
रामेछाप । उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि ५३ करोड ३१ लाख २५ हजार ८ सय ९९ रुपैयाँको बजेट लयाएको छ ।
गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले आइतबार बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
यस्ताे छ उमाकुण्ड गाउँपालिकाकाे आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम
गाउँ सभामा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण, यान्त्रिकीकरण एवम् व्यवसायीकरण गर्दै खाद्यान्न तरकारी तथा फलफूलको उत्पादकत्व वृद्धि र व्यवस्थित बजारीकरण गरी गाउँवासीको आर्थिक अवस्थामा सुधार गर्दै लगिने नीति गाउँपालिकाले लिएको बताए ।
गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने, पर्यटकीय क्षेत्र ताँमेलगायत अन्य स्थानमा निर्माणाधीन पर्यटकीय संरचना समेत समय सीमा भित्रै सम्पन्न गरिने प्रतिबद्धता नीति तथा कार्यक्रममा आएको छ । नुम्वुर चिज सर्किटलाई थप फराकिलो र व्यवस्थित गरी प्रचार प्रसारमा जोड दिइने भएको छ ।
यस्तै, गाउँपालिका भित्र जातीय पहिचानको प्रवर्धन गर्ने नीति समेत पालिकाले लिएको छ ।
स्वास्थ्यतर्फ भने गाउँपालिकाको केन्द्रमा डाक्टर सहितको सुविधा सम्पन्न आधारभूत अस्पताल सञ्चालनमा ल्याइने, सबै स्वास्थ्य संस्थाहरूमा अक्सिजन सहितको २ शय्याको व्यवस्था र ल्याब सहित दक्ष जनशक्तिको व्यवस्था गरिने उल्लेख गरिएको छ ।
मन्थली नगरपालिकाले ल्यायो १ अर्व १ करोडको बजेट,कुन क्षेत्रमा कति बजेट ?
काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुरूपयोगमा दोषी ठहर भएका छन् । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
उनीमाथि आश्रममा बस्दा त्यहाँ काम गर्ने युवतीलाई शोषण गरेको आरोप छ । त्यसमध्ये केहीलाई बेपत्ता पारेको आरोप पनि उनीमाथि लागेको थियो ।
बाराको एउटा जंगलमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेको पाइएपछि उनी एकाएक चर्चामा आएका थिए । उनीमाथि यौन शोषण, बलात्कार र आनीहरुलाई बेपत्ता बनाएको आरोप थियो ।
उनीविरुद्ध सजाय निर्धारणका लागि १७ गते पेसी तोकिएको छ ।
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह-प्रवक्ता तोकिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई केन्द्रीय प्रहरी सह-प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।
काठमाडौं । गृह मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्थानीय तहमै समन्वय गरेर राष्ट्रिय परिचयपत्रसम्बन्धी आवश्यक विवरण संकलन गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले आज एक वक्तव्यमार्फत् सेवाग्राहीको भीड बढेको गुनासो आएका कारण जिल्ला तहबाट नभई स्थानीय तहबाटै विवरण संकलन गर्न निर्देशन दिएको बताए ।
विभागले एक सूचना जारी गर्दै २४ जेठको मन्त्रिपरिषद्को निर्णयअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने व्यवस्था गरेको हो ।
झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँका लागि यस्तो अनिवार्य व्यवस्था गरिएको हो ।

रामेछाप । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्व १ करोड ९७ लाख ८१ हजारको बजेट ल्याएको छ ।

नगरपालिकाको उपप्रमुख ईश्वरी बस्नेतले सार्वजनिक गरिएको बजेटमा चालु तर्फ ७० करोड ३५ लाख १० हजार र पुँजीगत तर्फ ३१ करोड ६२ लाख ७१ हजार रहेको छ ।
कुन क्षेत्रमा कति बजेट ?
नगर उपप्रमुखबाट प्रस्तुत गरिएको आ.व ०८१/८२ को बजेट वक्तव्य
पूर्वाधार विकास तर्फ :
१. नगर वडा साझेदारी : विकासमा बराबरी भन्ने आशयलाई मूर्तरूप दिन सम्बन्धित वडाले न्यूनतम रु २० लाख साझेदारी गरेमा नगरबाट शतप्रतिशत
रकम थप गरी त्यस्ता आयोजनामा रु ४० लाख रकमका आयोजना संचालन हुनेगरि कार्यक्रम संचालनका लागि रू २ करोड ८० छु लाख
२. विभिन्न भैपरी दायित्वका लागि रू १५ लाख
३. मन्थली नगरक्षेत्रभित्र फोहोरमैलाको उचित व्यवस्थापन गर्न ल्याण्डफिल्ड साईट निर्माणका लागि रू ५० लाख
४. पूर्वाधार क्षेत्र अन्तर्गत संचालन हुने आयोजनाको गुणस्तर परीक्षण गरी आयोजनामा निर्माणको गुणस्तर परीक्षण गर्ने ल्याव निर्माणको लागि रु २० लाख
आर्थिक विकास क्षेत्र :

