२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

खुट्टाका नसा ब्लक हुँदा कस्ता लक्षण देखिन्छन् ?

एजेन्सी । यदि तपाईंको खुट्टामा दुखाई, नसा निला देखिने तथा हिँड्ने समयमा ऐंठनको समस्या भइरहेको छ भने यस्तो समस्याहरु नसा ब्लक हुने कारण हुन सक्छ । यस्तोमा नसा विशेषज्ञबाट जानौं खुट्टाका नसा ब्लक हुँदा कस्ता खालका लक्षणहरु देखिन्छन् ।

नसामा ब्लकेजको समस्या हुँदा खुट्टामा रगत सही तरिकाले पुग्दैन र नसामा एकदमै दबाव पर्न थाल्छ । यसले नसा ड्यामेज हुन्छन् र खुट्टामा दुखाई हुने गर्छ ।

खुट्टाका नसा ब्लक हुनुका पछाडि धेरै कारणहरु हुन सक्छन् । जस्तै नसामा कोलेस्ट्रोल बढ्नु, उच्च रक्तचाप, प्रर्याप्त निद्रा नलिनु, धुम्रपान, खैनी आदिको सेवन तथा मधुमेह जस्ता विभिन्न समस्याहरु हुन सक्छन् ।

यदी नसामा ब्लकेजको समस्या भयो भने मानिसका खुट्टा प्रायः चिसा हुने गर्छन् । यो समस्या जाडो तथा गर्मी दुबै मौसममा हुन सक्छ ।खुट्टाको नसा ब्लक हुँदा घुँडादेखि तलको भाग सुन्निने समस्या हुन सक्छ । यसले सम्पूर्ण खुट्टा सुन्निन पनि थाल्छ ।

नसा ब्लक भएको अवस्थामा खुट्टामा निलो तथा गाढा कालो रंगका नसाहरु देखिन सक्छन् । नसा ब्लक हुनबाट बच्नका लागि तपाईं स्वस्थ खानपानको सेवन गर्न सक्नुहुन्छ । यसका साथै कसरतमा पनि विशेष ध्यान दिनुहोस् । तपाईं धुम्रपान आदि सेवन नगर्नुहोस् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।