
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बैठकमा नआएको भन्दै कटाक्ष गरेपछि, मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा जवाफ फर्काएका छन् ।
सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह अनुपस्थित थिए । बैठकमा उपमेयर सुनिता डंगोल भने सहभागी थिइन् । बैठकमा प्रधानमन्त्री ओलीले नाम नलिए पनि यस्तो महत्त्वपूर्ण कार्यक्रममा राजधानीको मेयर नआएकोमा असन्तुष्टि जनाए ।
त्यसको केहीबेरमै बालेनले फेसबुकमा स्टाटस लेख्दै भने, “सरी केपी ओली । जुन देशमा मेयरले भ्रष्टाचार रोक्छु भन्दा, सबै पार्टी लागेर भ्रष्टचारी जोगाउँछु भन्छन् , त्यस्को नाइकेको कार्यक्रममा म जानुहुन्न।”
बालेन र ओलीबीच यस्ता आरोप-प्रत्यारोप पहिले पनि सार्वजनिक भइरहेका छन्। पछिल्लो घटनाले दुबै नेताबीचको दूरी अझै बढेको देखिएको छ।

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा न. ९ पुरानागाउँमा रहेको स्थानापति मा.वि. मा निर्वाचित वि.व्य.स सदस्यले तालाबन्दी गरेका छन । सदस्य निर्वाचित भएको चार महिना हुदा सम्म पनि प्रधानाध्यापक सम्भु मण्डलले अध्यक्ष चुन्न आल टाल गरेको भन्दै ताला लगाएको वि.व्य.स जेष्ठ सदस्य धन बहादुर तामाङले जानकारी दिए ।
मन्थली नगरपालिकाले २०८२ बैशाख ३१ गते सात दिन भित्र वि.वि.स अध्यक्ष चयन गर्नु भनेर निर्देशन दिदा पनि आज ६ दिन हुँदा सम्म पनि केही सुर सार नगरेको भन्दै आज २०८२ जेष्ठ ५ गते वि.व्य.स जेष्ठ सदस्य धन बहादुर तामाङको अध्यक्षतामा बैठक बसि अध्यक्ष नचुने सम्मको लागि विधालयमा तालाबन्दी गरेको तामाङले बताए ।
प्रधानाध्यापक मण्डलले मन्थली नगरपालिकाले दिएको चिट्ठी समेत लुकाएर कुनै सदस्य र जनप्रतिनिधिलाइ समेत जानकारी नदिएको आरोप निर्वाचित वि.व्य.स सदस्यहरुले लगाएका छन ।
आज २०८२ जेष्ठ ५ गते वि.ब्य.स जेष्ठ सदस्य धन बहादुर तामाङको अध्यक्षतामा बसेको बैठले अध्यक्ष नचुने सम्म विधालय पठनपाठन समेत रोकने चेतावनी दिएका छन ।
वि.व्य.स का दुइजना निर्वचित जेष्ठ सदस्य सहित वार्ड बाट पाठएको प्रतिनिधि र निर्वाचित वार्ड सदस्य लाई समेत बाइपास गरेर बेवास्ता गरि आफू खुशी प्रधानाध्यापक सम्भु मण्डल को मन मानी गरेको ले तालाबन्दी गर्न बाध्य भएको वि.व्य.स सदस्यहरुले बताएका छन ।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट पुनः ‘हेर्न नमिल्ने’ इजलासमा परेको छ। लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको उक्त रिट आज (सोमवार) प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो को इजलासमा पेशी तोकिएको थियो।
वैशाख ७ गते लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। त्यसै दिन सहकारी प्रकरणमा सम्बन्धित अन्य दुई रिटहरू पनि दर्ता गरिएका थिए। वैशाख ८ गते उक्त रिट हेर्न नमिल्ने निर्णय भएलगत्तै, वैशाख ९ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले रिटमा ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो।
तर, त्यसयता चार पटक पेशी तोकिए पनि हरेकपटक रिट ‘हेर्न नमिल्ने’ भन्दै अघि नबढाइएको हो। यसरी पटक–पटक रिट सुनुवाइका लागि अगाडि नबढ्दा मुद्दाको टुंगो लाग्न ढिलाइ हुँदै गएको छ।
रास्वपाका सभापति लामिछानेलाई पछिल्ला दिनमा सहकारी प्रकरणका कारण विभिन्न विवादमा तानिँदै आएको छ। अदालतमा दायर रिटको सुनुवाइ अनिश्चित हुँदा उक्त मुद्दाले थप कानुनी पेचिलो मोड लिएको देखिन्छ।
