२०८३ बैशाख २१ सोमबार
२०८३ बैशाख २१ सोमबार

काठमाडौं– लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत गौत्तम बुद्धको जन्मभूमि लुम्बिनीमा चैत २४ गते दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ । दौड अर्को साताको शनिबार हुनेछ । फेस्टिबल चैत २३ र २४ गते हुनेछ । फेस्टिलअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ ।

काठमाडौ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट लेखनका लागि अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ ।

शुक्रवार अर्थमन्त्री वर्षमान पुनले सहसचिव शर्माको नेतृत्वमा छ सदस्यीय समिति गठन गरेका हुन् ।

राजस्व महाशाखा प्रमुख शर्माको नेतृत्वमा गठित समितिमा सह(सचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी प्रसाद अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् ।

जनताको समस्यालाई मध्यनजर गर्दै आवस्यक ठाउँमा व्यवस्थित ढंगले बजेट निर्माण गर्ने उदेश्यले यो समिति गठन गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

काठमाडौं: आर्थिक वर्ष २०८०/०८१ को वार्षिक तालिम क्यालेण्डरको वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच गोष्ठी समापन गर्नुभयो । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले गोष्ठीमा भएका छलफल एवम् आवश्यकता पहिचानका आधारमा तयार भएको तालिम क्यालेन्डर अनुरूप संचालित तालिम तथा प्रस्तावित तालिम क्यालेण्डर नेपाल प्रहरीको तालिमलाई सहज, सरल र प्रभावकारी बनाउन मार्ग चित्रको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।  प्रशिक्षण प्रदायक ईकाइहरूले अघिल्लो तालिम क्यालेण्डर बमोजिम संचालित तालिमहरूका असल पक्षहरूको निरन्तरता तथा देखिएका समस्या एवम् सुधारका लागि आवश्यक पक्षहरू समेतको समीक्षा गर्दै आगामी दिनहरूमा तालिम संचालन गर्दा दूरदृष्टि पुग्नुपर्ने विषयका सम्बन्धमा गोष्ठी फलदायी रहने अपेक्षा रहेको उहाँले बताउनुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले राज्यद्वारा प्रदत्त जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्नका लागि सक्षम एवम् व्यावसायिक प्रहरी जनशक्ति अपरिहार्य रहेको चर्चा गर्दै सो जनशक्ति उत्पादन गर्न आवश्यकतामा आधारित वैज्ञानिक र समय सापेक्ष प्रशिक्षण प्रणालीको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । प्रशिक्षणमा अन्य निकायहरूको असल अभ्यासहरूको अवलम्वन सँगै सेवा विशिष्टिकरणको आधारमा तालिम पाठ्यक्रमको निर्माण र सोही अनुरूपको तालिम गतिविधि संचालन तथा निरन्तरता आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले बदलिँदो सामाजिक परिवेश, प्रविधिको द्रूत विकास सँगसँगै देखा परेका साइबर क्राइम, क्रिप्टोकरेन्सी, आर्थिक तथा वित्तिय अपराध, भूमि प्रशासन सम्बन्धी अनुसन्धानका क्षेत्रलाई समेत सम्बोधन हुने तालिमका कार्यक्रम आगामी तालिम क्यालेण्डर निर्माणका क्रममा समावेश हुने विश्वास लिएको बताउनुभयो । परम्परागत पद्धतिको प्रशिक्षण एवम् पाठ्यक्रमले मात्र दक्ष जनशक्ति निर्माण गर्न नसकिने हुँदा प्रशिक्षणका विविध आयाममा समयानुकूल परिवर्तन र परिमार्जनलाई आत्मसात् गर्दै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षण विधिहरूको साथसाथै भर्चुअल तालिम तथा अभिमूखिकरण कार्यक्रमहरूको अवलम्बन समेत तालिम क्यालेण्डरको प्राथमिकतामा रहनु पर्ने उहाँले उल्लेख गर्नुभयो । 

समारोहमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले संगठनलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन तथा विकास गर्ने कार्यमा नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो । नेपाल प्रहरीमा संचालन हुने तालिमहरूलाई अझ वैज्ञानिक, व्यवस्थित र उद्देश्य मुलक बनाउने लक्ष्यसहित आयोजना गरिएको गोष्ठीमा प्राप्त महत्वपूर्ण र विश्‍लेषणात्मक राय, सुझाव र सल्लाहहरूले तालिम क्यालेण्डर तर्जुमा र संचालन कार्यमा अतुलनीय योगदान पुगेको विचार उहाँले व्यक्त गर्नुभयो ।  

प्रतिष्ठानका सहनिर्देशक प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर राणाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रतिष्ठानका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले गोष्ठीको सार सङ्क्षेप एवम् आगामी वर्षको तालिम योजना सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सहभागी वरिष्ठ प्रहरी अधिकृतहरू समेतले सुझाव तथा टिप्पणी गर्नुभएको थियो । 

गोष्ठीमा आगामी आर्थिक वर्ष २०८१/०८२ को तालिम क्यालेण्डर निर्माण सम्बन्धमा तालिम आवश्यकता पहिचान, हालसम्म तालिम प्राप्त जनशक्ति र तालिम प्राप्त गर्न बाँकी जनशक्ति विवरण, प्रशिक्षण निकायले आफ्नो प्रशिक्षण ईकाइको विशिष्टता तथा विज्ञता अनुसारको तालिम प्रस्ताव, ठूलो संख्यामा रहेका प्रहरी जवान तथा प्रहरी हवल्दारहरू तालिम तथा वृत्ति विकासको अवसर समेतलाई ध्यान दिनुपर्ने लगायतका विषयहरूमा छलफल भएको थियो । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी शिक्षालय भरतपुर लगायत देशभरका अन्य तालिम प्रदायक संस्थाका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । 

