२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय विस्तारका लागि ललितपुर सानेपास्थित कार्यालय परिसरसँगै जोडिएको १९ आना जग्गा खरिद गरेको छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यालय अगाडि रहेको एक रोपनी तीन आना तीन पैसा क्षेत्रफलको जग्गा र सोही जग्गामा रहेको तीन तले घर पार्टीले १३ करोड रुपैयाँमा खरिद गर्न लागेको हो।

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको उक्त सम्पत्ति खरिदका लागि आज कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा ५० लाख रुपैयाँको बैनासहित सम्झौता गरिएको पौडेलले जानकारी दिए। सम्झौताअनुसार उक्त सम्पत्ति एक वर्षभित्र नामसारी गरिनेछ।

मुख्यसचिव पौडेलका अनुसार १३ करोड रुपैयाँ पार्टीका विभिन्न तहमा उठाइएका लेवि तथा शुभेच्छुकहरूको सहयोगबाट संकलन गरी चुक्ता गरिनेछ। पार्टीको केन्द्रीय कार्यालयलाई थप फराकिलो, व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले उक्त निर्णय लिइएको उनले बताए।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले डेमो नतिजा परीक्षण गर्ने, बोर्ड बैठक डाक्ने लगायतका प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज बस्ने बैठकले नतिजा कहिले र कसरी सार्वजनिक गर्ने भन्ने निर्णय लिनेछ।

बोर्डले शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा केही ढिलाइ भए पनि निर्धारित समयमै नतिजा प्रकाशन गर्न सबै तयारी गरिएको बताएको छ। साथै, त्रुटीरहित नतिजा सुनिश्चित गर्न प्राविधिक पक्षमा विशेष ध्यान दिइएको जनाएको छ। प्राविधिक समस्या नआए आजै साँझभित्र नतिजा सार्वजनिक हुने बोर्डको भनाइ छ।

बोर्डले यसपटक २० वटा माध्यमबाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ। तीमध्ये ५ वटा एसएमएस र आइभीआर (IVR) प्रणालीमार्फत र बाँकी १५ वटा विभिन्न वेबसाइट तथा अनलाइन प्लेटफर्ममार्फत नतिजा हेर्न सकिनेछ।

यसरी हेर्न सकिन्छ नतिजा:

काठमाडौँ । काठमाडौँ पुरानो बसपार्कमा निर्माण भइरहेको ‘काठमाडौँ भ्यू टावर’का ठेकेदार तथा व्यवसायी मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई शुक्रबार अनामनगरबाट पक्राउ गरिएको हो।

भेटवाल इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक हुन्। उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोड रुपैयाँको बैंकिङ कसुरसम्बन्धी जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। सोही जाहेरीको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

भेटवाल यसअघि पनि चेक बाउन्स तथा रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटालामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।