
काठमाडौँ । २०८१ असार २८ गते शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्प कमल दाहाल(प्रचण्ड) ले पाचौं पटक विश्वासको मत लिँदै छन् । २०७९ पुष १० मा तत्कालीन नेपाली कांग्रेस सँगको गठबन्धन तोडेर एमालेको समर्थन सहित प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले कहिले एमाले कहिले कांग्रेसको समर्थन लिएर चार पटक विश्वासको मत प्राप्त गरे । उनले झन्डै १९ महिना सत्ताको नेतृत्व गरे ।
जनमत पार्टीले प्रचण्डलाई विश्वासको मत नदिने
शुक्रबार बिहान ११ बजेसम्म कुनै उथलपुथल नभए पाचौं पटकको प्रचण्डको विश्वासको मत भने असफल हुने निश्चित छ । गत असार १७ गते मध्ये रातमा संविधान संशोधनको एजेन्डा सहित दुइ ठुला राजनीतिक दल कांग्रेस र एमालेबीच सरकार गठन गर्ने सहमति भइसकेको छ । यद्यपि सात बुँदे सहमति भएको भनियता पनि कुन-कुन विषयमा सहमति भयो त्यसको आधिकारिक कुनै दस्तावेज बाहिरिएको छैन ।
प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसद्वारा ह्विप जारी
संविधानको धारा ७६(२) वा (३) बाट केपी शर्मा ओली र शेर बहादुर देउवा को प्रधानमन्त्री हुन्छन ? रास्ट्रपति नै जानुन । तर, प्रचण्ड सरकारबाट बाहिरिने निश्चित छ ।
सरकारबाट बाहिरिएपछि प्रचण्डको रणनीति केछ ?
संविधान संशोधनसहित सत्ता समीकरण फेरबदल गर्ने कांग्रेस र एमालेको सहमतिलाई माओवादी केन्द्रले मुख्य हतियार बनाउने रणनीति बनाएको बुझिएको छ । प्रचण्डले बुधबार समाजवादी मोर्चाको बैठक राखेर कम्युनिष्ट घटकहरु बीच एकता भएर एमाले-कांग्रेस गठबन्धनको सरकारले संविधान संशोधन गर्न खोजे सशक्त रुपमा आन्दोलन गर्ने निर्णय समेत गरिसकेको छ ।मोर्चाको बैठकमा प्रधानमन्त्री प्रचण्डसहित मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लव, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवहरू वर्षमान पुन, शक्ति बस्नेत, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेताहरू झलनाथ खनाल, राजेन्द्र पाण्डे, नेपाल समाजवादी पार्टी (यादव समूह) का अध्यक्ष महिन्द्र राय यादव लगायत सहभागी थिए ।
बुधबार बसेको माओवादी संसदीय दलको बैठकमा पार्टी प्रचण्डले स्वार्थका कारण नयाँ गठबन्धन बनेकाले कांग्रेस–एमालेको सम्बन्ध लामो समय नटिक्ने समेत बताएका थिए । ओलीले झुटमुट कुरा गरेर विश्वासघात गरेकाले अब तत्काल एमालेसँग कुनै सहकार्य नहुने प्रचण्डले पार्टिका सांसदहरुलाई जानकारी दिए । बैठकमा उनले बेचन झा पक्राउ परेपछि कांग्रेस र एमाले रातारात एक ठाउँमा आइपुग्ने वातावरण बनेको ब्रिफिङ गरे ।
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप, अनिवार्य उपस्थित हुन निर्देशन
सरकारले भ्रष्टाचारको फाइल खोलेपछि गिरिबन्धु टि–स्टेट र नक्कली शरणार्थी प्रकरणलाई ढाकछोप गर्न रातारात सरकार ढाल्ने सहमति भयो । आफ्ना अपराधकर्मलाई लुकाउनकै लागि बनाइएको गठबन्धन हो’, प्रचण्डको भनाइ उदृद्ध गर्दै माओवादीका एक सांसदले भने, ‘हाम्रो इमानदारिता र विश्वासलाई ओलीजीले धोका दिनुभयो । अब एमालेसँग सहकार्य हुँदैन ।’
यो संविधानमा माओवादीको अपनत्व भएकाले आफूहरूले यसको रक्षा गर्नुपर्ने प्रचण्डको भनाइ छ । त्यसका लागि जनतामा जानुपर्ने भन्दै प्रचण्डले सांसदहरूलाई यसको तयारीमा लाग्न निर्देशनसमेत दिएको छ । समाजवादी मोर्चा सक्रिय बनाउँदै प्रतिगमनविरुद्ध जनतामा जाने प्रचण्डको योजना रहेको एक ती सांसदले बताए ।
त्यस्तै राष्ट्रपतिले संविधान बमोजिम उपधारा ३ अनुसार सरकार गठन गर्न आह्वान नगरे न्यायिक निरुपणका लागि न्यायालयसम्म जाने तयारी माओवादीले गरेको छ ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४ सय १९ स्पर्धा प्रस्ताव गरेका छन् । राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता तथा सदस्य–सचिव घिसिङको अध्यक्षतामा भएको दसौं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बिहीबार भएको बैठकमा उक्त प्रस्ताव गरिएको हो ।
