
काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा आठौं प्रधानमन्त्री कप- एनभीए पुरुष तथा महिला भलिबल लिग जेठमा हुने भएको छ ।
जेठ १९ गतेदेखि सुरु हुने प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए । गत चैतमा काठमाडौंमा भएको आठौं आरबीबी-एनभीए पुरुष तथा महिला भलिबल प्रतियोगितालाई आधार मानी टिम छनोट गरिएको हो । पुरुषमा शीर्ष ८ तथा महिलामा शीर्ष ६ स्थान हात पार्ने टोली लिगमा सहभागी हुने छन् ।
पुरुषमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, नेपाल आर्मी, नेपाल प्रहरी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लबको सहभागिता रहने छ । महिलामा प्रहरी, एपीएफ, न्यु डायमन्ड, आर्मी, एभरेष्ट भलिबल क्लब, बुटवल र कर्णाली प्रदेशले खेल्ने छन् । पुरुषमा टिपटप र महिलामा प्रहरी डिफेन्डिङ च्याम्पियन हुन् । पुरुष-महिलामा सहभागी टिमले राउन्ड रोविन लिगमा एक आपसमा खेल्ने छन् । शीर्ष २ स्थानमा रहने टोली पुनः उपाधिका लागि भिड्ने छन् ।
पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ । विधागत उत्कृष्टतर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही २० हजार नगदसहित पुरस्कृत गरिने छ । उपत्यका बाहिरका टिमलाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराइने छ । उपत्यकाका टिमको हकमा खाजा खर्च वापत प्रत्येक दिन प्रत्येक खेलाडीलाई जनही २ सय ५० रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगिताको कुल पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ रहेको छ । २०६९ सालमा लिगको पहिलो संस्करण हुँदा कुल पुरस्कार राशी करिब २ लाख रुपैयाँ रहेकोमा हाल आएर उल्लेखनिय बृद्धि गरिएको अध्यक्ष चन्दले बताए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आठ दिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब करिब ७५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख रुपैयाँ उपलब्ध गराउने छ । बाँकी रकम प्रायोजन, बोर्डकास्टिङ, टिकटिङ, शुभचिन्तकलगायतबाट प्राप्त हुने आयोजकले जनाएको छ ।
आयोजक भलिबल संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक युवराज श्रेष्ठले विगतका कमी कमजोरीलाई सुधार्दै प्रतियोगिता अझ व्यवस्थित ढंगले आयोजना गर्ने बताए ।
इलाम । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलाम २ को उपनिर्वाचनको जारी मतगणनामा अग्रता बढाउँदै लगेका छन् ।
फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा उनले कांग्रेस उम्मेदवार डम्बर खड्कालाई एक हजार मतले पछाडी पारेका छन् ।
नेम्वाङले ३७८३ मत पाएका छन् भने कांग्रेसका खड्काले २७८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७८४ मत पाएका छन् ।
त्यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन् ।
काठमाडौं । इलाम–२ जारी उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।
फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङलृ दुई हजार ५४२ मत पाएका छन् । वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बर खड्का ३४५ मत भन्दा बढीले पछाडि परेका छन् । उनले दुई हजार १९७ मत पाएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन् ।
काठमाडौँ । सिधा कुरा नामक युट्युब च्यानल विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । आइतबार उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतमा अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
सिधा कुरा डटकम अनलाइनका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुङ्गानालगायत उक्त कार्यमा संलग्न सबैलाई अदालतको अवहेलनामा हदैसम्म सजाय गर्न माग गरिएको छ ।
सामाजिक सञ्जालबाट शृङ्खलाबद्ध रूपमा अपलोड गरी प्रसारित चारसय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्ट्रिङ्ग अपरेसनसमेतका शीर्षक राखी प्रसारित सामग्री कपोलकल्पित भ्रामक तथा नियोजित भएको दाबी गरिएको छ । ‘सामाग्रीले नेपालको संविधानको धारा १२८ ९ ४ ०, न्याय प्रशासन ऐन, २०७३ को दफा १७९१० बमोजिम न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना गरी अदालतको अवहेलना गरेको तथा स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर आँच पुर्याएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ ९३० बमोजिम प्रस्तुत प्रतिवेदन पेश गरेको छ,’ निवेदनमा भनिएको छ ।
मुद्दाको पेशी सोमबारलाई तोकिएको छ ।
प्यूठान: आवेश प्रेरित ज्यान मुद्दाका फरार प्रतिवादी झिमरुक गाउँपालिका-६ बस्ने जिवा ढकाललाई घटनाको १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०६८ वैशाख १७ गतेको फैसलाले १० वर्ष कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत प्यूठानमा पेश गरिएकोमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको छ ।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन्। ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै उनले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताएका हुन्।
नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए। लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै उनले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए। उनले भने, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ।’
नेपालमा शान्ति र स्थायित्व कायम भई आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढवा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे।
‘नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट बच्ने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गर्दछ,’ उनले भने, ‘नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।’ उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे।
नेपालले अवलम्बन गरेका उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको विश्वास छ। उनले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षण हुने बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रत्यक्ष वैदेशिक लगानीकर्ता र राष्ट्रिय लगानीकर्तालाई कुनै पनि भेदभावपूर्ण व्यवहार नगरिने प्रावधान र विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउँछ।’
नेपालको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र पर्ने बताउँदै उनले तीव्ररूपमा विस्तार हुँदै गएको मध्यम वर्गीय जनसङ्ख्याले उपभोक्तामुखी अवस्थाको अपार सम्भावना देखाएको बताए। उनले विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई श्रम शक्ति खोज्न मद्दत पुग्ने उल्लेख गरे।
‘नेपालले पर्यटन, कृषि, उत्पादन, सूचना प्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गरेको छ। समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले पर्यटन क्षेत्रको बलियो सम्भावनालाई संकेत गर्दछ।’
काठमाडौं । उपनिर्वाचन अन्तर्गत बझाङ क्षेत्र नम्बर १ ‘क’ मा नेकपा (एमाले)ले सुरुवाती अग्रतालाई कायम राखेको छ ।
एमालेका दमनबहादुर भण्डारीले १२६३ मत पाएका छन् भने नेपाली कांग्रेसका अभिषेक सिंहले ६३६ मत प्राप्त गरेका छन् ।
नेकपा (माओवादी केन्द्रका जनकबहादुर बुढाले २२६ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ११५ मत पाएका छन् ।
काठमाडौँ । आइतबार राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन ।
एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन् । मनोनीत कोटा अन्तरगत शाक्य राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा गत चैत ६ गते मनोनीत भएकी थिइन् ।
गत चैत ३० गते सरकारले शाक्यलाई मनोनीत गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभामा रहेका ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।
बझाङ । उपनिर्वाचन अन्तर्गत बझाङको प्रदेशसभामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।
४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् भने नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।
तेस्रो मत नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ल्याएका छन् । सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।
राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् । यो मतपरिणाम छबिसपाथिभेरा–२ को हो ।
यस्तै इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
कांग्रेसका डम्बरबहादुर खड्का ६५७ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन् ।
यो मत परिणाम फाकफोथुम–१ वडाको गणना हुँदा आएको हो ।
बझाङ । बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो ।
बझाङ–१ (१) मा शनिबार मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटिका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो ।