हेटौँडा । बागमती प्रदेशसभा बैठक सोमबार प्रदेशसभा भवन हेटौँडामा सुरु भएको छ । निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी प्रदेशसभा बैठक सुरु भएको हो । सोमबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक दिउँसो एक बजेपछि सुरु भएको हो ।
सत्तापक्ष र प्रतिपक्ष दलहरूबिच बजेट तथा संसद्को हिउँदे अधिवेशन बैठकका विषयमा समय जुट्न नसक्दा निर्धारित समयभन्दा ढिलो गरी बैठक सुरु भएको हो । माग सम्बोधन नभएसम्म बैठक चल्न नसक्ने रणनीति तयार परेका प्रतिपक्ष दलहरूलाई मुख्यमन्त्री लामाको आग्रहमा शुभकामना मन्तव्यको कार्यसूचीमा बैठक सञ्चालन गरिएको हो ।
अधिवेशन बैठक सुरु गर्न भए पनि संसद्का अन्य कार्यसूची भने अघि नबढाउने संसद् सचिवालयले जनाएको छ । सत्तापक्ष र प्रतिपक्ष दलबिचको सहमतिपछि मात्र बैठकका कार्यसूची अघि बढाउने तयारी संसद्को रहेको छ ।
दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान गर्नुभएको छ ।
अध्यक्ष दाहालले ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘छ’ मा पर्न सफल भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गर्नुभएको हो । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ ।
त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ । उक्त सम्मान अध्यक्ष दाहालले प्रदान गर्नुभयो ।
सो अवसरमा अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ । ”
उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दोस्रो संस्करणको सीप मेला २०८२ का लागि आठ वटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ ।
यसअघि आइसिटी क्षेत्रमा छानिएका पाँच वटा पेसामा सात वटा पेसा थप गरेर १२ वटा बनाएको छ । थपिएका पेसामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पिएचपी र ग्राफिक्स डिजाइन रहेका कामपाले जानकारी दिएको छ ।
रोजगारदाताको माग आएपछि कक्षा थपिएको कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । झाका अनुसार यस क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी पाँच विधाका तालिम गर्ने तयारी थियो । ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेसा थप भएको छ । यसमा सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) गरी चार पेसा राखिएका थिए ।
यसअघि तयारी गरिएका १० क्षेत्रका ३४ पेसासँग सम्बन्धित तालिममा क्षेत्र थपिएका छैनन् । पेसातर्फ आठ वटा थपिएपछि तालिम सञ्चालन हुने पेसा ४२ पुगेको छ । तालिममा भाग लिन चाहनेका लागि अनलाइन आवेदन खुला भइसकेको छ । अनलाइन फाराम भर्न नजान्ने कठिन हुनेहरूका लागि सहजीकरण गर्न आज राष्ट्रियसभा गृहमा सहायता कक्ष राख्ने योजना गरिएको समितिका सदस्य विवेक बास्तोलाले जानकारी दिनुभयो ।
हालसम्ममा तीन हजार ५७६ जनाले अनलाइन आवेदन दिइसक्नुभएको छ । यसमा सबैभन्दा धेरै माग डिजिटल मार्केटिङ छ । यसपछि क्रमशः बारिस्ता, एआइ, बेकरी र ब्युटिसियनको छ । कामपाले सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ ।
कामपाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरूलाई तालिमको प्राथमिकतामा राखिनेछ । अठार वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।
तालिमका क्षेत्र र विधा
दश वटा क्षेत्रका ४२ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक छ वटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम दिइनेछ ।





