
काठमाडौं । नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको संघको साधारण सभाले नयाँ नेतृत्वमा जगतमानलाई निर्विरोध निर्वाचित गरेको हो ।
सभाले निर्विरोध नयाँ कार्यसमिति समेत चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, उपाध्यक्षहरुमा चित्रराज भट्ट, गंगालाल सिंह, जुनाकुमारी कठायत र महासचिवमा ईश्वर कार्की निर्विरोध निर्वाचित भएका छन् ।
सचिवमा रञ्जन भट्टराई र गंगालाल गोले, कोषाध्यक्षमा दिलिप वैद्य र सह कोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरुमा दिपक सागर सिंह, विकास शर्मा, टेकबहादुर थापा, कुमार गिरी, विषन प्रसाद न्यौपाने, भरत तामाङ, जनक थापा, पन्चा सिंह, अनिश महर्जन, उमेर प्रधान, रुपेश मान सिंह, हरेन्द्र यादव, विष्णु खड्का, विजेशमान श्रेष्ठ र शिरिष गुरुङ निर्वाचित भएका छन् ।
निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई नेपाल ओलम्पिक कमिटिका प्रतिनिधि रमेश सिवाकोटीले प्रमाणपत्र प्रदान गरेका थिए ।
काठमाडौं महानगरपालिका-३ नारायण गोपाल चोकबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुलसहित दोलखा मेलुङ गाउँपालिका-४ घर भई काठमाडौं बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले बा.२२ प ५२४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल शून्य रन बनाएर आउट भएका हुन् ।
भुर्तेल लगातार दोस्रो खेलमा भुर्तेल डकमा आउट भए । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
काठमाडौं – काठमाडौं महानगरपालिका-३ नारायण गोपाल चोकबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुलसहित दोलखा मेलुङ गाउँपालिका-४ घर भई काठमाडौं बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले बा.२२ प ५२४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तनहुँ । आफ्नै बुवा ७६ वर्षीय राप बहादुर बिकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा म्याग्दे गाउँपालिका-६ बस्ने २६ वर्षीय दिपक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तनहुँ शुक्लागण्डकी नगरपालिका-९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त पार्ने षड्यन्त्र चिर्दै आज तुलनात्मक रूपमा अनुकूल परिस्थितिमा आइपुगेको बताएका छन्। ललितपुरको गोदाबरीमा शनिबार सुरु राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन्।
‘पार्टीको दसौँ महाधिवेशन त्यसभन्दा अगाडि पार्टी विभाजनलगत्तै हामीले आयोजना गरेको विधान महाधिवेशन र यो अवधि, पार्टी विभाजन र हामीलाई सरकारबाट हटाइँदाको अवस्था ७७ साल कम चुनौतीपूर्ण थिएनन्,’ उनले भने, ‘महाधिवेशनपछि पार्टी विभाजन सरकारबाट षड्यन्त्रपूर्ण विस्थापन घेराबन्दी पार्टीका विरुद्ध भ्रमपूर्ण प्रचार र आक्रमणका माध्यमबाट पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै आज हामी तुलनात्मक रूपमा अनुकलन परिस्थिति आइपुगेका छौँ ’ उनले बताए।
राजनीतिक स्थायित्व, सुशासन, राष्ट्रिय हित र स्वाभिमानको प्रत्याभूति गर्दै समाजवादको अभिभार पूरा गर्ने कार्यभार एमालेमा रहेको दाबी पनि उलने गरे।
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज सवा ४ बजे हङकङसँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालले इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्न लागेको हो ।
पहिलो, दोस्रो र तेस्रो हुने टिमले मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले नेपालले हङकङलाई पराजित गर्नुपर्नेछ ।
घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै स्वत: इमर्जिङ टिम्स एसिया कपमा पुगिसकेका छन् ।
इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् ।





