२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका लागि पुगेका बिरामीको मृत्यु भएपछि आफन्तहरूले अस्पताल तोडफोड गरेका छन्।

सोमबार बेलुका इलाम घर भई पुरानो बानेश्वर बस्ने एक पुरूष उपचारका लागि केएमसी पुगेका थिए। मृतकका एक आफन्तका अनुसार ती व्यक्ति आफै अस्पताल पुगेका थिए।

‘मोही खानुभएको रहेछ। सर्किएर गाह्रो भएपछि आफैं अस्पताल पुगेर इमरजेन्सीमा पुग्नुभएको थियो। दुई-तीन मिनेट छटपटाउनु भयो। केही छिनमा बेडबाट लड्नुभयो। सुरक्षा गार्डले उठाएर बेडमा राखिदिएका थिए। त्यति बेलासम्म कुरूवालाई औषधि लिन पठाइएको मात्र थियो। बेडमा राखेपछि उहाँको मृत्यु भयो,’ बिरामीका आफन्तले भने।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले अस्पताल तोडफोड भएको जानकारी आएको बताए।

‘तोडफोड भएको जानकारी आएपछि प्रहरीको टोली पठाइएको छ। घटना के हो बुझ्न बाँकी छ,’ एसपी अधिकारीले भने।

काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको ‘द डार्क फाइल’ समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाणसहित यही वैशाख २० गते १० बजे अदालतमा वयानका लागि उपस्थिति हुन आदेश गरेको छ।

न्यायाधीश द्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज सिधाकुरा डटकम नामक अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानालाई अदालतको अवहेलना मुद्दामा सबुदसहित इजलासमा बयानका लागि उपस्थित हुने आदेश दिएकाे हो ।

यही वैशाख १४ वैशाखमा चार सयभन्दा बढी भ्रष्टाचारका मुद्दा ‘डिसमिस’ गराउन सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको ‘स्टिङ अपरेसन’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो।

आदेशमा भनिएको छ, ‘यो आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनः प्रसारणलगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नू/नगराउनू।’

अदालतले हटाउन आदेश गरेका कुनै पनि सामग्री प्रसारण नगर्न सञ्चारजगतकाे ध्यानाकर्षण गराउँदै सो कार्यान्वयनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई लेखी पठाउनाका साथ अदालतका रजिष्ट्रारले समेत सार्वजनिक सूचना जारी गर्न भनिएको छ।

सर्वोच्च अदालत प्रशासनले उक्त अनलाइनका प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुङ्गानालाई अदालतको अवहेलनामा हदैसम्म कारबाही गर्न माग गर्दै अदालतलका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन तयार गरी आइतबार इजलासमा पेस गरेका थियो।

अदालतको अवहेलनामा न्याय प्रशासन ऐन २०७३ को दफा १७ को ४ अनुसार एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले आगो लगाउँदै गर्दा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्षीय सुबास महत रहेका छन् । प्रहरीले उनलाई वनमा आगो लगाउदै गर्दा पक्राउ गरेको प्रहरीले खबर पेटिकालाइ बताएको छ ।

उनले आफ्नै गाउँको कालिकादेवी सामुदायिक वनमा आँगो लगाउँदै गर्दा जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो । महतले सामुदायिक वनको विभिन्न ठाउँमा आगो लगाउँदै हिँडेको स्थानीयले देखेपछि प्रहरी चौकी साँघुटारमा खबर गरेका थिए ।

अहिले महतलाई प्रहरी चौकी साँघुटारमा राखेर अनुसन्धान गरि राखेको प्रहरीले बताएका छन ।

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा म्याग्दी मंगला गाउँपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन र रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-११ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढा मगर रहेका छन् ।

पक्राउ पर्ने मध्ये उदिम बहादुरले युएसए पठाईदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७८ लाख रूपैयाँ ठगी गरेको र सन्ध्याले स्लोभाकिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उदिमलाई ललितपुर सातदोबाटो र सन्ध्यालाई काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

काठमाडौं: कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस-५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।  

काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ । 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको बताएका छ्न् ।

सोमबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरु पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ म भन्न चाहन्छु’, नेता नेपालले भने ।

काठमाडौँ । बझाङ १(क) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।

काठमाडौँ । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले सोमबार बिहान ११ः१० सम्मको मतगणना अनुसार ११ हजार ९ मत प्राप्त गरेका छन् ।

यसैगरी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ७ हजार २७५ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ५ हजार ८६९ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी मिलन लिम्बू १५०९ मत सहित चौथो स्थानमा रहेको छ ।

शनिबार उपनिर्वाचन भएको इलाम २ को मतगणना आइतबारदेखि जारी छ ।

स्याङ्जा । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरे पछि घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको थियो ।

चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए ।

इलाम । इलामको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो मत ल्याउन सकेको छैन ।

२३ हजार २०५ सदर मत गणना हुँदा रास्वपा उम्मेदवार मिलन लिम्बूले १४०१ मत मात्र प्राप्त गरेका छन्।

लिम्बूले आफ्नै वडामा पनि एक सय मत कटाउन सकेनन्। माङसेबुङ गाउँपालिका वडा नम्बर २ को मतगणना सकिँदा रास्वपाका लिम्बूले ९६ मत मात्रै प्राप्त गरेका छन्।

त्यो वडामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले ५८६, नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ३५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

माङसेबुङ-२ मा मुढा चिह्न भएका उम्मेदवार डकेन्द्र सिंह थेगिमले पनि अपेक्षा गरेअनुसार भोट ल्याएनन् । उनले त्यो वडामा ३१७ मत मत प्राप्त गरेका छन्।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।