
काठमाडौँ । सगरमाथामा मानव पाइला टेकेको ७१औ बर्ष पुगेको अबसरमा अस्ट्रेलियाको मेलबर्नमा बृहत सगरमाथा महोत्सव हुने भएको छ। धौलागिरी एडभेन्चर प्रालीको समन्वयमा एप्राइजिङ कन्सल्टेन्टको तत्वधान एब हिमालयन आउट्रीज अस्ट्रेलियाको आयोजनामा मेलबर्नस्थित आस्केट भेलमा यहि मे २९मा आयोजना हुने आयोजकले जनाएको छ।
आयोजक समितीका अस्ट्रेलिया संयोजक हाम्जा वारियोका अनुसार सगरमाथाको देश नेपाल र नेपाली सग अगाध प्रेमपुर्ण सद्भाव भएकोले पनि आफूले बृहत महोत्सव आयोजना गर्न पहल गरेको बताए।
नेपाल पर्यावरण बृतचित्र,फोटोप्रदर्शन,सास्कृतीक गतिविधि लगाएत कार्यक्रम हुने जनाएका छ्न।अस्ट्रेलियाका स्थानीय सरकारी अधिकारीहरु एब मेलबर्न स्थित नेपाली कुटनैतिक नियोगका प्रतिनिधि,प्रबासी नेपाली संगठनका पदाधिकारीहरुको सहभागीता हुने आयोजना समितिले जनाएको छ।सो कार्यक्रममा अफ्रीकन,अमेरिकन ,अस्ट्रेलियन एब नेपालीहरुको उपस्थिति रहने जनाएका छ्न।
कार्यक्रमलाई भब्यताका साथ आयोजना गर्न थोमस किप्लर (अमेरिकी )अध्यक्षतामा ५सदस्यीय मुल आयोजक समितिगठन गरिएको छ।समितिमा हाम्जा वारियो,जिम कोमार ,मोमम्द अमिद ,डम्बर काफ्ले लगाएत रहेका छ्न। कार्यक्रमलाई नेपाल टेलिभिजन (एनटिभी)ले मिडिया सहकार्य गरेका छ्न ।
काठमाडौँ । नेपाल प्रहरिको वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराई काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखा आउन साथ गुण्डागर्दी गर्ने गुण्डाहरु धमाधम पक्राऊ पर्न थालेका छन् । सानुराम भट्टराई महाशाखा आउनु भन्दा अगाडी राष्ट्रिय सुरक्षा परिषद सचिवालय सिंहदरबारमा थिए ।
सानुराम भट्टराई महाशाखा आउन साथ गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भएर ललितपुर बस्ने २६ वर्षीय मिलन तामाङ र तेमाल गाउँपालिका–७ घर भएर भक्तपुर बस्ने २८ वर्षीय विजय लामा छन् ।
२०८० फागुन १७ मा उनीहरुले काठमाडौँ–३२ कोटेश्वरस्थित केएलसी क्लब अगाडि राजन बरुवाललाई अंगभंग हुनेगरी कुटपिट गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।
उनीहरू ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मी स्थानबाट पक्राउ परेका हुन् । उनीहरुलाई पिल्लर न ८ र पिल्लर न ४ को सहकार्यमा पह्रौ गरेको भटराईले बताए ।
मिलन पटक–पटक अपराधमा संलग्न रहेको भेटिएको छ । उनीविरुद्ध २०७३ फागुनमा ललितपुर प्रहरीले जुवा सम्बन्धी कसुरमा मुद्दा चलाएको अपराध रेकर्ड भेटिएको छ । उनीविरुद्ध बानेश्वर प्रहरीले २०७४ पुसमा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । प्रहरी वृत महाराजगञ्जले उनीविरुद्ध अभद्र व्यवहार, गौशाला प्रहरीले अभद्र व्यवहार तथा डाँकाचोरी सम्बन्धी कसुरमा मुद्दा चलाएको अपराध रेकर्डबाट देखिएको छ ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा सकिएको छ ।
रिट सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेशी तोकिएको थियो । आज हेर्दा हेर्दैमा सकिएपछि यो रिटको अर्को सुनुवाई भोलि हुने भएको छ ।
यसअघि सो रिटमा गत बुधबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी आगामी ८ गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ।
धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ साढे ६ बजे थापाथलीस्थित कान्तिपुर कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालय पुगेको थियो। केही समयपछि कार्यालयकै प्रमुख एसएसपी सानुराम भट्टराई पनि कान्तिपुर पुगेका थिए। उनीहरूको टोलीले कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो।
