२०८३ बैशाख २१ सोमबार
२०८३ बैशाख २१ सोमबार

काठमाडौं, चैत १३ । नेपाल एपीएफ क्लबका पुरन राई र लुम्बिनी प्रदेशका मन्सुब बस्नेतले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष ५७ केजी तौलसमूहमा पुरनले मधेश प्रदेशका रबन अलीलाई पराजित गरे । मन्सुबले गण्डकी प्रदेशका चन्द्रबहादुर थापाबाट वाकओभर पाए ।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५१ केजीका लुम्बिनीका भरत पुनले गण्डकीका रोकी गुरुङ तथा एपीएफका प्रदीप महर्जनले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथलाई हराए । पुरुष ६३ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्दले बागमती प्रदेशका सोहन राई तथा कोशी प्रदेशका एक्लिश शाहीले कर्णाली प्रदेशका रिजन गुरुङलाई पाखा लगाए ।

महलिा ५७ केजीमा नेपाल आर्मीकी वर्षा श्रेष्ठले बागमतीकी पेमा शेर्पा तथा ६० केजीमा आर्मीकी ललिता महर्जनले लुम्बिनीकी सुजनकुमारी कुमाललाई पन्छाए ।

पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले कोशीका प्रशान्त दाहालको चुनौती पन्छाए । पुरुष ८० केजीमा नेपाल प्रहरी क्लबका प्रदीप पार्कीले मधेशका सरोजकुमार श्रेष्ठ तथा बागमतीका पासाङ शेर्पाले लुम्बिनीका अमर पल्लीलाई पराजित गरे ।
प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पुरुषमा ७ र महिलामा ६ गरी १३ स्पर्धामा १ सय ५ खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले २५ हजार, १५ हजार ७.५÷७.५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

जीवन एक यात्रा हो । यात्रामा कैयौं यात्री भेटिन्छन् । कैयौं बाटो र दोबाटो पनि । आफ्नो जीविकोपार्जनका लागि र समाजको हितका लागि मान्छेहरु विभिन्न बाटो हुँदै यात्रा गरिरहेका हुन्छन् ।

यात्राका क्रममा मान्छेले अनेकौं आरोह र अवरोधहरु पार गर्छन् । आफ्नो जीवनलाई सुन्दर र सुखी बनाउन हर समय संघर्ष गरिरहेका हुन्छन् । त्यसरी नै संघर्ष गर्दै थिए रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्बर एक का मकर बहादुर श्रेष्ठ ।

२०४३ साल साउन ६ गते रामेछापमा जन्मिएका मकर सानै उमेरदेखि खेल क्षेत्रमा रुचि राख्थे । उनले विस्तारै पछि आएर कराते सिके र आफुले सक्ने हरेक खेल सफलतापुर्वक खेले । चुनौतीपूर्ण ठुला ठुला खेललाई सजिलै पार गर्न सक्ने मकरलाई समयले भने धोका दिएको छ ।

देशको विभिन्न जिल्लामा पुगेर कराते खेल मार्फत देशलाई योगदान दिइरहने मकरलाई अहिले भने मृगौला रोगले थलाएको छ । मकरको दुबै मृगौला फेल भएर अहिले डायलाइसिस गरिरहेको उनका दाइ जगत श्रेष्ठले जानकारी दिए । हामी त आफ्नै काम गरिरहेका थियौं । अब भाइ त कार्यक्रममा हिँडिराख्ने मान्छे ´- मकरका दाइ जगतले भनेएक्कासि भाइको मृगौला फेल भन्ने सुनियो । हामी त छाँगाबाट खसेझै पो भयौं । एकछिन त बोल्न पनि सकेनौं ।´

पारिवारिक आर्थिक अवस्था कमजोर रहेका मकरलाई उपचारको लागि धेरै खर्च लाग्ने डाक्टरको भनाइ छ । उनका आफन्तजन र साथीहरूले उनका उपचारका लागि अहिले सहयोग गरिरहेका छन् । दुई हप्ता अगाडि मात्रै दुबै मृगौला फेल भएको भन्ने थाहा पाएका मकर आफैं अचम्मित छन् । नियमित शारीरिक व्यायाममा व्यस्त उनको कसरी दुबै मृगौला फेल भयो पत्तो छैन । म त कार्यक्रम तिरै हिँडिराखेको थिए । प्रेसर अलि हाइ भएर नियमित औषधि लिदैँछु ´-मकरले भनेदुई दिनसम्म पनि प्रेसर नघटेपछी के भयो भनेर चेकजाँच गर्न हस्पिटल जाँदा पो थाहा पाए । मेरो त दुबै मृगौलाले काम गर्नै पो छाडिसकेको रहेछ ।´

