काठमाडौं, चैत २१ गते । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को ६० औं वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना बुधबार सम्मानित भएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी ९१ पारासहित०, समान १–१ प्रायोजक, स्थानिय तह र राष्ट्रिय खेल संघ, २ खेल पत्रकार तथा ८ कर्मचारी ९२ करारसहित० लाई सम्मान गरियो ।
सिनियरको पुरुषमा एथलेटिक्सका दीपक अधिकारी र महिलामा बक्सिङकी सुष्मा तामाङले सर्वोत्कृष्ट खेलाडी अवार्डको ट्रफीसहित समान १–१ लाख नगद पुरस्कार पाए । नवौं राष्ट्रिय खेलकुदको १० हजार किलोमिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका दीपक नेपालमै भएको १६ औं एसियाली क्रसकन्ट्री एथलेटिक्सका दोहोरो स्वर्ण विजेता हुन् । दीपकले दोश्रो राइट टु प्रोटिन हाफ म्याराथन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण तथा कान्तिपुर हाफ म्याराथनमा रजत जितेका थिए । सुष्माले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाली बक्सिङ खेलाडीले कुनैपनि एसियाली स्तरको बक्सिङमा रजत जितेको अहिलेसम्मकै पहिलो हो । सुष्माले नवौं राष्ट्रिय खेलकुदको ४८ केजीमा पनि स्वर्ण जितेकी थिइन् ।
जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे । दुवैलाई जनही ५०–५० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो । नेपाललाई आईसीसी यु–१९ विश्वकपमा छनोट गराउन भूमिका खेल्ने एक मुख्य खेलाडी अर्जुन यु–१९ मा दुई शतक प्रहार गर्ने खेलाडी हुन् । डुवानाले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण र १ रजत जितेकी थिइन् ।
पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमालले जिते । गत वर्ष भएको सुरेन्द्र स्मृति पारा पौडी प्रतियोगिताको ५० मिटर फ्रि स्टायलमा भीमले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए ।खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यविन्दु नगरपालिकालाई उत्कृष्ट स्थानिय तह तथा नेपाल भलिबल संघलाई उत्कृष्ट राष्ट्रिय खेल संघका रुपमा पुरस्कृत गरियो । मध्यविन्दुका मेयर भिमलाल अधिकारी तथा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अवार्ड ग्रहण गरे ।
कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकिय अधिकृत सुनिलकुमार दाहालले उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकिय अधिकृत शारदा दाहालले परिषद् सेवा पुरस्कार प्राप्त गरे । प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए । सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कारसहित ट्रफी पाए ।
कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठले करार सेवा पुरस्कार प्राप्त गरे । दुवैलाई जनही १० हजार नगदसहित ट्रफी प्रदान गरियो । खेल पत्रकार सम्मानबाट नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सविना कार्की सम्मानित भए । दुवैले ट्रफीसहित जनही २० हजार नगद पुरस्कार पाए ।
उनीहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योगजना आयोगका सदस्य डा। उमाशंकर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पुरस्कृत गरे । कार्यक्रममा वरिष्ठ हांस्य कलाकार, लोकप्रिय गायक राजेशपायल राईलगायतले प्रस्तुती दिएका थिए ।
काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार अझै टुंगो लगाउन सकेन। बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल हुँदा पनि उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बिहीबार बिहान ९ बजे पुनः बैठक बस्ने गरी बुधबारको छलफल टुंगिएको बताए । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।
इलाम— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।
सवारी दर्ता किताब किर्ते गरेको आरोपमा प्रहरीले चितवन भरतपुर महानगरपालीका ११ बस्ने ३७ वर्षीय मनोज कुमार सुनार बराईलीलाइ पक्राउ गरेकाे छ ।
उपत्यकामा केही ब्यक्तीहरुले लिखित किर्ते गरि सवारी दर्ता किताब लगायतका कागजातहरु तयार गरि लिखित किर्ते गरेकाे आराेपमा उनलाई काठमाडाैं महानगरपालिका – १६ कोईराला मार्टबाट गरेको गोप्य सुचना आधारकाे पक्राउ गरेकाे हाे ।
बराईलीलाई पक्राउ गरी किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाएको प्रहरी उपरीक्षक नकुल पोखरेल जानकारी दिए ।
काठमाडौं। भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ। फ्रेन्डसिप कप अन्तर्गत जारी टी–२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित हासिल गरेको हो।
नेपालले गुजरातलाई ८ रनले पराजित गर्यो।आज सम्पन्न खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।नेपालका लागि आसिफ सेखले सर्वाधिक ८५ रन बनाए। कुशल भुर्तेलले ५४ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