प्रहरीले सिरोहियालाई पक्राउ गरेपछि कान्तिपुर परिसरमा गृहमन्त्री रवि लामिछानेविरूद्ध नाराबाजी पनि भएको थियो। सिरोहियाले आफूमाथि कार्यकक्षबाटै पक्राउ गरिएको बताए।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेको थियो।
हेटौँडा । बागमती प्रदेशको सुरक्षा समन्वय समितिको बैठक आजबाट हेटौँडामा हुने भएको छ । बैठकमा सहभागी हुन चार वटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौँडामा भेला भएका छन् ।
आज दिउँसो ३ बजेबाट सुरु हुने वाग्मती प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको बैठकको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
बैठकमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित प्रदेशअन्तर्गत १३ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागी हुँदैछन्
बैठकमा आज मुख्यमन्त्री सहित आन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठ, गृह सचिव एक नारायण अर्यालले सम्बोधन गर्ने कार्यक्रम छ ।
रौतहट । संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गौर नगरपालिका-५ बस्ने ५८ वर्षीय राजु मिश्रलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
मिश्र समेतले गौर नगरपालिका-३ बस्ने २७ वर्षीय रोहित कुमार जैसवाललाई २०७८ पुस २० गते साँझ फिरौती रकम माग गर्ने उद्देश्यले झुक्काई अपहरण गरी भारतको बैरगिनियामा लगि बन्धक बनाई हत्या गरी शवलाई जुटको बोरामा हाली नन्दवारा पुल मुनि फालेको घटनामा संलग्न मिश्रलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका-१ स्थित नेपाल भारतको बोर्डर भन्सार नजिकबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत रौतहटमा पठाइएकोमा अदालतको आदेशले पुर्पक्षको लागि गौर कारागारमा पठाइएको छ ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ ।
यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस गरेका छन् ।
नेपाली कांग्रेसले संसद अबरोध गरेको पछी प्रतिनिधि सभाको बाथक स्थगित भएको हो । अब अर्को बैठक जेठ ११ गते ११ बजे बस्ने सभामुख देवराज घिमिरेले बताएका छन् ।
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएपछी प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री बन्द्री पाण्डेले आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न खोजे आफूहरू मौन नबस्ने चेतावनी दिए ।
उनले भने, ‘कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानूनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ । तर, आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने कांग्रेसले राणालाई सहेन, राजालाई सहेन । कसैलाई पनि सहँदैन ।’
कैलाश सिरोहियाविरुद्ध दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोपमा आज उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र कान्तिपुरबीच टकराबका बीच सिरोहियामाथि पक्राउ पुर्जी जारी हुनुलाई कांग्रेसले पूर्वाग्रहीको आशंका गरेको छ ।
काठमाडौँ । प्रतिनिधिसभामाको बैठकलाई सरकारले तानाशाहि प्रवृतिले अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच सरकारले बैठकलाई पेलेरै निरन्तरता दिएको हो ।
कांग्रेस सहित विपक्षी दलले सहकारी ठगीको विषयमा छानविन समिति नबनेसम्म संसद्मा विरोध जारी राख्ने निर्णय गरेको छ ।
विरोधकै बीच सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव संसद्बाट पारित भएको घोषणा गरे ।
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो ।





