२०८३ बैशाख २० आईतवार
२०८३ बैशाख २० आईतवार

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेकामा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीको पूर्व गैडाकोट नगरपालिका–१३ का २६ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–१३ का २५ वर्षीय अञ्जिल गुरुङ रहेका छन् ।

हिमालय एयरको उडानमार्फत कतारबाट नेपाल आउने क्रममा खाँले कम्मरमा लुकाएर सुन ल्याएको भेटिएपछि उनलाई सिनामङ्गलबाट पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

सुरक्षा जाँचका क्रममा खाँको साथबाट निलो रङ्गको जिन्स पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइछिपाइ राखेको अवस्थामा झण्डै १० लाख पर्ने ६९ दशलमव आठ सय ९० ग्राम तौलको ब्रासलेट र ११ दशमलव छ सय ५० ग्राम तौलको बेरुवा औँठी फेला पारिएको जिसीले बताए ।

खाँले सुन ओसारपसार कार्यमा सन्तोष परियार र अञ्जिल गुरुङको पनि संलग्नता रहेको बताएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । बिहीबार पक्राउ परेका उनीहरुलाई भन्सार ऐनअनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन् । आज (शुक्रबार) पार्टी स्थापना दिवसको अवसर पारेर रास्वपाले चियापान समारोहको आयोजना गरेको थियो ।

चियापान समारोहमा सहभागी भएका पूर्व प्रधानमन्त्री भट्टराईले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पुराना दलहरुसँग धेरै लसपस नगर्न सुझाव दिएका छन् । पुराना दलहरुसँगको लसपस जारी नै रहे रास्वपा चाँडै नै विलाएर जाने उनको भनाइ छ ।

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताएका छन्।

नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उनले असार १६ गतदेखि पार्टीको महाधिवेशन आएको भन्दै पार्टीको महाधिवेशन रोक्नसक्ने कुनैपनि शक्ति नेपालमा अहिले नरहेको बताए।

उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने बताए। उनले पार्टीको महाधिवेशनलाई सफल बनाउन एकतावद्ध हुनुपर्ने बताए। उनले महाधिवेशनलाई ऐतिहासिक, प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाउन आग्रह गरे।

उनले भने, ‘हामी नौ दिनपछि हाम्रो १० औं महाधिवेशन उद्घाटन गर्न गइरहेका छौँ। यसको पूर्वघडिमा यो फुटबल आयोजना गरेर महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिप्रेरित गर्ने काम खेलकुद महासंघदले गरेको छ। महाभिवेशन हाम्रो कम्युनिष्ट आन्दोलनको इतिहासमा नै अत्यन्त महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुँदैछ। यसलाई सफलीभुत पार्नु हाम्रो पार्टीका सम्पूर्ण समर्थक, शुभचिन्तकहरुको प्रमुख अभिभारा हो। हामी तम्तयारी जसरी अघि बढाउँदै छौँ, अब यो महाधिवेशन सफलतापूर्वक सम्पन्न हुन्छ नै। यसलाई रोक्न, छेक्न, डिस्टर्ब गर्नसक्ने कुनै शक्ति अहिले नेपालमा छैन कमरेडहरु। यो सफल हुन्छ नै। यसलाई सफलीभुत बनाउन सबै एकतावद्ध हौँ। ऐतिहासिक महाधिवेशन बनाऔँ। प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाऔँ।’

सम्मानित नेता खनालले पार्टीको महाधिवेशन कम्युनिष्ट आन्दोलनको इतिहासमा नै महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुन लागेको बताए।

काठमाडौँ । काठमाडौँको कोटश्वरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको हो ।

बा३क ३०५३ नम्बरको अलकत्र बोक्ने टिपरमा बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बर स्कुटर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरमा सवार लक्ष्मी श्रेष्ठको मृत्यु भएको हो । घटनापछि प्रहरीले टिपर चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात व्यक्तिहरूले भैंसेपाटीका मनोज कुमार बानियामाथि खुकुरी प्रहार गरेका हुन् । बानियाले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश राज सुवेदीले लोकान्तरलाई बताए । ​

टाउको र हातमा चोट लागेका बानियाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको सुवेदीले जानकारी दिए ।

उनले भने, ‘आपसी विवादमा खुकुरी प्रहार गरेको देखिन्छ, हामीले कटेज नजिकै रहेको सीसीटीभी फुटेज समेत हेरेर थप अनुसन्धान गर्दैछौं ।’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन समितिले काम शुरु गरेको छ । समितिले सिंहदरबारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याई काम शुरु गरेको समितिका सदस्य जानकीवल्लभ अधिकारीले जानकारी दिनुभयो ।

समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाण्डौ उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबिन गर्नेछ ।

मन्त्रिपरिषद्को गएको जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्रा. डा. प्रेमसागर चापागाईं तथा सदस्य सचिवमा सुशीला अधिकारी रहनुभएको छ । समितिलाई तीन महिनाको अवधि दिइएको छ ।

हेटौंडा । बागमती प्रदेशका प्रतिपक्षी दलहरूका सांसदको योजनामा बजेट थप्ने सहमतिपछि प्रदेश सभाको अवरोध हट्ने भएको छ ।

हेटौंडास्थित मुख्यमन्त्री निवासमा भएको सत्तारुढ र प्रतिपक्षी दलबीचको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा प्रतिपक्षी सांसदका योजनामा बजेट थप गर्ने सहमति भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले बजेट असन्तुलित भएको र सच्याउनुपर्ने मागसहित बजेटमाथिको छलफलका लागि बोलाइएको बिहीबारको प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए ।

आज शुक्रबारको बैठक ११ बजे बोलाइए पनि सहमति हुन नसक्दा अपराह्न ३ बजेसम्म सञ्चालन हुन सकेको छैन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले विकास बजेट थप गर्ने सरकारले प्रतिबद्धता जनाएको बताए ।

काठमाडौँ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो ।

बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपदबाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो । गत जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकामा ठूलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए ।

“बागमती प्रदेशमा मनसुन सक्रिय हुन थालेको ठूलो पानी आएर मेलम्ची नदीको पानीको बहाव बढ्नसक्ने र आयोजनामा क्षति हुनसक्ने जोखिम कम गर्न आजदेखि सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेका थियौँ”, उनले भने , “आजको अवस्था हेर्दा नदीमा पानीको बहाव बढेको छैन, नदी पनि सफा छ । तत्काल आयोजना बन्द गरिहाल्नुपर्ने अवस्था नदेखिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाउनेछौँ ।”

लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली विकास बैंक (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन् । “हामीले पटकपटक मेलम्ची बन्द गर्ने तयारी गरेका पनि हालसम्म सञ्चालन गरिरहेका छौँ”, उनले भने, “उपत्यकामा मेलम्चीको पानी पठाउन कहिलेदेखि आयोजना बन्द गर्ने भनेर यकिन दिन तोक्दैनौँ, जहिलो ठूलो वर्षा भएर जोखिमको खतरा बढ्छ, तत्काल बन्द गर्नेछौँ ।”

समितिले मनसुन अवधिमा विपत्तिको जोखिम कम भएपछि मात्रै मेलम्चीको पानी पठाउन सुरु गर्ने तयारी गरेको छ । मनसुनी जोखिम बढ्ने देखिएमा मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउने लामिछानेको भनाइ छ । मनसुनजन्य विपत्तिबाट आयोजनाको हेडबक्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सरकारले वर्षा सुरु भएसँगै खानेपानी बन्द गर्ने र वर्षा सक्रिएपछि खोल्ने गर्दै आइरहेको छ ।

जल तथा मौसमविज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिनेमा यस वर्ष तीन दिन चाँडो भित्रिएको थियो । मनसुन सरदररुपमा अक्टोबर २ मा बाहिरिने गर्दछ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक देशभर मनसुन फैलिएको विभागले जनाएको छ ।

काठमाडौँ। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान जाने भएका छन् ।

श्रेष्ठ इरानको राजधानी तेहरानमा सोमबार (असार १० गते) आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

मन्त्रिस्तरीय बैठक अघि मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले यही असार ९ गते हुने एसिडीका वरिष्ठ अधिकारीहरुको बैठकमा भाग लिनेछन। उपप्रधानमन्त्री श्रेष्ठ यही असार १२ गते स्वदेश फर्किने तालिका रहेको छ ।

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बाग्मती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले हिजो राेशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गर्नुभएको हो ।

गाउँपालिकाको टोल बस्तीभित्र गरिएको सर्वेक्षणअनुसार छ हजार सात सय ५२ घरका चार वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका पाँच हजार सात सय चार बालबालिका विद्यालयमा भर्ना भएका छन् ।

सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा भइसकेकोले रोशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको महानिर्देशक सुवेदीले बताउनुभयो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।