१. कृषि क्षेत्र समग्र विकासका लागि रु ६० लाख
२. पशुपंक्षी विकासका समग्र कार्यक्रमहरु सञ्चालनका लागि रु ७० लाख
३. सहकारी संस्थाहरुको नियमन गरी सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ समग्र सहकारी गतिविधि मार्फत सहकारी क्षेत्रको प्रवर्धन र सहकारी सुशासनका लागि लागि रू. १५ लाख
४. लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि रु ३० लाख
५. सांस्कृतिक तथा धार्मिक ऐतिहासिक तथा पुरातात्विक बस्तुहरूको संरक्षण र सम्बर्धनको लागि रु २५ लाख
सामाजिक विकास तर्फ :
१. शिक्षा युवा तथा खेलकुदको समग्र कार्यक्रम सञ्चालन गर्न रु ५ करोड ३२ लाख
२. स्वास्थ्य सेवाका समग्र कार्यक्रमहरु सञ्चालन गर्न रु २ करोड ५ लाख
३. सार्वजनिक उद्यान तथा ‘ व्यायमशाला निर्माण गर्नका लागि रु २० लाख
४. नगरक्षेत्रभित्रका अत्यन्तै सुख्खाग्रस्त क्षेत्रको बासिन्दाको पिउनेपानीको व्यवस्थापन गर्नको लागि रु ३० लाख
‘दही मोही खाऔँ, कोल्डड्रिङ्स भगाऔँ’ नारा राखेर रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड बजेट
काठमाडौं : सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभू चसिडोल बस्ने ३७ वर्षीय विकास राउतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट २०६६ पुस २६ गते उक्त मुद्दामा ५ महिना १५ दिन कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर लुभू चसिडोलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल को ७ औं केन्द्रिय महाधिवेशन समपन्न भएको छ ।
असार ८ र ९ गते बानेश्वोर थापागाउँ स्थित काठमाडौँ बैन्केटमा सम्पन्न भएको तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल को ७ औं केन्द्रीय महाधिवेशनबाट सर्बसम्मत रुपमा संबिधान सभा सदस्य समेत रहेका डिल्लीमान तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।
प्रधानमन्त्री एबं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको उक्त कार्यक्रममा अर्थ मन्त्रि बर्षमान पुन, संस्कृति तथा पर्यटन मन्त्रि हित बहादुर तामाङ लगाएतको उपस्थिती रहेको थियो ।
काठमाडौंमा सम्पन्न ७ औं राष्ट्रिय महाधिवेसनले तामाङको अध्यक्षमा १५१ सदस्यि कार्यसमिति सर्वसम्मत चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा सोमबले तामाङ, उपाध्यक्षहरुमा मनोज तामाङ, गोपिलाल सिङतान, बेतीबहादुर मुक्तान, हरिजंग तामाङ, अविरल जिम्बा, हिमाली गोले र प्रेमकुमार लामा निर्वाचित भएका छन्।
यस्तै महासचिवमा लिलाकुमार घलान तामाङ, सचिवहरुमा मिलन तामाङ, रक्षबहादुर तामाङ(युनिक) र कोषाध्यक्षमा उषा तामाङ चयन भए। लामो समय निश्कृय रहेको माओवादीका जातिय मोर्चाहरु पछिल्लो समय पुनरजिवित हुन थालेका छन् ।
रामेछाप । रामेछाप नगरपालिकाले ‘दही मोही खाऔँ, कोल्डड्रिङ्स भगाऔँ’ जस्ता आकर्षक नारा राखेर आर्थिक वर्ष २०८१/०८२ को लागि ७३ करोडको बजेट सार्वजनिक गरेको छ ।
आइतबार नगरपालिकाका उपप्रमुख बाला कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएकी हुन् । नगरपालिकाले चालु तर्फ ५४ करोड ७ लाख १५ हजार ५ सय रुपैयाँ विनियोजन गरेको छ । पुँजीगततर्फ भने १८ करोड ९८ लाख ७२ हजार ९ सय ८३ रुपैयाँ विनियोजन गरिएको छ । बजेट तथा नीति कार्यक्रममा नगरले सडक निर्माणलाई जोड दिएर २ करोड माथिका ४ योजना सडक स्तरोन्ति लागि बजेट विनियोजन गरेको छ ।
नगरप्रमुख लवश्री न्यौपानेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि वडा नं १ को चण्डेश्वरी माध्यमिक विद्यालयलाई प्रशासकीय केन्द्र मानी मेघा विद्यालय सञ्चालन गरिने उल्लेख छ । विद्यालयमा साथीबाट सिक्ने साथीलाई सिकाउने प्रणाली अपनाइने नीति तथा कार्यक्रममा राखिएको छ ।
यसैगरी साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पतालमा रूपान्तरण गर्ने, गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम , स्थानीय रैथाने बाली संरक्षण लगायतका कार्यक्रम पनि राखिएको छ।
सिन्धुली: हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय १५ किलो ९३ ग्रामसहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका-६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीस्थित गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले गोठको तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेआयोजक संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

गोलेले दिएको जानकारी अनुसार प्रतियोगितामा खुला र उमेरसमूहमा गरी जम्मा ६५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सट कोर्स प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने उनले बताए ।
राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सहभागिताका लागि अनलाइन दर्ता खुला गरिएको छ ।
खेलहरु सातदोबाटोस्थित हिटिङ पौडी पोखरी खेलाइने छ । गत बैशाख ८ गते पौडी संघको नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि संघको यो पहिलो प्रतियोगिता हो ।





