२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

काठमाडौँ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा विपक्षी दलको बैठक बोलायो । बैठकमा मधेस प्रदेश सरकारबारे छलफल गर्न एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति रहेको थियो ।

वार्तामा वर्तमान राजनीतिक अवस्था र मधेस सरकार गठनको बारेमा छलफल भएको जसपाका अध्यक्ष यादवले बताए । मधेसमा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।

१०७ सदस्यीय प्रदेश सभामा मधेसमा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा एकीकृत समाजवादीले समर्थन गरे बहुमत पुग्छ ।

बैठकमा सहभागी एकीकृत समाजवादीका प्रमुख सचेत मेटमणि चौधरीले मधेस प्रदेशमा जसपा नेपालका सरोज कुमार यादव नेतृत्व सरकार जोगाउन आफ्नो दलले पनि समर्थन गर्ने बताए । मधेस प्रदेश सरकार जोगाउन एक मत भएका छौँ । यसको बाछिटा अन्य प्रदेश र केन्द्र सरकारसम्म पर्छ ।

मधेसमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यादव सरकार अल्पमतमा छ ।

विपक्षी दलमा माधव नेपाल सहभागी भएसँगै सत्तारुढ दलभित्र खैलाबैला मच्चिएको छ । सरकारले महतवपुर्ण विषयमा निर्णय गर्दा आफुलाई सहभागी नगराएको भन्दै उनले सार्वजनिक रुपमै प्रधानमन्त्री प्रचण्डको आलोचना गर्दै आइरहेका छन् । उनले सरकार परिवर्तन गर्न सक्ने शक्ति आफुसँग भएको भन्दै वेवास्ता नगर्न समेत चेतावनी दिँदै आइरहेका छन् । समाजवादीले विपक्षी दलसँग गएर मधेस प्रदेश सरकार गठन गरेमा केन्द्रिय सरकार पनि धरापमा पर्न सक्ने एक नेताले बताएका छन् ।

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।

थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको सिरोहियाका वकिल रमन कर्णले जानकारी दिए ।

अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।

अध्यक्ष सिरोहियालाई जेठ ८ गते साँझ थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयको कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

यसरी रिहा भए कैलाश सिरोहिया

सिरोहियाको नागरिकता नम्बर राख्ने क्रममा फाँटवाला कर्मचारीले गरेको त्रुटिमा सेवाग्राही जिम्मेवार नहुने देखिएको पाइएपछि उनलाई हिरासतमुक्त गरेको सिरोहियाका तर्फबाट जिल्ला अदालतमा बहस गरेका अधिवक्ता कर्णले बताए ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ ।

काठमाडौं । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्ने उद्देश्य कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । मे २९ अर्थात ‘एभरेष्ट डे’ का अवसरमा सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरिएको हो ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको रेस्लिङमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच भिडन्त भएको थियो । खेलमा भगवतीले बाजी मारिन् ।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन् । जोगिन्दार पानवाला उपनामले चिनिएका हास्य कलाकार शिवशंखर रिजालले प्रस्तुतिसहित कार्यक्रम सञ्चालन गरेका थिए ।

मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । अल अराउन्ड ट्रेक्सका एमडी सोनम शेर्पाले कार्यक्रमका लागि सहजीकरण गरेका थिए ।

काठमाडौं, १६ जेठ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीहरूले प्रदर्शन गरेको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणाको श्रोत बन्न पुगेको बताएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएको हो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका महिला सदस्यहरू समाजमा अन्याय र जोखिममा परेका महिलाहरूका लागि आशा र प्रेरणाको स्तम्भको रूपमा उपस्थित हुनु खुसी र गर्वको विषय रहेको बताए । समाजका अप्ठ्यारा र बाधालाई परास्त पार्दै काममा तल्लीन महिला प्रहरीहरूले समग्र महिलाहरूलाई साहसी, व्यावसायिक र निस्वार्थ सेवामा लाग्न प्रेरित गर्ने विश्वास उनले गरे । अपराध अनुसन्धान, शान्ति सुव्यवस्था, नागरिक सहायता मात्र होइन खेलकुद, संयुक्त राष्ट्र संघ शान्ति मिसन, अन्तर्राष्ट्रिय सम्मेलन तथा समारोहमा नेपाल प्रहरीको प्रतिनिधित्व गरी राष्ट्र र प्रहरी संगठनको शीर उच्च पार्न महिला प्रहरी कर्मचारीहरू सफल रहेको उनको भनाइ छ ।

कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोगका सहसचिवहरूका साथै विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिकाका विषयमा आ-आफ्नो विचार व्यक्त गरेको थियो । 

प्रहरी निरीक्षक मनिषा बुढाथोकीले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूबीच नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास सम्बन्धी खुल्ला छलफल तथा अन्तरक्रिया  समेत भएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयद्वारा आयोजित अन्तरक्रियामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, पूर्व प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो । 

बारा : नक्कली नेपाली रूपैयाँ १३ लाख १६ हजारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका-६ बस्ने २५ वर्षीय राजन चौधरी, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका-१ बस्ने १९ वर्षीय मोहन कुमार साह र भारत विहार मोतिहारी थाना झरौखर पञ्चायत कबैया ग्राम खरसलवा-७ बस्ने ४० वर्षीय महमद आलम रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले मोहन कुमार साहलाई सिम्रौनगढ नगरपालिका-९ सानो बसवरीयाबाट वीआर ०६ एडब्लु २७५८ नम्बरको मोटरसाइकलसहित १ हजार दरको ७ सय ७ थान र सिम्रौनगढ नगरपालिका-९ ठूलो बसवरीयाबाट साइकलमा आउँदै गरेका महमद आलमलाई १ हजार दरको ६ सय ९ थानसहित पक्राउ गरेको हो । साथै राजन र आकाशलाई उक्त कार्यमा संलग्न रहेको खुल्न आएपश्चात उनीहरूलाई समेत पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री पाण्डेसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेपाली कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिएका छन् । गुरुङले अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले आज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्चको पत्र आज मात्रै आइपुगेकोले आजै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । गएकाे साेमवार सर्वोच्च अदालतले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

मुख्यमन्त्री नियुक्त पाण्डेले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ ।खगराजलाई विश्वासको मत दिने बेला तटस्थ बसेको दुई सदस्यीय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाण्डेलाई साथ दिए पनि एक जना अझै आवश्यक पर्छ । खगराज अधिकारी नेतृत्वमा रहेको सरकारमा मन्त्री रहेका दीपक मनाङेले पनि मत दिने र विश्वासकाे मत पाउने कांग्रेसको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतकाे उपचार गर्न फेरि वीर अस्पताल पुगेका छन् । यसअघि २६ वैशाखमा वीर अस्पतालमै उनकाे दाँतकाे उपचार गरिएकाे थियाे ।

प्रचण्ड बुधबार अपराह्न फेरि दाँतकाे उपचारका लागि वीर अस्पताल पुगेका हुन् ।

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा बजारस्थित जनागालमा नम्बर नखुलेको एउटा ट्रकले बुधबार अपरान्ह चारवटा गाडीलाई ठक्कर दिएको छ।

ट्रकले ठक्कर दिँदा सडकमै एउटा कार पूरै किचिएको छ । पछाडिबाट ट्रकले ठक्कर दिँदा अगाडिको भ्यानसँग जुध्न पुगेको कार अगाडि पछाडि दुवैतिरबाट कामै नलाग्ने गरी क्षतिग्रस्त भएको छ ।

ट्रकले हानेपछि कारभन्दा अगाडिको भ्यान पनि क्षतिग्रस्त भएको छ । उक्त भ्यानले अगाडिको अर्को कारलाई पनि ठक्कर दिँदा क्षति भएको छ ।

काठमाडौँ । गायक पासाङ लामा र गायिका सर्मिला तामाङको आवाजमा ‘हुन्छरे मत दुइटिको पोई ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका सर्मिलाकाे युट्युव च्यानलमा बुधबार सार्वजनिक गरिएकाे गितमा प्रेमि प्रेमिकाकाे बीचमा हुने मनोभावलाइ समेटेर तयार पारिएकाे देखिन्छ । जुन गितकाे शब्द गायक पासाङले लेखेका हुन् भने जोगलाल लामाले स‌‌गीत भरेका छन् । जोगलाल कै एरेन्ज रहेको गितलाई दिपेस प्रधानले मिक्सिङ मास्टरिङ गरेका हुन् ।

