
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले निर्वाचन हुन बाँकी रहेका राष्ट्रिय खेल संघको निर्वाचन सम्भव तुल्याइ छाड्ने बताएका छन् ।
एथलेटिक्स परिवार नेपालको आयोजनामा सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘म परिषद्मा आउँदा २ सय भन्दा बढीको हारीहारीमा राष्ट्रिय खेल संघ थिए । निर्वाचन कुन चराको नाम हो जस्तो थियो । अहिले ६१ राष्ट्रिय खेल संघ कायम गरिएको छ । ४३ वटाको निर्वाचन भएको छ । बाँकीको निर्वाचन हुन सकेको छैन । तिनि भित्र एथलेटिक्स संघ पनि परेको छ । म यहाँहरुलाई के विश्वास दिलाउन चाहन्छु भने एथलेटिक्स संघको निर्वाचन प्रक्रिया पनि छिट्टै आरम्भ हुनेछ ।’
सदस्य–सचिव घिसिङले भने– ‘सामान्तय परिषद्ले कुनैपनि संघमा हस्तक्षेपकारी कदम चालेको छैन । मैले संघहरुलाई व्यवस्थित बनाउनका निम्ति ध्यानाकर्षण गराउने काम भने गरेको छु । त्यसलाई हस्तक्षेप मान्नु भएन । एउटा विधिमा हिडाउनका निमित्त मात्र कोसिश गराएको हुँ । त्यो एउटा सत्प्रयासबीचमा ४३ वटा संघको निर्वाचन हुँदो रहेछ भने बाँकी संघको पनि निर्वाचन सम्भव तुल्याइ छाड्ने छु ।’
काठमाडौँ । माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकार सञ्चालनको विषयमा एमालेसँग कुनै खटपट नभएको बताएका छन् । उनले बजेटको विषयमा एमालेको असन्तुष्टिलाई लिएर कुनै समस्या नभएको बताएका हुन् ।
साथै उनले सरकारलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जसपा)लाई सरकारमा ल्याउन एमालेसँग निरन्तर छलफल भइरहेको समेत स्पष्ट पारे ।
‘बजेटलाई लिएर एमालेको असन्तुष्टिले सरकार सञ्चालनमा खटपट आएको छैन । नाउपा र जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा एमालेसँग छलफल भइरहेको छ । उसको माग बमोजिम जपाले मधेसमा मुख्यमन्त्री पाइसकेको छ । सङ्घ सरकारमा ल्याउने विषयमा पनि कुरा भइरहेको छ । अहिले नाउपा मात्र सरकारमा आउने भए एक सिट खाली गर्नुपर्छ । एमाले र माओवादीले मध्ये कसले खाली गर्ने विषय टुङ्गिएको छैन । दुवै पार्टी सरकारमा आउने भए दुई पार्टीले एक÷एक सिट खाली गर्नुपर्छ’, उनले भने ।’
अर्थमन्त्री वर्षमान पुनले संसद्मा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को बजेटलाई लिएर सत्ताको मुख्य घटक एमालेले असन्तुष्टि पोख्दै आएको छ ।
काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली चारघरे डेरा गरी बस्ने चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो भन्ने सोनाम गुरूङलाई 999.9 Gold 1 Kg लेखिएको अवैध सुन ६ थान र नगद ४८ लाख रूपैयाँसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
२०८० साउन २ गते बरामद भएको ६० केजि अवैध सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद बिक्री वापत अवैध सुनको भुक्तानी USDT बाट दिने मानिसहरूको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले अवैध सुन र USDT को कारोवारमा संलग्न उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको कोठाबाट उक्त सुन र नगद बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको ‘सुपर ८’ को समिकरण पुरा भएको छ ।
नेपाललाई हराउदै बंगलादेश ‘सुपर ८’ मा प्रवेश गरेसँगै सुपर ८ मा पुग्ने टोलीको टुंगो लागेको हो ।बंगलादेश ‘सुपर ८’ मा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
विश्वकपको सुपर एटमा समूह ‘ए’ बाट भारत र अमेरिकाले स्थान बनाएका छन् भने समूह ‘बी’ बाट अस्ट्रेलिया र इङ्ल्यान्डले अन्तिम आठमा स्थान बनाए ।
समूह ‘सी’ बाट अफगानिस्तान र वेस्टइन्डिज अन्तिम आठमा पुग्दा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा पुगेका हुन् ।
सुपर आठको १ नम्बर समूहमा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहँदा सुपर आठको २ नम्बर समूहबाट अमेरिका, इङ्ल्यान्ड, वेस्टइन्डिज र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने छन् ।
हरेक समूहबाट शीर्ष दुईमा रहने टिमले सेमिफाइनलका लागि स्थान बनाउने छन् ।





