२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

निर्मला पन्त हत्या प्रकरणका प्रत्यक्षदर्शी दावी गर्ने अर्याल पक्राउ, ऋषि धमला पनि सिआइबीमा

काठमाडौं । कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए । गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ ।

‘‘अर्यालले टेलिभिजनमा भनेजस्तो निर्मला हत्या प्रकरणबारे कुनै तथ्य दिन नसकेको र समाजमा भ्रम सृजना गर्ने उदेश्यले मात्रै बालेको देखिएको छ । हामीले मंगलबार सोधपुछ गर्दा र आज (बुधबार) बोलाउँदा समेत भाग्ने प्रयास गरेपछि पक्राउ गरेका हौँ,’’ एसपी बोगटीले भने ।

अर्यालले प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमलासँग सोमबार ‘जनता जान्न चाहन्छ’ भन्ने कार्यक्रममा अन्तर्वार्ता दिँदै निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्ने र आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बलात्कारका आरोपीबारे सूचना दिने बताएका थिए ।

तीनजनाको समूहले निर्मलाको बलात्कार गरेको उनको दाबी थियो । तर, सीआईको सोधपुछमा भने उनी कञ्चनपुर एकपल्ट मात्रै पुगेको र घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा मात्रै पुगेको खुलेको छ ।

निर्मलाको २०७५ साउनमा १० मा बलात्कारपछि हत्या भएको थियो । नवराजसँग अन्तर्वार्ता लिने ऋषि धमलामाथि समेत सीआईबीले सोधपुछ गरेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।