सिन्धुपाल्चोक । अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समितिले जिल्ला भित्र रहेका सामुदायिक र निजी विद्यालयहरुले भर्ना शुल्क लगायत विभिन्न सेवाका नाममा अनावश्यक शुल्क असुलि गर्ने गरेको शुल्क खारेज गर्न माग गरेको छ । निजी शिक्षण संस्थाहरूले अनावश्यक रुपमा लिने गरेको शुल्क खारेज गर्न माग गरेको हो ।
नेपालको संविधानको धारा ३१ को उपधारा २ मा उल्लेख भए बमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य एवं निशुल्क र मा. वि. तहसम्मको शिक्षा पूर्ण रुपमा निशुल्क व्यवस्था गरेको छ । तर संविधानको मर्म र भावना विपरित सिन्धुपाल्चोक जिल्ला भित्र रहेका प्राय: सामुदायिक र निजी विद्यालयहरुले भर्ना शुल्क लगायत विभिन्न सेवाका नाममा अनावश्यक शुल्क असुलि अभिभावकहरुको ढाड सेक्ने गरी चर्को शुल्क वृद्धी गरी रकम असुली रहेको अभिभावकजनहरुबाट व्यापक गुनासो पाईएपछि । सामुदायिक एवं निजी विद्यालयहरुको यस्ता गलत क्रियाकलापप्रति यसरी अनाधिकृत रुपमा उठाइएको शुल्क तत्काल फिर्ता गर्न र नियम विपरित शुल्क उठाउने कार्य बन्द गर्न जिल्ला प्रशासन कार्यालय, गाउँ/नगर पालिका सरकारलाई अनुरोध समेत गरेको छ ।
“यदि हाम्रो अनुरोध र मागलाई बेवास्ता गरी उल्लेखित गलत कार्यहरु नरोकिए अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक यसको विरुद्वमा कडा संघर्षमा उत्रन बाध्य हुन्छौ “ , अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समिति अध्यक्ष निश्चल सन्जेलले बताए ।
उनले भने, निजी विद्यालयहरूले गरेको शुल्कवृद्धि अविलम्ब खारेज गर्न र अन्य अनैतिक गतिविधि नगर्न जिल्लाको सबै शिक्षण संस्थाहरूलाई अनुरोध सम्म गरेका छौ ।
यस्ता प्रकारको अवैधानिक गतिविधि बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई समेत आग्रह गरेको छ । यस्ता कार्य गरेको पाईएमा संगठनले कडा संघर्ष गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी समेत दिएको छ ।