२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

ऊर्जामन्त्री खड्काले प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाएपछी माओवादीले जनायो आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको काममा अवरोध गरिरहेको भन्दै आपत्ति जनाएको छ ।

विद्युत् प्राधिकरणको कार्यालयमा मन्त्री खड्काले कार्यकक्ष खोलेर प्राधिकरणको काममा अवरोध पुर्‍याएको माओवादीको भनाइ छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास ललितपुरको खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले ऊर्जामन्त्रीले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा कार्यकक्ष स्थापना गरेकोप्रति आपत्ति जनाएको हो ।

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ुविद्युत् प्राधिकरणले लाइन काट्ने कुरा गरिरहेको छ । त्यसमा मन्त्रीले नै अनौठो, इतिहासमै कहिले नभएको कुरा विद्युत् प्राधिकरणमा नै कार्यकक्ष खोलेर, बसेर विद्युत् प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गर्ने काम गरेको छ । सरकारले बिचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ ।’

ऊर्जा, जलस्रो तथा सिंचाइमन्त्री खड्काले बुधबार प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाएका छन् । मन्त्री खड्काको उक्त कार्यलाई लिएर माओवादीले आपत्ति जनाएको हो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।