२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नु आफैँमा सकारात्मक भएको बताएका छन् ।

थापाले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिवेदन सार्वजनिक गरेकोमा शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद समेत दिएका छन् ।

‘आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन् । त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ’, महामन्त्री थापाले भनेका छन् ।

यस्तो छ उनको फेसबुकमा राखिएको स्टाटस :

‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षा मन्त्रीज्यूलाई धन्यवाद !’

आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ । यससंगै प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ र यो सत्प्रयासमा हाम्रो साथ रहने प्रतिबद्धता पनि।’आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ । यससंगै प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ र यो सत्प्रयासमा हाम्रो साथ रहने प्रतिबद्धता पनि।’

काठमाडौं : कुवेतमा मासिक २८ हजार रूपैयाँ तलवमा काममा लगाईदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बोमा पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रसुवा नौकुण्ड गाउँपालिका-१ ठेगाना भएका ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

घले समेतका व्यक्तिहरूले कुवेतमा काममा लगाईदिने लोभ लालचमा पारी पीडितको राहदानी समेत आफ्नै खर्चमा बनाई २०७३ साउनमा भारतको नयाँदिल्ली हुँदै भिजिट भिसामा श्रीलंकाको कोलम्बोमा पुर्‍याएको खुल्न आएको छ । तत्पश्‍चात कुटपिट गरी कोठामा बन्धक बनाई राखेको अवस्थामा नेपाल प्रहरी तथा अन्य संघ संस्थाको समन्वयमा पीडित नेपाल फर्किन सफल भएका थिए । घटनामा संलग्न रही फरार रहेका घलेलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

ललितपुर : महालक्ष्मी नगरपालिका-३ ईमाडोल ढुङ्गेसागुस्थित एटुजेड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेण्टका संचालक चितवन कालिका नगरपालिका-६ घर भएकी ३४ वर्षीया चमेली स्याङताङ समेत १० जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.khabarpetika.com/2024/04/11/1248

काठमाडौ । रामेछापको मन्थली नगरपालिका ९ पुरानोगाउँका एक वृद्ध आगलागीबाट घाइते भएकी छन् ।

बिहिवार बिहान आफ्नै बारीमा झुस पोल्ने क्रममा लामाटोलका ८५ वर्षिया लालमाया तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि श्री एयरलाइन्सको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याएर उपचार गराइएको नाति मनलाल तामाङले बताए ।

विराटनगर । नेकपा माओवादी केन्दका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि अनुसन्धान गर्न संसदीय छानबिन समिति नबन्ने बताएका छन् ।

विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

“अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन”, प्रधानमन्त्री प्रचण्डले भने, “मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिए। उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ।”

२९ चैत, काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु र ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले बिहीबार पुष्टि गरेको छ ।

हब जिल्लाको गुलाम हुसेन चत्ता क्षेत्रमा धार्मिक तीर्थयात्रीहरू बोकेको ट्रक बुधबार राति दुर्घटनामा परेको उद्धार सेवाका स्थानीय प्रतिनिधि अब्दुल हकिमले जानकारी दिए । उच्च गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त घटना भएको पनि हकिमले घाइतेको भनाई उद्धृत गर्दै बताए ।

दुर्घटनाको जानकारी पाएलगत्तै उद्धारकर्मीहरू घटना स्थलमा पुगी घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा लगेका थिए । कतिपय गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह शहर कराँची लगिएको छ । तीर्थयात्री बोकेको ट्रक सिन्ध प्रान्तको थट्टा जिल्लाबाट बलुचिस्तानको खुजदार जिल्लातर्फ जाँदै थियो ।

धनुषा: उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच एक दिवसीय  मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मधेस प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री लामिछानेले समस्याको पहिचान भएपछि समाधानको उपाय निस्कने उल्लेख गर्दै उपलब्ध साधनस्रोतमा टेकेर गर्न सक्ने काम गरेका छौं वा छैनौं मनन गरी संगठनको मर्यादा कायम राखेर काम गर्न निर्देशन दिनुभयो । कानुन कार्यान्वयनमा समन्वय गर्दै तोकिएको जिम्मेवारी पूर्ण रूपमा पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । सीमा क्षेत्रमा खटिएकाहरूको स्रोत र साधनको व्यवस्थापन गरिने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सीमा क्षेत्रमा अनुगमन गर्ने  र निगरानीमा राख्ने लगायतका काम गरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । 

मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले मधेस प्रदेशमा सुरक्षा गोष्ठी गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद दिँदै यसबाट समग्र प्रदेशको शान्ति सुरक्षा सुदृढ हुने विचार व्यक्त गर्नुभयो । 

उक्त अवसरमा मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, अर्थ सचिव कृष्णहरि पुस्कर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायतले आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा गुणात्मक परिणाम दिने हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्न प्रदेशस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । 

सो अवसरमा सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेम ध्वज अधिकारी, गृह मन्त्रालयका सह-सचिव राजेन्द्र देव पाण्डे र श्री नारायण प्रसाद भट्टराईले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतिकरण गर्नुभएको थियो । साथै मधेस प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । गोष्ठीमा मधेस प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । 

गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव एकनारायण अर्यालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा मधेस प्रदेश अन्तर्गत आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुखहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

रामेछाप: नेपाल खेलकुद महासंघ (नेकोस) खाँडादेवी गाउँपालिकाले २०८१ नयाँ बर्षको उपलक्ष्यमा डोरी तान्ने र हाडी फुटाउने प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आउदो चैत ३० गते खाँडादेवी गाउँपालिकाको खेल मैदामा हुने भएको छ।

नेपाल खेलकुद महासघ खाँडादेवी गाउँपालिका कमिटीले आयोजना गर्न लागेको कार्यक्रम नेपाल खेलकुद महासघको केन्द्रिय महासचिव धर्म लामाको प्रमुख आतिथ्यमा प्रतियोगिता सुरु हुने भएको छ भने कार्यक्रममा विभिन्न नेता तथा विशिष्ट ब्यक्तिहरुको पनि उपस्थिति हुने आयोजकले जनाएको छ ।

डोरी तान्ने प्रतियोगिता प्रथम हुनेले पाँच हजार (रु.५०००), द्धितीय हुनेले तीन हजार (रु.३०००) र तृतीय हुनेले दुई हजार (रु.२०००) पुरस्कार पाउने र हाडी फुटाउनेलाई हाडी भित्र राखेको पुरस्कार दिने नेकोस खाँडादेवी गाउँपालिका अध्यक्ष सपुत मोक्तानले बताए ।

‘डोरी तान्ने, हाडी फुटाउने प्रतियोगिता संगै नयाँ बर्षको शुभकामना आदानप्रदान तथा संकृतिक कार्यक्रम पनि हुन्छ’, उनले भने ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।