कराते खेलका सबै नियम थाहा भएका मकर भन्छन् –समयको खेल पनि खै कस्तो-कस्तो । कुन बेला के हुन्छ थाहै पो नहुँने रहेछ ।´ अलिअलि भएको पैसा उपचार गर्दागर्दै सकिएको बताउँदै मकर भन्छन् -खै डाक्टरले पैसा धेरै पो लाग्छ भन्छन् । आफू संग भएको पैसा सकिसक्यो । बरु खेल क्षेत्रमा नलागेर कुनै व्यवसायमा लागेको भए पैसा धेरै कमाइन्थ्यो होला । अहिले समस्या भयो ।´

विगत २३ बर्षदेखी निरन्तर करातेमा सक्रिय मकरले धेरै प्रतियोगिताहरुमा सहभागी भए भने २०६५ सालमा करातेको रास्ट्रीय रेफ्रीको उपाधी समेत हात पारिसकेका थिए । यसपछी मकर विभिन्न कराते प्रतियोगितामा रेफ्रीको रूपमा सहभागी हुँदै आइरहेका थिए ।

बागमती प्रदेश कराते महासंघको कार्यसमिति सदस्य समेत रहेका मकर करातेको कोच पनि हुन् । मकरलाई उपचारको लागि सहयोग गर्न तल दिइएको बैंक खातामा आफुले सकेको रकम जम्मा गर्न सक्नुहुनेछ ।

(Bank Account Name : Makar Bahadur Shrestha
Bank Account Number: 028005162201339
Everest Bank Limited )

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी गरेका छन्।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ पार्टी कुनै विचार नभएको पार्टी भएको बताए। उनले विचारमा कुनै नयाँपन नरहेको बरु नेकपा एमालेले गरेका कामहरु नक्कल गर्ने काममा लागेको आरोप लगाए ।

रामेछाप । नेपालि कांग्रेस रामेछापका पुर्व क्षेत्रिय सदस्य सुमन चौहान माईकल माओवादी प्रवेश गरेका छन् । मन्थली नगरपालीका द्वारा आयोजित एक कार्यक्रममा माईकल माओवादी प्रवेश गरेका हुन् । उनलाई पार्टी केन्द्रिय महासचिव देव गुरुङले खादा तथा माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

माईकल नेपालि कांग्रेस रामेछाप ख प्रदेश मा सबै भन्दा धेरै मत ल्याएर बिजयी भएका थिए । माईकल खिम्ती ग्रामीण बिधुत सहकारी संस्था लि को लेखा समिति संयोजक पनि रहेका छन् । उनले झन्डै १० बर्ष नेपालि कांग्रेसका काम गरेका थिए त्यो भन्दा अगाडी उनि माओवादी केन्द्र अन्तरगतको भातृ संगठन वाइसियल नेपाल मा रहेर काम गरेका थिए ।

“आगामी दिनमा पार्टीले दिएको काम कर्तब्य पार्टीको नीति नियमा रहेर काम गर्ने र म माओवादी प्रवेश गर्न प्रमुख भुमिका खेल्नु भएको माननीय तारानारायण श्रेष्ठ बिगुल र राम बहादुर तामाङ लाइ बिषेश धन्यवाद दिन चहान्छु साथै म फेरी पनि आफ्नै घरमा फर्कर्दा मलाइ एकदम खुशी लगेको छ” ; माईकल ले बाताए ।

पार्टी प्रवेश कार्यक्रममा पार्टी केन्द्रिय महासचिव देव गुरुङ, बागमती प्रदेश कमिटि अध्यक्ष सरल सहयात्री पौडेल, रामेछाप जिल्ला पार्टी इन्चार्ज तथा पुर्व राज्य गृहमन्त्री श्यामकुमार श्रेष्ठ,केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य युवराज चौलागाई, पुर्व संबिधान सभा सदस्य तथा बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ, मन्थली नगर कमिटि सचिव राम बहादुर तामाङ लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने दावी समेत गरे ।

‘पर्खेर बसौं–कांग्रेसलाई यो देशले आफैं फेरि सत्तामा पुर्‍याउँछ । त्यसका निम्ति हतार नगरौं । अहिले जुन गठबन्धन बनेको छ । त्यो गठबन्धन चीरस्थायी हुँदैन । चिरञ्जीवी हुँदैन । उहाँहरु आफैंमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ’, उनले भने ।

सांसद पौडेलले लोकतन्त्रमाथि देखिएका बेथिति अन्त्य गर्ने कामको नेतृत्व, मुलुकको समृद्धि यात्राको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने बताए ।

मकवानपुर । बागमती प्रदेश सरकारलाई दिएको समर्थन हाम्रो नेपाली पार्टीले फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पार्टीको बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए ।

आफूहरूले प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको उनले बताए।

२०७९ पौष २५ गते हाम्रो नेपाली पार्टी सहितको समर्थनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो ।

