
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा पुगेका छन । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका लागि प्रचण्ड गोरखा पुगेका हुन । उनले दरबारमा पुगेर पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे। उनले जिल्लाको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने उल्लेख गरे।

गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवं पार्क निर्माणमा आफ्नो ध्यान जाने बताए। गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो।
काठमाडौं। रियालिटी शो ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कञ्चनपुरले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए।
उनको श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनी विरुद्ध पक्राउका लागि प्रहरीले प्रक्रिया अघि बढाएको थियो।
उनका अनुसार यही चैत २० गते गायक ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको थियो। श्रीमतीको स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं : चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८२ ट्याबलेटसहित चितवन खैरहनी नगरपालिका-९ बस्ने २० वर्षीय बिनय चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ना.६ ख ८५७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सिरहा, गोलबजार नगरपालिका-६ लक्ष्मी मन्दिर बस्ने ३८ वर्षीय रामएकवाल गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२.७०० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १५ थान, फेनारगन १५ थान र नुरफिन १५ थानसहित सोही गाउँपालिका-३ पानीघट्टा बस्ने ३० वर्षीय निर बहादुर गुरुङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले ना.३ ख ९४४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





