चा कुन खेलका लागि उपयुक्त हुन्छ भन्ने विषयमा मसिनो ढंगले अध्ययन गरी नेपाली खेलकुदकै इतिहासमा पहिलोपटक सातै प्रदेशमा एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको, पेरिस ओलम्पिकसंगै १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुटेको, राखेपको इतिहासमै पूर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसंगको सहकार्यमा लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्ने क्रममा ठूलो संख्यामा ३ सय ४२ कर्मचारीको बढुवा गरिएको, एसियाली खेलकुद सकिए लगत्तै अर्को संस्करणका लागि तयारी थाल्ने क्रममा एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित वैज्ञानिक र लामो तयारीको विशेष प्रशिक्षण गर्न विभिन्न १० खेलका १ सय २ खेलाडी समावेश गरी मिसन २०२६ को सुरुआत गरिएको, आर्थिक विनियमावली, कर्मचारी सेवा शर्त विनियमावली र ओ एन्ड एम सर्भे तयारी अवस्थामा रहेकोमा बोर्ड बैठकबाट मात्र पारित हुन बाँकी रहेको बताए ।


काठमाडौं : भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका-३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो । 

अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाई घरेलु काममा लगाई  चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको, युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए । 

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन्।

बिहीबार रमेश बडालले शीतल निवासमा शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ गराएका हुन्।

https://www.khabarpetika.com/2024/07/18/5842/

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायक नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोषजनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताए ।

उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसी सकिने अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै पर्ने छ ।’

प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठरालाई सहजिलोमा परिणत गर्ने पनि बताए।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।