काठमाडौं । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

शुक्रबार न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले गुरुङलाई निलम्बन गर्ने निर्णय बदर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रका आधारमा संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद गुरुङलाई १२ पुस २०७९ मा निलम्बन गरेको थियो ।

गुरुङविरुद्ध २१ माघ २०७५ मा नै भ्रष्टाचार मुद्दा दायर भएको थियो । मुद्दा अदालतमा विचाराधीन रहेका बेला गुरुङले ०७९ मंसिरको प्रतिनिधिसभा चुनाव लडे र जिते पनि ।

तर अख्तियारले अदालतमा विचाराधीन मुद्दा अन्तिम किनारा नलागेसम्म स्वतः स्वत निलम्बनमा हुनुपर्ने बतायो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २६ मा कुनै राष्ट्र सेवकविरुद्ध मुद्दा परेमा किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।

निर्वाचन आयोगले उम्मेदवारी सदर गरेर निर्वाचित भइसकेको अवस्थामा अख्तियारले लेखेको पत्र र त्यसका आधारमा संघीय संसद सचिवालयले गरेको निर्णय त्रुटिपूर्ण भएको अदालतको ठहर छ ।

सर्वोच्चको संक्षिप्त आदेशमा भनिएको छ, ‘अतः निवेदकलाई मिति २०७९/०९/०८ देखि स्वतः निलम्बन रहेको भनी संघीय संसद् सचिवालयबाट मिति २०७९/०९/१२ मा जारी गरेको सूचना र सोसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०७९/०९/०८ मा भएको निर्णय र सोको आधारमा गरिएको परिपत्रहरू उत्प्रेषणको आदेशले बदर गरिएको छ ।’

निरन्तर उकालो लागेको सुनको मूल्यले शुक्रबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला २ हजार एक सयले बढेर एक लाख ३० हजार पुगेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय २५ रूपैयाँ पुगेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियो ।

रामेछाप । रामेछापको दोरम्बा शैलुङमा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । सुनापती खाँडादेवी दोरम्बा शैलुङ स्पोर्ट्स क्लबको आयोजनामा शैलुङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ दोस्रो पटक शैलुङ अल्ट्रा म्याराथन (दौड प्रतियोगीता) हुन लागेको हो ।

प्रतियोगीता राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आर्थिक सहयोगमा यहीँ चैत्र १७ गते संचालन हुनेछ । विभिन्न तीन विधामा हुन लागेको उक्त दौड प्रतियोगीताको उदेश्य आन्तरिक तथा बाह्य पर्यटक माझ स्थानीय स्तरमा रहेका पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने रहेको राखेपका प्रशासकीय अधिकृत अर्जुन कार्कीले जानकारी दिए ।

दोश्रो पटक हुन लागेको शैलुङ अल्ट्रा म्याराथन (दौड प्रतियोगीता) विभिन्न तीन विद्यामा संचालन गर्न लागिएको हो । जसमा ५५ किलोमिटर, २५ किलोमिटर र ५ किलोमिटर दुरी प्रतियोगीतामा भाग लिने खेलाडीले दौडिएर पार गर्नुपर्ने छ । यी तीन वटै विद्यामा महिला र पुरुष खेलाडीहरुले सहभागीता जनाउन पाउने छन् ।

म्याराथनमा प्रथम हुने खेलाडीलाई नगद रु.७५ हजार, द्धितीय हुने खेलाडीलाई ३५ हजार र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई २० हजार रुपैयाँ रकम र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै २५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीलाई नगद ४० हजार, द्धितीय हुने खेलाडीलाई २० हजार र तृतीय हुने खेलाडीलाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यसैगरी ५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीलाई नगद १५ हजार, द्धितीय हुुने खेलाडीलाई १० हजार र तृतीय हुने खेलाडीलाई नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाको अध्यक्ष गुना बहादुर योन्जनले बताए ।

काठमाडौँ । नेपाली काङ्ग्रेस रामेछापका सभापति एवम् प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ(कान्छाराम) ले रामेछापको विकासका लागि आफू चिन्तित रहेको बताएका छन् ।

विहिबार साङ्गा छ्योइलिङ गुम्बाद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

सबैजनाले विश्वास गरेर जिताउनु भएको छ ।मलाई रामेछापको विकास कसरी गर्ने भन्ने चिन्ता छ´, कान्छारामले भने ।

उनले रामेछापको ६४ वटै वडाको प्रत्येक ठाउँ-ठाउँमा बाटो ,खानेपानी र सिँचाइको व्यवस्था गर्न पाए आफू सन्तुष्ट हुने बताए ।

रामेछापेली जनताका समस्यामा हरेक समय संगै रहेर काम गर्ने उनले बताए । `म हरेक समस्यामा तपाईंहरु संगै रहनेछु । कहिकतै केही आवस्यक परे रात वा दिन जतिखेर पनि मलाई सम्झनुहोला´,कान्छारामले भने ।

साथै रामेछापमा आफू निर्वाचित भएर आएपछि हालसम्म झन्डै चार अर्व जति रकम प्रदेश र संघ मार्फत विभिन्न विकास निर्माणका कार्यहरू गर्न लगिएको उनले दावी गरे ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।