बाबू जिम्बाको निर्देशन र मरुभुमि नारायनको छायांकन रहेको भिडियोलाई डिके हमालले सम्पादन गरेका हुन ।

भिडियोमा बाबू जिम्बा, निर्मला मोक्तान, सुस्मा तामाङ र हेमन्त लामाको अभिनय रहेको छ। यो सेलोको छायांकन भने काभ्रे भन्ज्याङमा गरिएको हाे ।

गायक पासाङ र गायिका सर्मिलाको सहकार्यमा यस अघि हावा चल्यो सिरिरि, ठुली कान्छी, ठेकिको दहि, लुगा त लाउने श्यामा र बख्खु जस्ता झण्डै आधा दर्जन गित बजारमा ल्याइसकेका छन् ।

धौलागिरी एडभन्चेरको पहलमा अस्ट्रेलियाको मेलबर्न ७१ औ अन्तर्राष्ट्रिय सगरमाथा महोत्सव भब्यताका साथ सम्पन्न भएको छ । पहिलो मानव पाइला टेकेको सम्झनालाई सन्देश दिन र नेपालको पर्यटन प्रबर्द्धन गर्ने ध्येयका साथ आयोजित कार्यक्रमलाई हिमालय आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलियाको सहकार्यमा आज एक समारोहका माझ मेलबर्न स्थित आस्केट भेलमा सगरमाथा दिबस महोत्सव आयोजना गरिएको छ। प्रबासका नेपालीहरु,अस्ट्रेलियन,अमेरिकन एब अफ्रिकन आगन्तुकहरु बाग्लो उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा अस्ट्रेलियाका संघिय साम्सद पिटर कलीले आफ्नो मन्तब्यका क्रममा नेपालसग अस्ट्रेलिया निकटम भाइचाराको सम्बन्ध रहेको प्रकाश पार्नु भएको थियो।उहाले कुटनैतिक क्षेत्रमा उल्लेख सम्बन्ध रहेको बताएका छ्न ।

मन्तव्यकै क्रममा पिटरले आफू नेपाल भ्रमण गरिसकेको र सगरमाथाको चर्चा समेत गर्दै आगामी दिनमा नेपाल भ्रमण गर्न रुचाएको बताए।कार्यक्रममा मेरिबेकी नगरका उपमेयर ल्याम्बरस तापनिजले नेपालीहरु आफ्ना नगरभित्र उल्लेख्य संख्यामा बसोबास गरिराखेकोले नेपालीको सस्कृती प्रती अगाध माया र सदभाव रहेको बताए।निकट भबिष्यमा नेपालको नगरपालिका सग भगिनी शहर बनाउने तयारी रहेको समेत ल्याम्बरसले बताए ।

धौलागिरी एडभेन्चरका निर्देशक डिएन घिसिङले नेपालको पर्यावरण र सस्कृती बारे चर्चा गर्नुका साथै नेपाल भ्रमण गर्न आग्रह समेत गरेका थिए ।

सोही कार्यक्रममा आयोजक सदस्य जिम लिमार्डले नेपाल भ्रमणमा देखिएका आकर्षक स्थान बारे चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा अस्ट्रेलियामा क्रियाशिल सस्था फिन्काका अध्यक्ष बम योन्जनले मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रममा डा.राजु अधिकारले उच्च हिमाल र सगरमाथाको जलबायु परिबर्तन बारे समिक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा एनआरएनका उपाध्यक्ष मनि रतन सापकोटा,पुर्ब अध्यक्ष केशब कंडेल,सामाजिक सक्रिय राम कुमार श्रेष्ठ,बिनित शर्मा लगाएत सामाजिक क्रियाशिल ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालको डकुमेन्ट्री ,फोटो प्रदर्सनी एब सास्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने दाताहरुलाई सभापति थोमस केप्लरले प्रसम्सा पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रमलाई डोमा लामाले संचालन गरेका थिए।हिमालय आउट्रीच ईन्टरनेशनलकि अध्यक्ष उर्मिला लामाले सहभागी सबैलाई धन्यवाद ब्यक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।