काठमाडौँ । गणतन्त्र सेनानी कोषले पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख अतिथियतामा बागमती प्रदेशका १५ जना गणतन्त्र सेनानीलाई सम्मान गर्ने भएको छ ।

बागमती प्रदेशका जिल्ला १५ जना जनमुक्ति सेनाका घाइते योद्धा लाइ ताम्रपत्र सहित सम्मान गर्ने गणतन्त्र सेनानी कोषका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

गणतन्त्र सेनानी सम्मान कार्याक्रम २०८१ साल मंसिर ९ गते सास्कृतिक प्रतिष्ठान, नाचघर जमलमा दिउसो १२ बजे हुने अध्यक्ष पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0