२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

देउवा र ओलीको भेटवार्ता बारे माओवादीका सांसद माधव सापकोटाले के भने ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठूला नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूबीचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने स्पष्ट पारे ।

“दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरूलाई नजिकबाट नियाल्यौँ भने अहिले सिंगै राजनीति तरंगित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताबीचमा संवाद हुने बित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला–ठूला ब्यानर न्युजहरू हामीले पढ्न पाउछौँ । राजनीतिक दलका नेताहरूबीचमा संवाद हुने कुरा सकारात्मक र राम्रो हो,” उनले भने ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।