केन्द्रमा सत्ता समिकरण फेरिएसँगै बागमती प्रदेशमा पनि सरकार पुनस्गठन हुने प्रक्रियामा रहेको छ । काङ्ग्रेसका छ जना मन्त्रीहरुले यसअघि नै राजिनामा दिइसकेका छन् भने एमाले सरकारमा आउने तयारीमा रहेका छन् ।

काठमाडौं :प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले संगठनले लिएको नीति अनुरूप आन्तरिक शुद्धिकरणलाई आत्मसात् गर्दै प्रहरी अधिकृतहरूले तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्न कटिवद्ध हुनुपर्ने बताउनुभएको छ ।

हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी नायव उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले आफ्नो जिम्मेवारी पूरा गर्न थप सक्रिय हुनुपर्ने बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि नागरिकलाई केन्द्रमा राखेर नागरिकको विश्‍वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ-आफ्नो कार्यक्षेत्रमा सामुहिक भावनाका साथ प्राप्त जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्‍लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले राजश्‍व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै लागूऔषध नियन्त्रण तथा रोकथाम, फरार अपराधी पक्राउ, जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधि विरूद्ध सचेतना अभिवृद्धि गर्न मातहत कार्यालयहरूलाई समेत क्रियाशील बनाउन थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । विपद्का घटना सम्बन्धित निकायसँग समन्वय गरी कार्य सम्पादन गर्नुपर्ने तथा भिड नियन्त्रणमा बल प्रयोगको सिद्धान्तलाई आत्मसात् गरी उचित प्रहरी परिचालन तथा व्यवस्थापन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । हिरासत व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने, आफ्नो बोली वचनमा सुधार गर्दै नागरिकमैत्री व्यवहार गर्नुपर्ने, संगठनप्रति निष्ठावान हुनुपर्ने, प्रचलित कानूनलाई ध्यानमा राखेर मातहत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

चैत्र १३, २०८० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा पाँच जना दोषी ठहर भएका हुन् । अन्य २२ जनाले भने सफाइ पाएका छन् ।

खड्कासहित राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर गरेको हो । खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ । त्यसैगरी न्यौपाने र चौलागाईको एकमा जनही ३ महिना कैद र ६३ लाख जरिवाना हुने भएको छ भने तामाङ र लामाको हकमा जनही ३ महिना कैद र रु ३१ लाख जरिवाना हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा चार करोड २१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले दायर गरेको मुद्दाको बिवरण

गाउँपालिकाको वडा नं १, ४ र ५ मा आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा विद्युतीकरण गर्दा आफूहरुलाई गैरकानुनी लाभ पुग्ने र सरकारी रकममा हानिनोक्सानी पुर्‍याउने बदनियत राखेर अनुभव र कार्यक्षमता नभएका उपभोक्ता समितिहरुसँग विद्युतीकरण जस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गरेको आरोपमा अख्तियारले मुद्दा चलेको थियो ।

अख्तियारले गाउँपालिका अध्यक्ष खड्काले वडा नम्बर १ को विद्युतीकरणमा दुई करोड , वडा नम्बर ४ को विद्युतीकरणमा एक करोड रुपैयाँ हिनामिना गरेको उल्लेख गरेको छ ।अख्तियारले गाउँपालिकाका अध्यक्ष खड्काविरुद्ध चार करोड २१ लाख रुपैयाँ विगो मागदावी गरेको थियो । गाउँपालिका अध्यक्ष खड्कासँगै तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईं, तत्कालिन लेखापाल दुर्गाबहादुर डिम्दोङ, उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगरविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यस्तै अर्को उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङ, अर्को उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यस्तै पाइक कन्स्ट्रक्सन प्रालिका सञ्चालक अमृतबहादुर तामाङ रुम्बा, वडा नम्बर १ को विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष काजीबाबु थापा, कोषाध्यक्ष तारा गुरुङ र सचिव यज्ञराज सुनुवार, वडा नम्बर १ कै उपभोक्ता समितिका अध्यक्ष वुद्धिबहादुर तामाङ, कोषाध्यक्ष मेनुका खड्का र सचिव अस्मिन रोका, अर्को उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड सुनुवार, कोषाध्यक्ष घन्टिका देवी सुनुवार र सचिव क्याल्बु लामाविरुद्ध पनि विशेष अदालतमा मुद्दा परेको थियो ।

अख्तियारले वडा नम्बर १ कै अर्को उपभोक्ता समितिका अध्यक्ष अशोककुमार सुनुवार कोषाध्यक्ष दिलमाया थापा र सचिव प्रकाश सुनुवार र गाउँपालिका कार्यालयका तत्कालिन लेखापाल नोर्बु लामाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

टंकप्रसाद चौलागाईको फोटोको ठाउँमा अर्कै फोटो झुकिएर पोष्ट भएको हुँदा छेमा प्रति छौ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।