२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं, टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्ने मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने गोरखा घर भएका ४९ वर्षीय खड्ग बहादुर अधिकारी समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ, अमेरिकी डलर ७ सय र ४ बुक तास सहित पक्राउ गरेको हो । 

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ आठकिलो बस्ने साङदोर्जे शेर्पाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ तातोपानी बस्ने ३० वर्षीय होम बहादुर गुरूङ समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाह्रविसे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ६ सय ८४ रूपैयाँ र ज्याक्पट क्यासिनो मेसिन २ थान सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।