२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

उपसभामुखलाई पदबाट हटाउन सम्भव छैन ; पूर्वसभामुख सापकोटा ।

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुनेबताएका छन् ।

शुक्रबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताए । उनले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए ।

उपाध्यक्ष सापकोटाले सरकार संवैधानिक परिषदमा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको जिकिर गरे । उनले संवैधानिक परिषदमा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताए ।

पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसद्को गरिमा र ओज राख्नुपर्ने बताए। उनले सभामुख र उपसभामुखले संसद्को गरिमामा आँच आउने काम गर्न नहुने बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।