२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

काठमाडौँ । वर्षायामको मौसममा रोगको प्रकोप पनि बढ्छ । यस मौसममा गर्मीको तुलनामा तापक्रम निकै कम हुन्छ तर आर्द्रता भने निकै बढ्छ । 

यस्तो वातावरणमा भाइरस, ब्याक्टेरिया र फङ्गस बढ्न थाल्छ। जसका कारण भाइरल, ब्याक्टेरिया र फङ्गल इन्फेक्सनका केसहरू बढिरहेका छन् । 

वर्षामा खानपानमा सावधानी अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् । वर्षाको मौसममा हाम्रो शरीरको मेटाबोलिजम् सुस्त हुन्छ र यसले प्रतिरक्षा प्रणालीमा पनि ठुलो प्रभाव पार्छ। 

यो सिजनमा रुघाखोकी, घाँटी दुख्ने, ज्वरो आउने समस्या बढ्न थाल्छ । यसबाट बच्न मानिसहरूले सरसफाइमा विशेष ध्यान दिनुपर्छ र घरमा बनाएको ताजा खाना मात्रै खानुपर्छ। बाहिरका खानेकुराबाट बच्नुपर्छ र पर्याप्त मात्रामा सफा वा मनतातो पानी पिउनुपर्छ ।

वर्षायाममा सडकको खानाले मानिसको स्वास्थ्यमा नराम्रो असर पार्ने विज्ञहरूको चेतावनी छ । यो मौसममा मानिसलाई पेटको इन्फेक्सन, झाडापखाला र ग्यास्ट्राइटिसको समस्या हुन्छ । यसबाहेक दूषित पानी पिउनाले मलेरिया, हैजा र जन्डिसको जोखिम बढ्छ। 

यी मध्ये कुनै पनि समस्याको अवस्थामा, मानिसहरूले डाक्टरसँग परामर्श लिनुपर्छ र औषधि लिनुपर्छ। तर, खानपानमा केही परिवर्तन गर्नाले पनि यी समस्याबाट छुटकारा पाउन सकिन्छ । केही चीजहरूको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ।

वर्षायाममा यी ५ चिजको सेवन गर्नु निकै फाइदाजनक हुन्छ :

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएके हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ । साथै ओली सरकारमा पठाउने मन्त्रीहरूबारे पनि आज निर्णय लिने पार्टीको तयारी छ ।

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका दुईवटा बसको खोजीमा वाटर ड्रोन प्रयोग गरिएको छ । शनिबार बिहानबाट सशस्त्र प्रहरी बालका गोताखोरहरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर खोज्न थालेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका-२९ सिमलताल असार २८ गते बिहान नारायणी नदिमा खसेको थियो ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोलि मात्र प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । हिजो राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए ।

नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा ओलीले दाबी पेस गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि भोलिसम्मको समयसीमा दिएर आह्वान गरेका थिए ।

लगत्तै एमाले र कांग्रेसले प्रधानमन्त्रीमा ओलीको दाबी पेस गरेका हुन् । हिजो दाबी पेस भए पनि भोलि मात्रै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर शपथ गराइने शितल निवासको तयारी छ । कांग्रेस र एमालेका नेताहरुकाअनुसार भोलि नै सानो आकारको मन्त्रिपरिषद बन्नेछ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।