२०८२ चैत्र २१ शनिबार
२०८२ चैत्र २१ शनिबार

यूएईमा १३० नेपालीले गुमाए ज्यान

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा १३० जना नेपालीको मृत्यु भएको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार २०८१ साउनदेखि कात्तिकसम्मको चार महिनामा उनीहरूको मृत्यु भएको हो । दूतावासले उपलब्ध गरेको विवरणअनुसार २०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३ र कात्तिकमा ३५ नेपालीको मृत्यु यूएईमा भएको छ ।

पछिल्लो चार महिनामा प्रत्येक महिना औसतमा ३२ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८०र८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो ।

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटु सम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

‘नेपाल माइग्रेसन रिपोर्ट २०२२’ अनुसार २०७६ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको तीन वर्षको अवधिमा यूएईमा ४९६ जना नेपालीको मृत्यु भएको थियो ।

तीमध्ये ५८ जनाले आत्महत्या, १२ जनाको मृत्यु कार्यस्थल दुर्घटना, ५३ जनाको मृत्यु प्राकृतिक, २६ जनाको हृदयघातबाट मृत्यु भएको थियो । ५० जनाको मृत्यु मुटु सम्बन्धी रोग, ५२ जनाको मृत्यु सडक दुर्घटना, ५ जनाको मृत्यु कोभिड–१९ र २४० जनाको मृत्यु अन्य कारण भएको थियो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।