घिसिङले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये प्याराग्लाइडिङ बाहेक ३५ खेल प्रस्ताव गरिएको हो । राखेपले दसौं राष्ट्रिय खेलकुद आगामी मंसिर २ देखि ९ गतेलाई प्रस्ताव गरिसकेको छ । त्यसअघि विभिन्न ६ खेलको प्रतियोगिता भने कात्तिक २७ गतेदेखि नै सुरु गर्ने गरी प्रस्ताव गरिएको छ ।
महिला फुटबल, उसु, पुरुष÷महिला बास्केटबल, जुडो, पुरुष÷महिला हक्की र तेक्वान्दो खेललाई दसौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै गर्ने गरी प्रस्ताव गरिएको हो । निर्णायक संख्या १ हजार ४ सय ९९ प्रस्ताव गरिएको छ ।
बैठकमा घिसिङले दसौं राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारबाट ६० करोड बजेट सुनिश्चित भइसकेको जानकारी गराउदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताए । उनले बृहत राष्ट्रिय खेलकुद देशकै ओलम्पिक खेलकुदका रुपमा रहेको हुँदा समयमै आयोजनाको विकल्प नभएको बताउदै दसौं राष्ट्रिय खेलकुदलाई सफलतापूवर्क सम्पन्न गर्न सरोकारवाला सबै जिम्मेवार र गम्भीर हुनु पर्नेमा जोड दिए ।
घिसिङले दसौं राष्ट्रिय खेलकुद समयमै आयोजना गर्न परिषद् तयार रहेको बताउँदै खेलकुदलाई व्यवसायिक बनाउनु पर्ने आवश्यकता औल्याए । उनले लोगो र मस्कटको छनोट भइसकेको अवगत गराउँदै खेल पोशाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने गरी तयार थालिएको बताए ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले बैठकका दौरान खेलकुद सञ्चालन निर्देशिका संशोधनका विषयमा प्राप्त सुझावलाई सम्बोधन गरिने बताउँदै तोकिएकै समयमा दसौं राष्ट्रिय खेलकुद गर्नुको विकल्प नरहेको बताए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्यालले आवासको व्यवस्थापन कारण कर्णाली प्रदेशको ५ जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताउँदै बाँकी खेलका विषय चाँडै टुंगो लगाउनु गर्नु पर्ने बताए ।
बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्य–सचिवहरुले गाउँपालिकादेखि नै खेलाडी छनोट हुनु पर्ने, एक खेलमा कम्तीमा ५ टिम सहभागी हुनु पर्ने, बजेट समयमा निकासा हुनु पर्नेलगायतका विषयमा धारणा राखे ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक ३ मिनेट बसेर स्थगित भएको छ ।
बिहीबार ४ बजेका लागि तोकिएको बैठक सवा घण्टा ढिला सुरु भएको थियो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्रीको अनुपस्थितिको कुरा उठाए ।
प्रतिनिधि सभा नियमावलीमा मन्त्री विना बैठक सञ्चालन गर्न नहुने व्यवस्था छ ।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरे । अब अर्को बैठक भोलि, शुक्रबार बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली पाचौँ पटक विश्वासको मत लिँदैछन् । जनमत पार्टीले भने प्रचण्डले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।
प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसद्वारा ह्विप जारी
मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले जनमतको सरकारलाई विश्वासको मत दिएका थिए । सोही कारण केन्द्रमा जनमतले कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको उनले बताए ।
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप, अनिवार्य उपस्थित हुन निर्देशन
असार १७ गते मध्यरातमा कांग्रेस र एमाले मिलेर सरकार बनाउने निर्णय गरेका थिए । सोही निर्णयबमोजिम असार १९ मा एमालेले सरकार छाडेको थियो । त्यसपश्चात् संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्णय गरेका हुन् ।
एमालेका अध्यक्ष ओलीले धोका दिए : प्रचण्ड
