
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट उम्मेदवारी फिर्ता लिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका भट्टराईले आज मनोनयन फिर्ता लिने निर्णय गरेका हुन्।
भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए।
गोरखा–२ मा नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कवीन्द्र बुर्लाकोटी र नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार छन्।
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु. नौ हजार २०० र चाँदी रु. ३२० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु. छ हजार १९० कायम भएको छ । गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु. दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु. पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु. दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु. पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु. दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु. पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु. दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु. पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