यो जितसँगै नेपाल बरोडासँग अन्तिम खेल नखेल्दै फाइनलमा पुगेको छ। फ्रेन्डसिप कपमा गुजरातले एक खेल जितेको छ भने बरोडाले कुनै जित हासिल गरेको छैन।
काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा बुधबारको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला रु एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु एक लाख ३३ हजार तय भएको हो।
यस्तै, तेजावी सुन तोलमा मंगलबार प्रतितोला रु एक लाख ३० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ।
चाँदीको मूल्य मंगलबार प्रतितोला रु एक हजार पाँच सय ४५ मा कारोबार भएकोमा आजका लागि भने रु ६५ ले बढेर रु एक हजार छ सय १० बराबरको मूल्य निर्धारण भएको छ।
काठमाडौं : काठमाडौं ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जना गत माघ १५ गते नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ परे ।
यसैगरी भक्तपुर चाँगुनारायणस्थित रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ४१ वर्षीय रेल कुमार तामाङ समेत २० जना नगद ६ लाख ७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित चैत १९ गते राति पक्राउ परे ।
यसैगरी ललितपुर लुभु बस्ने ४७ वर्षीय हरिबोल चौलागाई समेत ११ जना नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक ताससहित चैत ३ गते जुवातास खेल्दै गर्दा पक्राउ परे ।
पक्राउ परेका उपरोक्त व्यक्तिहरू जुवातास खेल्ने प्रतिनिधि पात्र मात्र हुन् । चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा जुवातासमा संलग्न १ हजार ८१७ जना पक्राउ परेका छन् । जसमध्ये काठमाडौं उपत्यकाबाट ७७९ जना, कोशी प्रदेशबाट ११५ जना, बागमती प्रदेशबाट ११३ जना, गण्डकी प्रदेशबाट २९९ जना, लुम्बिनी प्रदेशबाट ९४ जना, कर्णाली प्रदेशबाट १०४ जना र सुदूरपश्चिम प्रदेशबाट ३१३ जना रहेका छन् । उक्त अवधिमा उनीहरूको साथबाट २ करोड ६३ लाख ४५ हजार ४१७ रूपैयाँ बरामद भएको छ । जसमध्ये काठमाडौं उपत्यकाबाट १ करोड ४१ लाख ४ हजार ३५९ रूपैयाँ, कोशी प्रदेशबाट १७ लाख ८८ हजार ६२५ रूपैयाँ, बागमती प्रदेशबाट २३ लाख ७३ हजार १९४ रूपैयाँ, गण्डकी प्रदेशबाट ३७ लाख ३४ हजार ७५९ रूपैयाँ, लुम्बिनी प्रदेशबाट ७ लाख ३७ हजार ४७२ रूपैयाँ, कर्णाली प्रदेशबाट ९ लाख ६४ हजार ७२१ रूपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २६ लाख ४२ हजार २८७ रूपैयाँ बरामद भएको हो । सो अवधिमा जुवातास खेल्नेहरूबाट ५५४ बुक तास, २५० थान कौडा लगायतका सामान बरामद भएको छ । जसमध्ये काठमाडौं उपत्यकाबाट २७९ बुक तास तथा ९८ थान कौडा, कोशी प्रदेशबाट ४४ बुक तास तथा १६ थान कौडा, बागमती प्रदेशबाट २१ बुक तास, ४० थान कौडा, लंगुरबुर्जा तथा जुवा, गण्डकी प्रदेशबाट २९ बुक तास, ९६ थान कौडा, लुडो तथा गोटी, लुम्बिनी प्रदेशबाट ४१ बुक तास, कर्णाली प्रदेशबाट १८ बुक तास र सुदूरपश्चिम प्रदेशबाट १ सय २२ बुक तास बरामद भएको छ ।
जुवातास खेल्ने व्यक्तिहरू सुराकी र विशेष सूचनाको आधारमा पक्राउ पर्ने गरेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “जुवा खेलेको विशेष सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिई रित पूर्वक तलासी लिने गर्दछ । रकम हार जित हुने गरी जुवातास खेल्दा समाजमा नकारात्मक असर बढि हुने हुँदा यसलाई कानुनी दायरामा ल्याइएको हो । खासगरी जुवातास चाडपर्वको समयमा बढि खेल्ने गरेको पाइएता पनि प्रहरीले भने यसलाई सदैव प्राथमिकतामा राखी निग्रानी गरिरहेको हुन्छ । जुवातास जन्य सामाजिक विकृतिलाई निर्मूल पार्न सामाजिक एक्यवद्धता आवश्यक रहेको छ । ”
मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफा अन्तर्गत पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना गर्ने कानूनी व्यवस्था रहेको छ । यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । साथै जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पति जफत हुने कानुनी प्रावधान छ ।
तथ्याङ्क विश्लेषण गर्दा चाडवाडको बेला र रातको समयमा बढी जुवातास खेल्ने गरेको पाइन्छ । जुवातासको कारण व्यक्ति, घरपरिवार र समाजमा विकृति निम्तिने गर्छ । यसबाट चोरी, डकैती, कुटपिट र हत्या लगायतका अपराध समेत हुने गरेको देखिन्छ । स्वच्छ, व्यवसायिक एवम् नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गर्ने नेपाल प्रहरीको दृष्टिकोण अनुरूप समाजका विकृति र विसंगती हटाई अपराध नियन्त्रण गर्न प्रहरी कटिबद्ध छ । यसका लागि सचेतना कार्यक्रम सञ्चालन, रेडियो, टेलिभिजन र सामाजिक संजालबाट समेत जानकारीमूलक सामग्री प्रसारण तथा प्रकाशन गर्ने गरिएको छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “खासगरी जुवातास वा सट्टेबाजी सम्बन्धी कानुनको उद्देश्य सुधारात्मक रहेको पाइन्छ । कानुनको मर्म अनुरूप कार्यान्वयन गरी सामाजिक सद्भाव कायम गर्न नेपाल प्रहरी सदैव सचेत छ ।”