काठमाडौं । नेपालको सेन्ट लरेन्स स्कुल प्रथम दक्षिण एसियाली टार्गेटबल च्याम्पियनसिपमा उपविजेता बनेको छ । महिला टोली दोश्रो भएको हो । नेपाल टार्गेटबल संघ तथा अन्तर्राष्ट्रिय टार्गेटबल महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिलामा बंगलादेशले उपाधि जित्यो भने भारत तेश्रो भयो । पुरुषमा पनि बंगलादेशले उपाधि हात पर्यो । भारत दोश्रो तथा पाकिस्तान तेश्रो भए ।
विजेतालाई अन्तर्राष्ट्रिय टार्गेटबल महासंघका अध्यक्ष सोनु शर्मा, सेन्ट लरेन्स स्कुल-कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चावहिलको डाउनटाउनमा भएको तीनदिने प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान र श्रीलंका गरी ६ राष्ट्रको सहभागिता रहेको थियो ।
काठमाडौं । अखिल नेपाल कबड्डी संघले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहलाई वरिष्ठ सल्लाहकारमा मनोनित गरेको छ ।
कबड्डी संघको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सिंहलाई वरिष्ठ सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए । त्यस्तै युवराज श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरिएको छ ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युरोपेली राष्ट्र अस्ट्रिया पुगेर भारतले विश्वलाई शान्तिका दूत बुद्ध दिएको बताएका छन् । अस्ट्रियाको भियनामा भारतीय समुदायमाझ उनले विश्वलाई भारतले बुद्ध दिएको जिकिर गरेका हुन् ।
सम्बोधनका क्रममा मोदीले भने, “हजारौँ वर्षदेखि हामी आफ्नो ज्ञान र विशेषज्ञता बाँड्दै आएका छौँ । हामीले ‘युद्ध’ दिएनौँ, हामीले विश्वलाई ‘बुद्ध’ दिएका छौँ । भारतले सधैँ शान्ति र समृद्धि दिएको छ ।”
यसैकारण भारत पछिल्ला दिन शक्तिशाली बन्दै गएको उनको भनाइ थियो ।
भारतीय प्रधानमन्त्री मोदी रुस र अस्ट्रियाको तीनदिने भ्रमण सम्पन्न गरी बिहीबार बिहान स्वदेश फर्किएका छन् । उनी रुस हुँदै अस्ट्रिया गएका थिए । उनको रुस भ्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आलोचना गरेका थिए । बीबीसी हिन्दीबाट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतपय विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । शुक्रबार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने कार्यसूचि रहेको छ । कांग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।
‘असार २८ गते शुक्रबारका दिन विहान ११ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जारी गरेको निर्देशनमा भनिएको छ ।
नेकपा एमालेले पनि यसअघि नै विपक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिइसकेको छ । प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने भएपनि उनले बहुमत नपाउने निश्चित छ । गत असार १७ मा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताउनुभयो । “दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ”, उहाँले भन्नुभयो । महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताबीच भएको सातबुँदे समझदारी पालना गरिने बताउनुभयो ।
पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले सातबुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रुपमा लिन नहुने बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सरकार बने पनि प्रतिपक्ष कमजोर बन्न नहुने बताउनुभयो । उहाँले प्रतिपक्ष कमजोर भए सत्तापक्ष निरङ्कुश बन्न सक्ने उल्लेख गर्दै संविधानको अक्षरसः पालना गर्दै त्रुटि सच्याउँदै जानुपर्ने बताउनुभयो । संविधानको मूल मर्ममा कुनै संशोधन नहुने उहाँको भनाइ थियो ।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक बस्दै छ। बैठक आज दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ।
बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्डले शुक्रबार लिन लागेको विश्वासको मतबारे पनि बैठकमा छलफल हुने जनाएको छ ।





